कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
बुटवल | कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।
नगरपालिका उपप्रमुख सरिता सिंहको समेत भूकम्पमा परेर ज्यान गएको छ । नगरपालिकाको वडा नम्बर १ मा सबैभन्दा धेरै क्षति भएको छ ।
जिल्ला सदरमुकामबाट ३९ किलोमिटर टाढा रहेको यो वडामा बिहानसम्म २४ जनाको मृत्यु र १५ जना गम्भीर घाइते भएको वडाध्यक्ष धनबहादुर महरले लोकान्तरलाई जानकारी दिए ।
वडाका चिउरीमा १३ जना, कल्पतमा ५ र पाली भन्ने गाउँमा ६ गरी २५ जनाको मृत्यु भएको उनले बताए । 'अहिलेसम्मको विवरणअनुसार हाम्रै वडामा बढी धनजनको क्षति भएको छ,' उनले भने, 'सबै ठाउँमा अझै सम्पर्क हुन सकेको छैन । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।'
भूकम्पले बाटो बन्द हुँदा उद्दारमा समेत समस्या भएको उनले बताए । ‘धेरै विवरण आउन बाँकी छ,’ वडाध्यक्ष महरले लोकान्तरसँग भने, ‘घरहरू सग्लो छैनन् । उद्दारको लागि कुनै टोली अझै आएको छैन । घाइतेहरूलाई बोकेर पालिकास्तरका अस्पताल पुर्याउने प्रयासमा छौं । बाटो बन्द हुँदा गाडी पनि चलेका छैनन् । मृतकहरूको शव कुनुपर्ने हुँदा सबैलाई उद्दारमा वडाले खटाउन पनि सकेको छैन ।’
पशु चौपायाहरू पनि धेरै मरेको उनको भनाइ छ । ‘रातिमा सबै सुतिसकेपछि एक्कासि ठूलो धक्का आउँदा मानिसहरू बाहिर पनि निस्कन समेत पाएनन्,’ विस्तारामै आँखा मिच्दा मिच्दै सबै गर्ल्यामगुर्लुम भइसकेका थिए ।'
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो ।
भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १२८ जनाको ज्यान गएको पुष्टि भएको छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...