ह्वात्तै बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको छ ।

सोमवार स्थिर रहेको सुनको मूल्यमा १ हजारभन्दा बढीले सुधार आएको हो । 


Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलवार भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । 

तेजाबी सुन सोमवार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएकामा मंगलवारका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।


Advertisement

तेजाबी सुन समेत तोलामा १ हजार १०० रुपैयाँले उकालो लागेको हो । 

चाँदीको मूल्यमा समेत मंगलवार २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा १ हजार ३३५ रुपैयाँमा सोमवार कारोबार भएको चाँदी मंगलवार भने १ हजार ३६० रुपैयाँ मूल्य कायम भएको छ ।

कमेन्ट गर्नुहोस्