×

NMB BANK
NIC ASIA

९०० पर्ने सेनिटाइजर ३५०० मा खरिद

फागुन १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य मन्त्रालयले मास्क, सेनिटाइजर, क्लोरिनलगायतका स्वास्थ्य सामग्री बजार मूल्यभन्दा झन्डै चार गुना महँगोमा खरिद गरेको पाइएको छ । बजारमा प्रतिथान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८ सय ५० देखि ९ सय रुपैयाँ पर्ने फ्लोरोना सेनिटाइजर ३ हजार ५ सय, ५ सय देखि ७ सय रुपैयाँ पर्ने क्लोरिन २ हजार ५ सय रुपैयाँमा मन्त्रालयले खरिद गरेको हो । 

Muktinath Bank


बजारमा सस्तोमा सहजै पाइने बेला गत माघ २२ मा स्वास्थ्य सामग्री मन्त्रालयले किनेको हो । मन्त्रालयले माघ २२ मा मुक्तिनाथ मेडिको फर्मासँग ३० हजार थान मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५ लिटरको ३५ जार सेनिटाइजर र ५ लिटरकै ३० जार क्लोरिन खरिद गरेको थियो । ती सामानको बजार मूल्य भने त्यतिबेला र अहिले उस्तै रहेको मेडिकल सप्लायर्सहरू बताउँछन् । निश्चित व्यक्तिहरूले कमिसन लिएर बजार मूल्यभन्दा महँगोमा सामग्री खरिद गरेको हुन सक्ने मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘कमिसन नभएको भए बजार मूल्यभन्दा महँगोमा किन खरिद गर्छन् ?’ उच्च तहका एक कर्मचारीले भने, ‘यतिको महँगो त मुलुकमा स्वास्थ्य सामग्री अभाव हुँदा पनि थिएन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले खरिद गरेको मूल्यभन्दा पनि सस्तोमा सबैभन्दा राम्रो मानिएको डोचेम कम्पनीकै मास्क बजारमा पाइन्छ । ‘हामीले साढे ६ रुपैयाँमा डोचेम मास्क बिक्री गरिरहेका छौं,’ त्रिपुरेश्वरस्थित एक मेडिकल सप्लायर्सले भने, ‘सात रुपैयाँ पर्ने मास्क कस्तो रहेछ ?’ मेलबन भएको सबैभन्दा सस्तो मास्क २ रुपैयाँमा बजारमा उपलब्ध छ । मन्त्रालयले चिनियाँ कम्पनी होडोको तीन प्लाईको मास्क खरिद गरेको हो ।


Advertisment
Nabil box
Kumari

कान्तिपुरले ग्राहक बनेर मुक्तिनाथ मेडिको फर्माका सञ्चालक मनोज चौलागाईंलाई मन्त्रालयमा उपलब्ध गराएको मास्क र अन्य सामानको मूल्यबारे जानकारी लिएको थियो । ‘मन्त्रालयमै उपलब्ध गराएको मास्क ४ रुपैयाँ (एक प्याकेटको २ सय) मा दिन सकिन्छ,’ उनले भने । मन्त्रालयलाई उपलब्ध गराएको फ्लोरोना कम्पनीको सेनिटाइजर अहिले नभएकाले आफ्नै उत्पादन धर्मभक्त (५ लिटर) को ८ सय रुपैयाँमा उपलब्ध गराउने उनले बताए । शान्तिनगर, कोटेश्वर, लोकन्थलीमा आफ्नो स्टोर रहेको उल्लेख गर्दै उनले पायक पर्ने जुनसुकै ठाउँबाट सामान लिन सकिने बताए । मन्त्रालयलाई बिक्री गरेकै सामान न्यून मूल्यमा उपलब्ध गराउन तयार रहेको उनको भनाइ थियो । ‘मन्त्रालयलाई हामीले जुन सामान दिएका हौं, त्यही दिन्छौं,’ चौलागाईंले भने ।

Vianet communication
Laxmi Bank

नेपाली बजारमा नेपाल औषधि कम्पनी लिमिटेडले उत्पादन गरेको सेनिटाइजर सबैभन्दा महँगो मानिन्छ । कम्पनीले ५ लिटरको सेनिटाइजर ३ हजार रुपैयाँमा बिक्री गर्ने गरेको छ । मन्त्रालयले भने सरकारी स्वामित्वको कम्पनीले उत्पादन गरेकोभन्दा पनि महँगोमा किनेको छ । ‘कताबाट कमिसन धेरै आउँछ, त्यतै किन्ने भएकाले निजी कम्पनीबाट लिएको हुन सक्छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘बजार मूल्यभन्दा बढीमा खरिद गर्नु त भ्रष्टाचार हो । यस विषयमा अख्तियारको पनि ध्यान जानुपर्छ ।’

मुक्तिनाथ मेडिको फर्माले मन्त्रालयलाई फ्लोरोना कम्पनीको सेनिटाइजर बिक्री गरेको थियो । यो कम्पनीको ५ लिटरको सेनिटाइजर ९ सय रुपैयाँ पर्ने फ्लोरोनाको डिलर पशुपति मार्केटिङका सञ्चालक जगदीश रनसरियाले बताए । ‘हामीले खुद्रा पनि ९ सय रुपैयाँमा बिक्री गरिरहेका छौं,’ उनले भने । मन्त्रालयले पछिल्लो पटक सेनिटाइजर, मास्क, ग्लोब्स, क्लोरिन करिब ४ लाख ५० हजार रुपैयाँको खरिद गरेको छ ।

मन्त्रालयले महँगोमा स्वास्थ्य सामग्री खरिद गरेको यो पहिलो पटक होइन । मुलुकमा लकडाउन हुनुअघि प्याकेटको ६ सय ५० रुपैयाँको दरले मास्क खरिद गरेको छ । यसअनुसार एउटा मास्कको मूल्य त्यसबेला १३ रुपैयाँ तिरेको थियो । यही मूल्यमा १५ हजार थान मास्क मन्त्रालयले खरिद गरेको थियो । त्यस्तै जेठ २८ मा १ हजारप्रति केएन मास्क २ सय ७५ का दरले कुशेश्वर इन्टरप्राइजेजसँग खरिद गरिएको थियो ।

स्वास्थ्य सामग्रीको मूल्य हरेक दिनजसो घटिरहेको हुन्छ । मन्त्रालयले असोज र पुसमा मास्क ६ रुपैयाँमा खरिद गरेको थियो । माघमा भने मास्कलाई ७ रुपैयाँ लगाएको छ । त्यस्तै सेनिटाइजर पनि भदौमा ५ लिटरको ३ हजारमा किनेको मन्त्रालयले माघमा ३ हजार ५ सय रुपैयाँ लगाएको छ । ‘बजारमा मास्कको मूल्य घटिरहेका बेला मन्त्रालयले किन महँगोमा खरिद गरेको होला ? कारण सबैले सहजै अनुमान लगाउन सकिन्छ,’ मन्त्रालयका एक कर्मचारीले भने ।

स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले खरिद प्रक्रिया पारदर्शी रहेको दाबी गरे । ‘हामीले सार्वजनिक खरिद ऐन प्रक्रिया अपनाएका हुन्छौं । कुनै सामान खरिद गर्न तीनवटा कोटेसन लिन्छौं । सामान खरिद गर्न खरिद इकाइ गठन गरिएको हुन्छ । उसले लागत मूल्य सिफारिस गर्छ,’ उनले भने, ‘पछिल्लो पटक खरिद गरेको स्वास्थ्य सामग्रीमा पनि यही प्रक्रिया अपनाइएकाले पारदर्शी नै छ । यसमा शंका गर्नुपर्दैन ।’ कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x