×

NMB BANK
NIC ASIA

चीनले कसरी गर्‍यो देशमा गरीबी उन्मूलन ?

फागुन १६, २०७७

NTC
Premier Steels

चीनका राष्ट्रपति सी चिनफिङले १० करोड मानिसलाई गरीबीबाट माथि उकासेको बताएका छन् । 

Muktinath Bank

सन् २०१२ मा आफू राष्ट्रपति बन्दा यो महत्त्वाकांक्षी लक्ष्य राखेको र यसमा सफल भएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कसरी चीनले यति धेरै मानिसलाई गरीबीको रेखाबाट माथि उठाउन सफल भयो भनी मानिसहरू प्रश्न गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

चीनमा गरीबीको परिभाषाअनुसार, ग्रामीण इलाकामा बस्ने कुनै व्यक्तिले प्रतिदिन २.३० डलरभन्दा कम कमाउँछ भने उसलाई गरीब मानिन्छ । 

Vianet communication

यसमा कमाइका साथै रहनसहनका स्थिति, स्वास्थ्य सेवा र शिक्षामा पनि विचार गर्ने निश्चित गरिएको थियो । 

चीनका फरक फरक प्रान्त यस लक्ष्य हासिल गर्ने प्रतिस्पर्धामा थिए । उदाहरणका लागि, जियाङ्सुले अघिल्लो वर्ष जनवरीमा आठ करोड जनसंख्यामध्ये अहिले जम्मा १.७ करोड मानिस गरीब रहेको घोषणा गरेको थियो । 

चीन सरकारले राष्ट्रिय बेन्चमार्कलाई विश्व बैंकको वैश्विक स्तरमा १.९० डलर प्रतिदिनको कमाइभन्दा अलिकति मात्र माथि राखेको छ । 

सन् १९९० मा चीनमा ७५ करोडभन्दा बढी मानिस गरीबीको रेखामुनि थिए । त्यो चीनको कुल जनसंख्याको लगभग दुईतिहाइ थियो । 

सन् २०१२ सम्म यो संख्या घटेर नौ करोडभन्दा कममा आइपुग्यो । सन् २०१६ मा आइपुग्दा यो ७२ लाखमा झर्‍यो । 

अर्थात्, सन् २०१६ मा नै चीन आफ्नो लक्ष्यप्राप्ति एकदम नजिक पुगेको थियो । 

विगत ३० वर्षमा चीनमा अतिविपन्न मानिसको संख्या ७४.५ करोडले घटेको यसबाट थाहा हुन्छ । 

भियतनाममा पनि यस अवधिमा गरीबी दरमा नाटकीय गिरावट आएको छ । 

भारतको लगभग २२ प्रतिशत जनसंख्या अन्तर्राष्ट्रिय मापदण्डको हिसाबमा गरीबीको रेखामुनि जीवनयापन गरिरहेको थियो । भारतको आँकडा सन् २०११ सम्मका लागि मात्र उपलब्ध छ । 

चीनको बढी फोकस सबभन्दा बढी गरीब भएको ग्रामीण इलाकामा छ । 

सरकारले टाढाटाढाका गाउँमा बस्ने लाखौं मानिसलाई अपार्टमेन्ट कम्प्लेक्समा राखेको छ । 

द इकोनोमिस्ट पत्रिकाका डेभिड रेनी भन्छन्, ‘चीनले विगत ४० वर्षमा असाधारण काम गरेको विषयमा कुनै सन्देह छैन ।’

तर मानिसहरूलाई अतिविपन्नको स्थितिबाट बाहिर निकाल्ने श्रेय सरकार मात्रलाई दिन मिल्दैन । 
 

रेनी भन्छन्, ‘चिनियाँ जनताले निकै कठोर परिश्रम गरेका छन् र आफैं गरीबीबाट उठेका छन् । माओको पालामा लागू गरिएका कतिपय बकम्फुसे आर्थिक नीतिलाई पूँजीवाद अपनाउँदै त्यागिएको थियो ।’

माओ च तुङले सन् १९४९ मा पिपुल्स रिपब्लिक अफ चाइनाको सूत्रपात गरेका थिए । उनले सन् १९५० को दशकमा देशका कृषि अर्थव्यवस्थाको औद्योगिकीकरणको प्रयास गरेका थिए । 

सन् १९५८ मा उनले शुरू गरेको ग्रेट लीप फरवार्डको हानिकारक नीतिका कारण किसानहरू कम्युनमा परिणत हुन बाध्य भएका थिए । त्यसले गर्दा गाउँहरूमा भोकमरी उत्पन्न भयो । 

त्यसपछि चीनले अतिविपन्नताको स्थितिबाट उकास्ने दिशामा कठोर परिश्रम गरेको छ । तर उसले थप उच्च मापदण्ड सहितको लक्ष्य अपनाउनु पर्दैनथ्यो त ? 

उदाहरणका लागि, विश्व बैंकले उच्च मध्य आय भएका देशका लागि गरीबीको थप उच्च रेखा निश्चित गरेको छ । 

यसमा दिनको ५.५० डलरको मापदण्ड राखिएको छ । विश्व बैंकले चीन अब उच्च मध्य आय भएको मुलुक बनेको बताएको छ । 

यस आधारमा हेर्दा चीनको लगभग एक चौथाइ जनसंख्या गरीबीको दायरामा पर्छ । 

अनि चीनमा व्यापक मात्रामा आयमा असमानता छ । 

पोहोर साल चीनका प्रधानमन्त्री ली खछ्याङले चीनमा ६० करोड मानिसको महिनाको कमाइ जम्मा १ हजार युआन रहेको बताएका थिए । यसले एक शहरमा एक कोठा भाडामा लिन समेत नसकिने उनको भनाइ थियो । 

तर हरेक हिसाबमा हेर्दा चीनले लाखौं मानिसलाई छोटो समयको अन्तरमा अतिविपन्नको स्थितिबाट बाहिर निकालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x