सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच बालुवाटारमा वार्ता शुरू

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाबीच बालुवाटारमा औपचारिक वार्ता शुरू भएको छ ।

बुधवार बिहान साढे ९ बजे वार्ता शुरू भएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।


Advertisement

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार छन् भने विद्रोही नेकपाका तर्फबाट सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र केन्द्रीय सदस्य उदय चलाउने रहेका छन् ।

मंगलवार दुवै पक्षले औपचारिक वार्ताटोली सार्वजनिक गरेका थिए ।


Advertisement

आफूहरूमाथिको प्रतिबन्ध हटाउनुपर्ने, गिरफ्तार गरिएका नेता तथा कार्यकर्ता रिहा गर्नुपर्ने लगायतका शर्तसहित प्रतिबन्धित नेकपा वार्ताको टेबलमा बस्न राजी भएको हो ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्