×

NMB BANK
NIC ASIA

अनुसन्धानलाई पर्याप्त छैन बजेट

निर्मलादेखि भागरथी भट्ट प्रकरणको अनुसन्धानमा कति भयो खर्च ?

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि हत्या भयो ।

Muktinath Bank

१५ दिनपछि अर्थात् फागुन ५ गते बलात्कार र हत्या गरेको आरोपमा सोही गाउँका १५ वर्षीय दिनेश भट्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्‍यो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हत्या अनुसन्धानमा सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी घटनास्थलमै गएर आवश्यक निर्देशन दिए र अनुसन्धानमा आफैं सहभागी पनि भए ।


Advertisment
Nabil box
Kumari

उनका अलवा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) जनक पाण्डेको नेतृत्वमा ४ जनाको टोली पनि अनुसन्धानमा खटियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु सहितको टोली पनि घटनाको अनुसन्धानमा खटिएको थियो । 

Vianet communication
Laxmi Bank

डीआईजी उत्तम सुवेदीका अनुसार घटनाको अनुसन्धानका लागि ७ जना सिनियर अधिकृत, १० जना जुनियर अधिकृत र २३ जना प्रहरी हवल्दार तथा जवान खटिएका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी र लबलेकमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरू पनि अनुसन्धानमा खटिएका थिए ।

‘जिल्लाका प्रहरीबाहेक अनुसन्धानमा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिृकतसहित ४० जना १५ दिनसम्म खटिएका थियौं,’ डीआईजी सुवेदीले लोकान्तरसँग भने । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरका अनुसार अनुसन्धानमा खटिँदा अथवा देशभित्रै आफ्नो कार्यक्षेत्र बाहिरका क्षेत्रमा जाँदा देशभित्र प्रहरी महानिरीक्षक (आईजीपी) र प्रहरी अतिरिक्त महानिरीक्षक –एआईजी) ले दैनिक २ हजार ४ सय, प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले २ हजार, प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी)ले १ हजार ६ सय, जवानदेखि प्रहरी नायब निरीक्षक (सई) सम्मले १ हजार २ सय र परिचरले १ हजार भत्ता पाउने व्यवस्था छ ।

यसका अलवा कुनै पनि घटनाको सत्यतथ्य पत्ता लगाउन गठन गरिएको समितिलाई आवश्यक पर्ने खर्च (खाना, बस्न, हवाई/सडक भाडा, लगायतका) पनि प्रहरीले बेहेर्ने गरेको हुन्छ ।

अब हिसाब निकालौं, भागरथी हत्या प्रकरणमा प्रहरी अनुसन्धानमा कति खर्च भयो त ? प्रहरीले यकिन हिसाब त निकालिसकेको छैन, तर खटिएका प्रहरी अधिकृत तथा जवानहरूको भत्ता मात्र हिसाब गर्ने हो भने ८ लाख ३४ हजार भत्ताकै लागि खर्च भएको देखिन्छ ।

यसका अलावा घटनास्थलमा भेटिएका प्रमाणलाई प्रहरीको विधि विज्ञान प्रयोगशालामा ल्याउनका लागि धनगढीबाट काठमाडौं हवाई जहाज प्रयोग भएको छ । 

अर्थात् धनगढीबाट काठमाडौंको न्यूनतम हवाइ भाडा एकतर्फी करीब ६ हजार रूपैयाँ छ । ३ पटक आउजाउ गर्दा ३६ हजार रुपैयाँ हवाइ भाडामै खर्च भएको देखिन्छ ।

यसबाहेक प्रहरी १५ दिनसम्म बस्दाको खाना, सवारी साधनमा भएको खर्च लगायतको यकिन विवरण आइसकेको छैन ।

सामान्य हिसाब गर्दा पनि प्रहरीको तलब, जिल्लाबाटै खटिएका प्रहरीहरूको खर्च कटाउँदा पनि भागरथी हत्या प्रकरणमा १० लाखभन्दा माथि खर्च भएको देखिन्छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार कुनै अपराधको अनुसन्धानमा न्यूनतम पनि ५० हजार खर्च हुन्छ । अनुसन्धान जटिल बन्दै गएको खण्डमा त्यसको खर्च झनै बढ्दै जान्छ । 

‘भागरथी हत्या प्रकरणमा यति नै खर्च भएको छ भनेर निकाल्न कठिन छ । खर्च यकिन गर्न सकिँदैन,’ एसएसपी कुँवरले लोकान्तरसँग भने, ‘एउटा जघन्य अपराधको अनुसन्धानमा न्यूनतम ५० हजार खर्च हुन्छ ।’

सुदूरपश्चिम प्रहरीका प्रमुख डीआईजी उत्तम सुवेदीले पनि खर्च यति नै भयो भनेर यकिन साथ भन्न नसकिने बताए ।

‘४० जना जनशक्ति बाहिरबाट गएको छ । जिल्लाभित्र पनि ६० जनाभन्दा धेरै जनशक्ति खर्च भएको छ । यति खर्च भयो भनेर अनुमान लगाउन सकिँदैन,’ प्रहरीका सुदुरपश्चिम प्रदेश प्रमुख डीआईजी सुवेदीले भने, ‘इन्धन खर्च, सवारी साधन खाना बस्न धेरै खर्च भएको छ ।’

प्रहरीले अनुसन्धानमा हुने खर्च प्रहरीलाई सरकारले दिने बजेटबाटै निकाल्ने गर्छ । नेपाल प्रहरीले कूल बजेटको ८८ प्रतिशत तलब, रासन भत्ता लगायतमा खर्च गर्छ भने १२ प्रतिशत घर निर्माण, मर्मत र इन्धनमा खर्च गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रवक्ता कुँवरको भनाइलाई आधार मान्ने हो भने प्रहरीले प्रशासनिक (रासन भत्ता लगायत) खर्चबाट अनुसन्धानको खर्च निकाल्छ ।

‘प्रहरीले अपराध अनुसन्धानमा लाग्ने खर्च प्रशासनिक खर्च कटौती गरेर बेहोर्छ,’ एसएसपी कुँवरले लोकान्तरसँग भने, ‘अनुसन्धानका लागि भनेर छुट्टै बजेट विनियोजन हुँदैन ।’

निर्मला प्रकरणमा २ करोडभन्दा धेरै खर्च, तर हत्यारा पत्ता लागेन

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ की १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या भएको ३ वर्ष पुग्न लागेको छ तर प्रहरीले अझै हत्यारा पत्ता लगाउन सकेको छैन । 

निर्मला हत्या प्रकरणमा आधा दर्जन समिति बने, एक दर्जनभन्दा धेरै प्रहरी अधिकृतलाई अनुसन्धानको नेतृत्व गर्न पठाइयो । प्रहरीले लगातार ३ वर्षदेखि यसमा खर्च गर्दै आएको छ ।

‘तीन वर्षमा समिति, अनुसन्धान अधिकारीको खर्च, भत्ता, ल्याब खर्च लगायतमा कुल कति खर्च भयो भन्ने यकिन तथ्यांक नभएपनि २ करोड खर्च पुगिसकेको छ,’ स्रोतले लोकान्तरसँग भन्यो ।

निर्मला प्रकरणको अनुसन्धानका लागि अहिले पनि प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको टोली अहिले पनि खटिएको छ । त्यसका लागि आवश्यक पर्ने खर्च प्रहरीले गरिरहेको छ । 

त्यो समय धेरै समितिहरू र धेरै कर्मचारीहरू परिचालित भएर धेरै खर्च भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी वसन्त कुँवर स्वीकार्छन् ।

‘यति नै खर्च भयो भन्न त नसकिएला, अहिलेसम्म पनि जनशक्ति परिचालन भएका छन्,’ एसएसपी कुँवरले भने, ‘यो समयसम्म १/२ करोड रुपैयाँ त खर्च भइसक्यो ।’

बजेट अभाव हुँदा अनुसन्धानमा बाधा

भागरथी हत्या प्रकरण, निर्मला हत्या प्रकरण, कुख्यात अपराधी खोजी जस्ता  जघन्य अपराधको अनुसन्धानमा धेरै बजेट लाग्ने भएकाले अनुसन्धानमा बाधा हुने प्रहरीले जनाएको छ ।

‘कुनै आर्थिक वर्षमा बजेट अभाव हुँदा अपराध अनुसन्धानमा अवरोध पुगेका उदाहरण पनि छन्,’ अनुसन्धानमा खटिएका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘बजेट अभाव हुँदा अनुसन्धानको दायरा पनि खुम्च्याउनु पर्ने अवस्था आउने गरेको छ ।’

यसमा सहमत छन् पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी पनि ।

‘नेपालमा अनुसन्धानका लागि बजेट अभाव हुने गरेको छ । यसले गर्दा अनुसन्धान खुम्च्याएर बस्नुपर्ने बाध्यता प्रहरीलाई छ ।’

जघन्य अपराध अनुसन्धानमा धेरै बजेट आवश्यक पर्छ, तर त्यसका लागि बजेट सीमित हुँदा फरार रहेका अपराधीको खोजी तथा ठूला अपराधमा अनुसन्धान पूरा हुन बाधा पुग्ने पूर्व डीआईजी ठकुरीले बताए । 

‘केही अनुसन्धान त प्रहरीले उधारोमा गर्नुपर्छ,’ ठकुरीले लोकान्तरसँग भने, ‘त्यसले गर्दा अपराधी पत्ता नलाग्ने हुन्छ ।’

आवश्यक बजेट विनियोजन नहुँदा अनुसन्धानमा प्रयोग गर्नुपर्ने ल्याब लगायतका सामग्रीको पनि अभाव रहेको डीआईजी ठकुरीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x