×

NMB BANK
NIC ASIA

कुनै जमानामा कालिजको शिकार गर्नेहरूको बिगबिगी थियो । कालिजको मासु खान निकै कठिनाइ पनि थियो ।

Muktinath Bank

जंगलमा चोरीशिकारी गरेर ल्याएको कालिज निकै महंगोमा बिक्री हुन्थ्यो । तर अहिले कालिजका यावत् परिकार शहरका रेस्टुरेन्टमा सहज रूपमा मेनु हेरेर खान सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कालिजको परिकार पस्कने रेस्टुरेन्टहरू राजधानी काठमाडौंमा दर्जनौं खुलेका छन् । पछिल्लो समय त राजधानी बाहिर पनि कालिजका परिकार पस्कने होटल रेस्टुरेन्टहरू उल्लेख्य वृद्धि भएका छन् । कालिजको मात्र परिकार पस्कन खोलिएको राजधानीस्थित कपन गुम्बाको वृक्षालय रिसोर्ट एन्ड कालिज फार्मलाई स्थानीयले जति मन पराएका छन्, त्योभन्दा ज्यादा विदेशीको घुइँचो लाग्ने गर्छ ।


Advertisment
Nabil box
Kumari

रिसोर्टका सीईओ सन्तोष कुँवर भन्छन्, ‘हामीले यहाँ कोदो फापरको ढिडो कालिजको झोल मासु सेट पस्कन्छौं र कालिजका अन्य परिकार पनि ।’ उनले आफ्नै रिसोर्टभित्र दर्जनौं कालिज पालेका छन् । पार्टनरमा कालिज विशेषज्ञ साथी वासु बस्नेतलाई पनि आफ्नो व्यवसायमा सामेल गराएका छन् ।

Vianet communication

कुँवरले कालिजका परिकार रिसोर्टमा मात्र बिक्री नगरेर फूड ट्रकमा पनि आफ्नो व्यवसाय फिजाएका छन् । कालिजका विभिन्न परिकार तयार गरेर ट्रकमा हाली ठाउँठाउँमा बिक्री गर्दैगर्दा कालिजका परिकार चाख्नेहरूको भीड नै लागेको हुन्छ । 

विदेशी भूमिमा होटल रेस्टुरेन्टमा १६ वर्ष काम गरेको अनुभव नौलो रूपमा प्रयोग गर्न कालिज फार्ममा लागेको कुँवर बताउँछन् । कुँवरजस्तै अन्य व्यवसायी पनि कालिजप्रति आकर्षित भएका छन् । राजधानीका ठाउँठाउँमा कालिजपालन सँगसँगै रेस्टुरेन्ट पेशा सफल हुँदै गएको छ ।

नेपाल कसरी शुरू भयो कालिज व्यवसाय ?

नेपालमा कालिज शिकार गर्न र बेचबिखन गर्न कानूनी बन्देज हुँदा बेल्जिम, जर्मनी र युरोपका अन्य देशबाट अण्डा झिकाएर ह्याचरी गरी चल्ला उत्पादन गरेर हुर्काइएका हुन् । जुन व्यावसायिक रूपमा नेपालभर फिजिएको छ ।

नेपालमा नौलो व्यवसाय भएका कारण धेरै युवाहरू विदेशबाट फर्केर कालिजपालन र यसका परिकार बेच्ने पेशामा लागेका छन् । कालिजका लागि पहाडी हावापानी राम्रो हुने भए तापनि जोखिम मोलेर यसको व्यवसाय तराई भेगमा पनि शुरू गरिएको छ । 

कालिजलाई ६ महिना पाल्नासाथ खानको लागि तयार हुन्छ र यसको साइज औसतमा भाले डेढ किलोग्राम र पोथी एक किलो हुन्छ । स्वास्थ्यका हिसाबले निकै पोषिलो मानिने कालिजको मासु अन्य कुखुरा–हाँसभन्दा तिख्खर र स्वादिलो हुन्छ । नेपालमा करीब १५० जति कालिजका फार्महरू रजिस्टर भएको पाइन्छ । खानमा स्वादिलो मासु र बोसो कम हुने भएकाले यसको मासु बजारमा अत्यधिक रुचाइने गरिन्छ । यसको महत्त्व मासु मात्र नभएर अहिले कृषि पर्यटनसँग जोडेर हेर्न थालिएको छ । 

कालिजको अण्डाको बजार मूल्य ठाउँ अनुसार ७०० देखि ७५० रुपैयाँ छ । एउटा वयस्क कालिजको अहिलेको बजार मुल्य २ हजार ५०० देखि ३ हजार ५०० रुपैयाँसम्म छ । कालिज नरभक्षी चरा भएकाले यसले अरु कमजोर चल्लालाई आक्रमण गर्छ । एकदिन देखि ४५ दिनसम्म यो कुराको विशेष ध्यान दिनुपर्छ, किनकि यो बेलामा चल्लाले आफ्नो सुरक्षा गर्न सक्दैनन् । 

यसबाट बचाउन पहिलो पटक चल्लालाई १ हप्ताको उमेरमा २०% चुच्चो डाम्ने गरिन्छ । करीब ७–८ हप्तामा पनि कालिजलाई फेरि दोस्रो पटक चुच्चो डाम्ने वा काट्ने गरिन्छ । यसको लागि नजिकैको एग्रो भेटमा वा विज्ञसँग सम्पर्क गर्नुपर्ने हुन्छ । चुच्चो काट्न सम्भव नभएमा मास्कको पनि प्रयोग गर्न सकिन्छ ।

नियमित कालिजको मासु खाँदा हुने स्वास्थ्य सम्बन्धी फाइदा

– कालिज एक प्राकृतिक आहार भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । 

– कोल्स्टरको समस्या हुनेका लागि उत्तम मासु । 

– वजन घटाउन चाहनेहरूका लागि कालिजको मासु राम्रो मानिन्छ । 

– कालिजमा बोसोको मात्र कम हुने हुँदा कुखुरा जस्तो बोसिलो हुन्न । 

– कडा व्यायाम गर्नेहरूका लागि कालिजको मासु उत्तम आहार मानिन्छ, जसले मसल टाइट बनाउन मद्दत गर्छ । 

– कालिजको मासुलाई उच्च प्रोटिन प्राप्त हुने मासुमा गणना गरिन्छ । 

– आइरनको मात्रा पनि कालिजको मासुमा उच्च मात्रामा प्राप्त हुन्छ । 

– पोटासियम पर्याप्त हुने हुँदा कार्डियोभास्कुलर स्वास्थ्यमा सहयोगी सावित । 

– भिटामिन्स र मिनरल्सको पर्याप्त स्रोत मानिन्छ । 

– बुढादेखि बच्चासम्म सबैलाई फाइदा हुने हुँदा पारिवारिक संयुक्त भोजनका लागि राम्रो शिकार । 

के–के परिकार बन्छ कालिजको मासुबाट ?

कालिजलाई युरोपतिर सिङ्गै रोस्ट बनाएर खाने चलन भए तापनि नेपालमा भने यसका दर्जनौं परिकार तयार गरिन्छ । काठमाडौंको कालिज रेस्टुरेन्टमा पुग्नुभयो भने तपाईंले कालिजका यावत् परिकारको छुट्टै मेनु पाउनुहुन्छ, जसमा कालिज चिल्ली, कालिज छोइला, कालिज सादेको, कालिजको सुकुटी, कालिजको सुप, कालिज खाना सेट, कालिज ढिडो सेट, कालिज सेकुवा, कालिज फ्राइ जस्ता छन् ।

वृक्षालय रिसोर्टका सञ्चालक सन्तोष कुँवरको भनाइमा नेपालीहरूले सबैभन्दा बढी मन पराउने कालिजको परिकारमा झोल हालेर नेपाली शैलीमा बनाएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x