बढ्यो सुनको मूल्य, कति छ आज ?

नेपाली बजारमा सोमवार सुनको मूल्यमा वृद्धि भएको छ । 

सोमवार छापावाल सुन प्रति तोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Advertisement

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । 

सोमवार तेजाबी सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार सोमवार चाँदीको मूल्य स्थिर रहेको छ ।

यस दिन चाँदी १ हजार ३ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्