×

NMB BANK
NIC ASIA

इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन

बैशाख ९, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरू गरेको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ । 

Muktinath Bank

प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१ वर्षअघि ‘सावनी कृषि फार्म’ दर्ता गरेर उनले आफ्नै घरबारीमा ६० लाख रुपैयाँको लगानीमा २ वटा भकारीमा माछापालन शुरू गरेका हुन् । भकारीमा गरिएको माछापालनबाट पहिलो वर्ष खर्च कटाएर १ लाख रुपैयाँ बचत भएको छ ।


Advertisment
Nabil box
Kumari

हाल १६ कठ्ठा क्षेत्रफलमा फैलिएको फार्ममा माछा, कुखुरा र बाख्रापालन भइरहेको छ । आगामी दिनमा १० कठ्ठा जमिन लिजमा थपेर व्यवसाय विस्तार गर्ने उनको योजना छ । आगामी दिनमा कुखुराको दाना उत्पादनलाई समेत प्राथमिकतामा राखिएको उनले बताए ।

Vianet communication

माछा र कुखुरा किन्न स्थानीय फार्ममै आइपुग्ने गरेका छन् । ‘स्वदेश फर्केर यही विधिबाट माछा पाल्ने सोचेको थिएँ,’ उनले भने, ‘अहिले दाजुसँग मिलेर फार्म दर्ता गरी माछा र कुखुरा पाल्दैछौं ।’

३ वर्ष मलेशियामा बिताउँदा उने इन्डोनेशियाली प्रविधिमा आधारित माछापालनलाई नजिकबाट नियालेको बताए ।

यो प्रविधिअनुसार माछा पाल्नका लागि जमिनमा पोखरी खन्नु पर्दैन । जमिनमाथि नै प्लास्टिकको भकारीमा पानी भरिन्छ र माछाका भुरा छाडिन्छ । यसरी भकारीमा एकपल्ट भरिएको पानी माछा हुर्किन्जेलसम्म काम लाग्छ ।

माछालाई सास फेर्न सहज होस् भनेर पानीमा अक्सिजनको मात्रा बढाउन मेशिन जडान गरिन्छ । माछाको आहार त्यही भकारीमा हालिन्छ । सुनिललाई यो व्यवासायमा दाजु दीपक शिवाकोटीको दर्बिलो साथ छ । दीपक पनि सशस्त्र प्रहरीमा ७ वर्षको जागिर छाडेर माछापालन व्यवसायमा लागेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x