×

NMB BANK
NIC ASIA

खपत कम हुँदा घट्यो तरकारी र मासुको भाउ

बैशाख २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

दोस्रो लहरको कोरोना संक्रमण तीव्र बन्न नदिन सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपछि केही दिन हरियो तरकारी तथा मासुको मूल्य छोइनसक्नु थियो । पर्याप्त आयात हुँदा समेत तरकारीको भाउ आकासिएको थियो । 

Muktinath Bank

काठमाडौं उपत्यकाबाट धेरै मान्छे आ–आफ्नो जिल्ला गएपछि यहाँ खपत घट्दा पछिल्लो समय तरकारीको मूल्यमा गिरावट आएको छ । आयात परिमाण पनि घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तरकारीको भाउ निरन्तर घट्ने क्रममा रहेको समितिको भनाइ छ । ‘शुरूका दिनमा ९ सयदेखि साढे ९ सय टनसम्म तरकारी कालीमाटीमा भित्रिएको थियो । अहिले क्रमशः घट्दै गएर मंगलवार साढे ६ सय र बुधवार करीब ५ सय टन भित्रिएको छ,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘आयातको परिमाण घट्दा पनि मूल्य बढेको छैन । घटिरहेको नै छ ।’


Advertisment
Nabil box
Kumari

२ साताअघि तने बोडी होलसेलमै प्रतिकिलो १३५ रुपैयाँ थियो । बुधवार घटेर प्रतिकिलो ३७ रुपैयाँमा झरेको समितिको तथ्यांक छ । मटरकोसा प्रतिकिलो १५५ बाट घटेर ९५ रुपैयाँ भएको छ । घिउ सिमीको मूल्य पनि १३० बाट २८ रुपैयाँ भएको समितिले जनाएको छ । तीते करेला किलोको ८७ बाट घटेर १८ रुपैयाँ, हरियो फर्सी ५५ बाट घटेर २८ रुपैयाँ भएको छ ।

Vianet communication
Laxmi Bank

‘मुख्यतः खपतको अवस्था कमजोर देखियो । निषेधाज्ञाका कारण होटल, रेस्टुरेन्ट बन्द छन् । लाखौं सर्वसाधारणले उपत्यका छाडेका छन्,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘केहीले निषेधाज्ञाअघि नै नबिग्रने तरकारी ठूलो परिमाणमा सञ्चय गरे, जसले गर्दा अहिले भाउ घटिरहेको छ ।’ यसबाहेक अहिले तरकारी उत्पादन हुने सिजन पनि हो । किसानको बारीमा सिमी, बोडी, लौका, भिन्डी, गोलभेंडा लगायत तरकारी पर्याप्त छन् । यसैले पनि मूल्य घटिरहेको समितिले जनाएको छ ।

समितिका अनुसार २ हप्ताअघि भिन्डीको मूल्य होलसेलमा प्रतिकिलो ८७ रुपैयाँ थियो । बुधवार प्रतिकिलो ३७ रुपैयाँ थियो । ८७ पर्ने ब्रोकाउली घटेर ५५ रुपैयाँ, ६५ पर्ने घिरौंला २८ रुपैयाँ, ७७ पर्ने हरियो खुर्सानी ५५ रुपैयाँ भएको छ । होलसेलमा ७५ पर्ने गाँजर घटेर ५५ रुपैयाँ, ३३ रुपैयाँको बन्दा घटेर २७ रुपैयाँ र ५५ पर्ने स्थानीय काउलीको मूल्य ४५ रुपैयाँ भएको समितिले बताएको छ ।

उपत्यकामा तरकारी खपत नहुँदा स्वदेशी किसानलाई भने मर्का परिरहेको छ । केही किसानले नोक्सानी व्यहोरेरै सस्तोमै बिक्री गरिरहेका छन् । ‘ठूलो बजार भएर कालीमाटीमै ल्याउने चलन हो । यहाँ खपत नहुँदा किसानलाई समस्या भयो । कतिपय किसानको तरकारी बारीमै बिग्रने अवस्था देखियो,’ श्रेष्ठले भने ।

यद्यपि होलसेलसरह खुद्रामा भने घटिसकेको छैन । खुद्रा पसलपिच्छे मूल्य फरक पाइन्छ । समितिका अनुसार अहिले भारतबाट पनि तरकारी आयात भइरहेको छ । भारतबाट मुख्यतः प्याज, आलु, कागती, फलफूललगायत आयात भएको जनाइएको छ ।

भारतबाट आयात भएको प्याजको मूल्य भने बढेको छ । २ साताअघि प्रतिकिलो ३६ पर्ने सुकेको प्याज अहिले बढेर ३९ रुपैयाँ पुगेको छ । रातो आलु पनि ३३ बाट बढेर ३९ रुपैयाँ पुगेको छ । ‘स्वदेशी उत्पादनसँगै भारतबाट पनि तरकारी आइरहेको छ,’ समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले भने, ‘स्वदेशमा पनि तरकारी उत्पादन बढेको छ । कोरोनाले तरकारी बिक्री हुन नसकेको गुनासो बढ्दो छ ।’ कालीमाटीमा काभ्रे, पाँचखाल, धादिङ, मकवानपुर, चितवन, तनहुँलगायत जिल्लाबाट तरकारी आयात भइरहेको छ ।

यसैबीच ब्रोइलर कुखुराको मासुको मूल्य २ सातामा १०० रुपैयाँ घटेको छ । कुखुराको खपत ८० प्रतिशत घटेकाले मूल्य निरन्तर ओरालो लागेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले बताए । ‘२ साताअघि संघले प्रतिकिलो ४५० रुपैयाँ मूल्य तोकेको थियो । बुधवारको दर ३५० रुपैयाँ छ,’ उनले भने, ‘निषेधाज्ञाले होटल व्यवसाय बन्द भए । जसले गर्दा बजार पनि बिथोलियो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x