×

NMB BANK
NIC ASIA

कोरोनाका सक्रिय संक्रमित ७२ हजार बढी

बैशाख २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

देशभर बिहीवार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

Muktinath Bank

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार २० हजार ३६७ जनाको पीसीआर परीक्षण र ७७५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

देशभर सक्रिय संक्रमित संख्या ७२ हजार ५६१ पुगेको छ । ३१४ संक्रमित क्वारेन्टीनमा छन् । बिहीवारै देशभर २ हजार ७०७ संक्रमणमुक्त भएका छन् ।

Vianet communication
Laxmi Bank

कोरोनाबाट बिहीवार ५४ जनाको मृत्यु भएको छ । यससँगै मृतक संख्या ३ हजार ५२९ पुगेको छ । देशभर हाल ६५२ जना आईसीयू र २०१ जना भेन्टिलेटरमा छन् ।

जसअन्तर्गत प्रदेश १ मा १०७ आईसीयू र १७ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र २ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ३४९ आईसीयू र १२५ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ३८ जना आईसीयू र १३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २० जना भेन्टिलेटर, कर्णालीमा ३३ जना आईसीयू र १२ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बिहीवार थप ३ हजार ९७२ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ३ हजार १६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी उपत्यकामा ३ हजार ९७ जनामा कोरोना देखिएको छ । काठमाडौंमा मात्र हाल २४ हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा २ हजार ९४५ र ललितपुरमा ४ हजार ९७४ जना सक्रिय संक्रमित छन् ।

बंगलादेशबाट थप ४ हजार भाइल रेम्डेसिभिर नेपाल भित्रिएको छ । औषधि व्यवस्था विभागले कोभिडको सबैखाले बिरामीका लागि रेम्डेसिभिर आवश्यक नपर्ने भएकाले चिकित्सकले उपचार प्रोटोकलअनुसार मात्र सिफारिस गर्न आग्रह गरेको छ । राजधानी दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x