×

NMB BANK
NIC ASIA

अस्पताल भरियो, आइशोलेसन रित्तै

जेठ १, २०७८

NTC
Premier Steels

नुवाकोट सहित धादिङ र रसुवा आसपासका जिल्लाका कोरोना सङ्क्रमित बिरामीको पहिलो रोजाई त्रिशूली अस्पताल बनेको छ ।  सङ्क्रमित बिरामीको लागी नुवाकोटका स्थानीयतहले सुबिधा सम्पन्न ओइशोलेसन केन्द्र बनाएपनि त्यहाँका श्ययाहरु खाली छन् ।

Muktinath Bank

बिरामीको रोजाई बनेको  अस्पतालमा भने श्यया भरिएर दोश्रो पटक थप गरिएको छ । जिल्लाका मात्र नभई रसुवा र धादिङ स्थित जिल्ला अस्पतालमा उपचाररत सङ्क्रमित बिरामी पनि त्यहाबाट रिफर भएर त्रिशूली अस्पताल आउन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनको अनुसार बिरामीको चाप बढेसगैँ दोश्रो पटक श्यया थप गरेर उपचार सेवा उपलब्ध गराइएको छ । अस्पतालमा हाल ५१ सङ्क्रमित  उपचाररत छन् । तीमध्ये गम्भीर अबस्थाका छ श्यययाको सघन उपचार कक्ष (आइसियू), चार श्यययाको हाई डिपेन्डेन्सी युनिट (एचडियु) र चार भेन्टिलेटर राखिएको छ । आईसियू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी धेरै भएकाले व्यावस्थापनमा समस्या बनेको छ ।  
 
अस्पतालले  सङ्क्रमित बिरामीको लागी श्रोत, साधन र जनशक्ति अनुसार ४० श्ययाको आइशोलेसन वार्ड स्थापना गरिएकोमा अपुगे भएसगैँ २० श्यया थप गरेर हाल ६० श्यया पुराइएको छ ।” उनले भने, “दुई पटकसम्म श्यया थपिसकेकाले अब भने नसक्ने अबस्थामा पुगेका  छौ ।” 
वाग्मती प्रदेश मातहत रहेको  ५० श्ययाको अस्पताल हो । अस्पतालले नियमित सेवा सुचारु राख्दै सोहि श्रोत र जनशक्ति मार्फत हाल अतिरिक्त ६० श्ययाको कोभिड वार्ड चलाइरहेको छ । 
कोरोना भाइरसको दोश्रो लहर देखिएसगैँ  अस्पतालले ४० श्यययाको कोभिड वार्ड तयार गरेको भएपनि बुधबार र शुक्रबार थप १०÷१० श्यया वृद्धि ६० श्यया पु¥याएको हो । 
सङक्रमितको स्वास्थ्यमा समस्या देखिएसगैँ धेरै बिरामीको रोजाई यही अस्पताल भएसगैँ माग धान्न गाह्रो हुदै आएको डा पाण्डेको भनाइ छ । “भूकम्पपछि पुर्ननिर्माण गरिएको सुविधासम्पन्न भवन रहेको अस्पतालमा आरटी–पिसिआर प्रयोगशाला र आफ्नै अक्सिजन उद्योग समेत भएकाले बिरामीको लागी अस्पतालप्रतिको विश्वास धेरै हुनसक्छ” उनले भने “अबभने स्थानीयतहको आइशोलेसन केन्द्रमा बिरामी ‘होल्ड’ गर्न आग्रह गर्नेछौ ।” 
कोरोनाको दोस्रो लहर आएसगैँ जिल्लाका प्रत्येक स्थानीयतहमा व्यवस्थित आइशोलेसन केन्द्र सञ्चालनमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १२ स्थानीयतहले १५ स्थानमा निर्माण गरेको केन्द्रमा अक्सिजन सहितको १८१ श्यया तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।
 
उनको अनुसार केन्द्रमा चिकित्सक सहितको सुबिधा भएपनि सङक्रमित  भने त्रिशूली अस्पतालमा नै भर्ना हुनेदर बढेकाले अब पालिकालाई आ–आफ्नै स्थानका बिरामीलाई सकेसम्म पालिकाभित्रै व्यावस्थापन गर्न भनिएको छ  । कोरोना  नियन्त्रणको लागि जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा कायम रहेको छ । “कर्मचारी र जनप्रतिनिधिलाई कोरोनाको भाइरस पुष्टि भएसगैँ जिल्लाको सबैजसो स्थानीयतहले अति आवश्यक बाहेकका सेवा बन्द गरेर महामारी रोक्न लागेका छन् ।”कार्यालयका सूचना अधिकृत खनालले भने, “कोरोनाको सक्रमितको पहिचानको लागी खोजपड्ताल, स्वाब संकलन, सक्रमितको उपचार प्रभावकारी बनाउन पालिकाले आइशोलेसन केन्द्रमा बिरामी राख्न पहिलो प्रथामिकता दिनुपर्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयतहको आइशोलेसन केन्द्रमा अक्सिजन सहित अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर, पिपिई, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पिसिआरको लागि स्वाब सङ्कलन गर्न भिटिएम सहितको सुविधा उपलब्ध भएपनि कोरोना सक्रमित बिरामी त्रिशूली अस्पतालमा आकर्षित हुदाँ पालिकाको श्यया भने रित्तै छन् । जिल्लामा आइसियू र भेण्टिलेटर सेवा सहित अक्सिजनको ब्यबस्था सहज भएसगै नुवाकोटको बिरामीको लागी यो महामारीमा पालिकाको मात्र नभई काठमाडाैं भन्दा त्रिशूली अस्पताल पहिलो रोजाई बनेको छ ।  सङ्क्रमितको लागी अस्पतालबाट उपलब्ध सेवा सबै निःशुल्क रहेको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

कुन पालिकामा कति आइशोलेसन श्यया

Vianet communication

विदुर नगरपालिकाले बट्टार स्थित कभर्डहलमा २२ र  सिटी कम्युनिटी अस्पतालमा १५ गरी ३७ श्ययाको आइशोलेसन तयार गरेको स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए। उनका अनुसार आइशालेसनमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर सहित चिकित्सकको व्यवस्था गरिएको छ । जिल्लाको अर्को नगरपालिका बेलकोटगढीमा कोरोनाको उपचारको लागि ‘कोभिड–१९ अस्थायी अस्पताल’को स्थापना सहित थप २५ श्ययाको आइशोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । उनको अनुसार अस्पतालमा डाक्टर सहित पाँचजना स्वास्थ्यकर्मीलाई २४ सै घण्टा खटाइएको छ । 

जिल्लाको गाउँपालिकातर्फ लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा ८, किस्पाङमा पाँच, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा नौ, दुप्चेश्वरमा आठ, पञ्चकन्यामा पाँच र ककनीमा पाँच श्ययाको आइशोलेसन श्यया तयार बनाइएको छ । स्थानीयतहमा हाल १८१ श्यया भएपनि  सङ्क्रमित बिरामी भने जम्मा चार जना मात्रै भर्ना भएका छन् ।सङ्क्रमणको लक्षण देखिएकालाई पािलकाको आइशोलेसनमा राख्न सकेमा त्रिशूली अस्पतालमा बिरामीको चाप घटाउन, अति आवश्यक पर्ने बिरामीको लागि श्ययया उपलब्ध गराउन, बिरामीले पनि उपचार सुविधा सहजै पाउने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको भनाइ छ । “त्रिशूली अस्पतालमा दरबन्दी अभावले जनशक्ति कम छन्, त्यसमा पनि आधाभन्दा बढीलाई आफै सक्रमित भएसगैँ कामको दबाब बढी परेको छ ।” उनले भने “स्थानीयतहले बनाएको आइशोलेसनमा खटाइएका जनशक्ति बिरामी पर्खिरहेका छन् ।” 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x