फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सर्लक्क परेको अग्लो जिउडाल नभएपनि हँसमुख चेहराका धनी वनमन्त्री प्रेम आले मगरलाई धेरैले ह्यान्डसम मन्त्रीका रूपमा हेर्छन् ।
उनी जहाँ–जहाँ पुग्छन्, उनलाई हेर्न के तन्नेरी, के बूढापाका सबैको भीड लाग्छ, मानौं उनी माइकल ज्याक्सन हुन् ।
प्रेम आले वनमन्त्री भएपश्चात महोत्सवहरूमा हात्ती हेर्न भीड लागेजस्तै चितवनमा गैँडा हेर्नेहरूको भीड लागेको थियो।
उनी गैँडाको खाग चोरिनबाट जोगाउन चाहन्थे। आफ्नो देशको गैँडा बाटो बिराएर कतै भारत त पुग्दैनन् भन्ने चिन्ता उनमा हरदम थियो ।
तर केही प्रतिगामी तत्वहरूले कुरा बुझेनन् र आले दाइको खिस्सी गरे।
सम्भवत: नेपाली इतिहासमा कुनै मन्त्रीले यसरी गाला फुलाउँदै सिट्ठी फुकेर गैँडा गणना गरेको यो पहिलो घटना हो।
तर उनले प्राकृतिक सम्पदा संरक्षणका लागि वन जंगलभित्र डुल्ने काम गरेको त वर्षौं भैसक्यो। उनलाई वन जंगलको पहरेदार भन्दा हुन्छ ।
यस्तो वनमन्त्री पाउनु त नेपाली जनताको भाग्यको कुरा हो।
प्रेम आले वनमन्त्री हो, त्यही भएर गोठालो जस्तो देखिनुपर्छ भन्ने लागेको होला । तर कर्णाली पारिको मगरको छोरोले पक्कै पनि यार्सागुम्बा गाईको दूधमा मिसाएर खाएको छ, हिम्मत हार्ने कुरै भएन ।
प्रेम आलेलाई नापजाप नमिलेकै कोटपाइन्ट लगाए पनि चट्ट सुहाउँछ ।
घाँटीभन्दा थोरै माथिबाट ब्लेड लगाएर कपाल काट्यो भने उत्तर कोरियाली शासक किम जोङ उनको जुम्ल्याहा दाजुभाइजस्तो देखिन्छ । फरक यत्ति हो- किम प्राणघातक परमाणु बम फुक्छन्, हाम्रा आले दाइ मुखले जीवनदायक अक्सिजन फुक्छन् ।
उनलाई देख्दा मानिसहरू त के जंगलका जीवजन्तुको मुटु पनि लगलग काँप्छ ।
साथीहरू भन्दै थिए, ३ इञ्च छाला सर्ने गरी 'डिस हान्ने' दुर्गा प्रसाईं समेत आले दाइसँग डराउँछन् अरे !
प्रेम आले आफू गल्ती गर्दैनन्, गल्ती गर्नेलाई छाड्दैनन् । ३ इञ्च त के, ७ इञ्च छाला काडेको अनुभव उनीसँग छ अरे, सानो छँदा जंगलमा मृगको छाला… ।
आफ्नो इज्जत माटोमा मिलाइदिने गरी फेक न्यूज फैलाउनेहरूको छाला त्यसैगरी काड्नुपर्ने सुझाव आले दाइलाई आइरहेको मैले सुनेको छु ।
नाम चलेकै अनलाइनमा एउटा समाचारको शीर्षक थियो- 'यो सिलिन्डर कसको आलेको, आलेको फोटो टालेको ।'
सामाजिक सञ्जाल फेसबूकमा केही समयअगाडि एक जनाले स्टाटस लेखेका थिए, 'वन कसको आलेको, भुँडी ठूलो पालेको, गैँडा गन्न थालेको ।'
ट्विटरमा एक जनाले लेखेका थिए- 'यो रुख कसको आलेको, कार्बनडाइअक्साइड फालेको ।'
यो त अति हुन थाल्यो । हाम्रो आले दाइलाई मान्छेले चिनेकै छैनन् ।
काठ तस्करहरूले एक अर्ब कमिसन दिन्छुभन्दा पनि नलिएका तथा इमान्दार छवि भएका दाजूलाई यसरी हेप्ने ? डिस हान्ने ?
लेख्ने नै भए लेख्नु नि– 'सिलिन्डर कसको आलेको, कस्तो राम्रो कदम चालेको !', 'यो वन कसको आलेको, अक्सिजन नै फालेको, खिस्सी गर्ने को हुन् ? दिमाग छैन सालेको ?', 'मान्छे अलिअलि जिरो छ, हाम्रो आले दाइ हिरो छ', 'आले दाइले सिट्ठी फुकेको, शरीर छैन सुकेको, गैँडा किन लुकेको ?'
तपाईं मान्नुस्, नमान्नुस्, प्रेम आलेको ज्यान खानदानी हो ।
घुस खाएर होइन, घिउ खाएर मोटाएको मान्छे हुन् । शारीरिक बनावटलाई लिएर किन कमेन्ट गर्नु ? किन मजाक उडाउनु ?
मोटो भएर के बिग्रियो, कुनै माइकलालको फलामको खाट भाँचिदिएका छैन क्यारे ! फलामको खाट त के प्लास्टिकको कुर्सी पनि भाँचिदिएका छैनन् ।
गाडीको टायरबाट हावा फुस्काइदिएको पनि छैन । कसैले आले दाइलाई काँधमा बोकेर बजार घुम्नु परेको पनि छैन ।
त्यसैले मजाक उडाउनेहरूलाई मेरो प्रश्न छ- प्रेम आले दाइ इज फ्याट, सो ह्वाट ?
चिन्ता किन गर्नु ? युवा थिए र बिहे गर्न बाँकी थियो भने पनि उनलाई हेर्ने युवतीहरूको कमी हुन्थेन । उनको पछाडि युवतीहरूको लाइन कति छ, कति ।
केही दिनअगाडि यूकेमा बस्ने एक दिदीले भन्दै थिइन्, 'मन्त्री पाएँ भने त म जस्तोसुकै भए पनि बिहे गर्छु । अझ प्रेम आले त मलाई कस्तो मन पर्छ । उनको स्माइल साह्रै राम्रो छ ।'
पूर्वका मुख्यमन्त्री शेरधन राईको श्रीमती जस्तै एकाएक चर्चित हुने उनको रहर रहेछ । (बालिका खड्का भनेको हैन है) ।
उनको रहर चितवन राष्ट्रिय निकुञ्जमा गएर गैँडासँग सेल्फी खिच्ने पनि रहेछ। यस्तो सपना वनमन्त्रीले मात्रै पूरा गराइदिने उनको बुझाइ मैले पाएँ ।
गैँडाको नाम लिँदा एउटा कुरा याद आयो।
आले दाइलाई गैँडा गन्नका लागि हात्तीमाथि चढ्नु थियो।
संसारको एकदम विश्वविख्यात खेलाडी पनि जिम्नास्टिक हानेर हात्तीमाथि चढेको कतै देखिएको छैन।
उनी आफ्ना केही साथीभाइको सहयोगमा हात्तीमाथि चढे । चढ्नलाई भर्याङ प्रयोग गरे । अनि सिट्ठी फुकेरै गैँडा गने ।
गैँडा पनि खुरुखुरु सिट्ठीको तालमा आए । यस्तो डरलाग्दो हिम्मत त राजेन्द्र खड्गीको पनि छैन।
प्रेम आले दाइ डोटीबाट निर्वाचित सांसद हुन्। फलानो नेताको प्रेमिकाजस्तो समानुपातिकमा झुण्डिएका हैनन्। उनको छुट्टै शानमान छ।
आफ्नै पार्टीका नेतालाई वाइडबडी खाएको भनेर प्रमाणसहित छाती पिटेर भन्नसक्ने हिमम्तवाला मान्छे हुन् उनी ।
सिलिन्डरमा फोटो टाँसिएको कुरा आफूलाई थाहा नभएको भनेर पनि उनले छातीमा हात राखेर भनिसकेका छन् ।
जब कोही मानिसले यसरी छातीमा हात राखेर भन्छ नि, त्यो कुरा विश्वास गर्नु हाम्रो दायित्व हो।
एकबारको जुनीमा उनले एकपटक चाहिँ गलत बोलेकै हुन्, रुखबाट कार्बनडाइअक्साइड पाउने र हामीले रुखलाई अक्सिजन दिने कुरा …।
दाउराको कमी हुन नदिने कुरा त उनले एकदम खतरा बोलेका हुन् । यसमा उनले किन माफी माग्नुपर्ने ?
फेरि अर्कोपटक यस्तो खतरनाक कुरा नबोलिदिए पुग्छ। भनिन्छ नि, कति कुरा नबोलेर नै मीठा हुन्छन्।
मगरहरू साह्रै इमान्दार हुन्छन् । जे मुखमा आयो त्यही फ्याट्ट भन्ने आदत हुन्छ । 'कड सी' जान्दैनन् । साहित्यिक कुरा गर्दैनन् ।
म तीन करोड नेपाली जनताको मनमा बस्न सफल प्रख्यात स्तम्भकार भएको पनि यस्तै बानीले गर्दा हो ।
जे आउँछ, मज्जाले पचाउँछ भनेजस्तै प्रेम आलोको भुँडी हेरेर तपाईंहरूले जे पायो त्यो नभन्नुहोस्। दिमाग लगाउने पेटले हैन टाउकोले हो।
उनको भुँडी हेर्दा अलिकति ठूलो हो, तर जे खान्छन्, मज्जाले पचाउँछन्।
आजको मितिसम्म उनलाई कब्जियत भएको छैन।
दौडिन नसक्ने मात्र हो, उनीसँग प्रतिस्पर्धा गर्न मृग पनि डराउँछ ।
महायज्ञमा १ लाख दान दिँदा पूरै परिवारलाई डोली चढाउन हुने, आले दाइले ३० लाख खर्च गरेर आफैं सिलिन्डर बाँड्दा फोटो टाँस्न किन नहुने ?
हेर्दै जानुहोला, अब प्रेम आलेले एकदिन भ्याक्सिन पनि मगाउनेछन् र आफ्नो मतदातालाई लगाइदिनेछन् । किनकी प्रेम आले धन नभए पनि मन भएको मान्छे हो। मगरको छोरो हो, आँट्यो भने ठोकेरै छाड्छ ।
प्रेम आले दाइले फोक्सोबाट श्वास पूरै फ्याँकेर सिट्ठी फुक्दा गैँडा आफैँ हाजिरी लगाउन आउँछन् । एक कल फोन गरेपछि हेलिकप्टर जता भन्यो उतै उड्न सक्छ । मन्दिरमा घण्टी चढाउँदा घण्टीमा नाम लेखिए जस्तै अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर कुनै पाप गरेका हैनन्, बरु धर्म कमाएका छन् ।
प्रेम आलेलाई आत्मप्रचारको कुनै भोक छैन, किनकी अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका, नाकाबन्दीको समयमा भारतीय नेताहरूसँग वार्ता गर्न गएका चर्चित पत्रकार ऋषि धमलालाई ठाउँको ठाउँ अन्तर्वार्ता दिन सक्ने हिम्मत भएका मान्छे हुन्, उनी।
नेपालमा आले मात्रै एक त्यस्ता व्यक्ति हुन्, जसले ऋषि धमलालाई उल्टै प्रश्न सोधेर र्याखर्याख्ती पार्छन् । यस्ता कडा हुन्छन्, मगरका छोरा ।
एक जनाले कतै लेखेको थियो, 'हात्तीमाथि प्रेम आले चढेको हो कि, हात्ती प्रेम आलेमाथि चढेको हो ।'
त्यसैगरी 'गैँडाले मान्छे गणना गरेको हो कि मान्छेले गैंडा गणना गरेको हो' भन्ने पनि कतै लेखेको थियो। यो त साहित्यको कुरा न भयो।
तर प्रेम आले कसैले यसरी खिस्सी गर्दैमा दुब्लाउने मनुष्य हैनन् । झनझन् खाइलाग्दो र हृष्ठपुष्ठ हुँदै जानेछन् । झनझन् ह्यान्डसम बन्दै जानेछन्। मगरको छोरा यस्तै ह्यान्डसम हुन्छन् ।
यो लेख पढेपछि पक्कै पनि अब यो सरकारको गियर सिधै ७ नम्बरमा जान्छ । सिधै ७ नम्बरमा गेर हालेपछि तपाईंहरू रोडमा नजानुहोला, सिधै समुद्रमा हाम्फाल्नुहोला ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...