आजको मौसमः देशका केही स्थानमा वर्षाको सम्भावना

हाल देशको मौसममा पश्चिमी, पूर्वीय  र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिनभर देशका केही  स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी स्थानमा हल्कादेखि सामान्य बदली हुनेछ ।

यस्तै राति  पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा वर्षाको सम्भावना पनि रहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्