×

NMB BANK
NIC ASIA

मेलम्ची बाढीले दिएको पीडा

मेलम्ची बाढी: २ महिनाअघि भित्रिएकी बुहारी भन्छिन्– 'आधा दिमाग खुस्किसक्यो, अब बौलाउन बाँकी छ'

असार ६, २०७८

NTC
फोनमा बुहारी सीता, बीचमा ससुरा भूमिनन्द
Premier Steels

२५ वर्षीया सीता दुलाल २ महिनाअघि मात्र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर- ११ स्थित मेलम्ची बजारको तीन तल्ले घरमा भित्रिएकी थिइन् ।

Muktinath Bank

वैशाख १६ गते २८ वर्षीय नविन दुलालसँग उनको बिहे भएको थियो। त्यसयता दैनिकी दैनिकी हाँसीखुसी नै बितिरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर गत मंगलवार साँझ आएको बाढीका कारण अहिले उनीसहित उनका घर परिवारका सबै सदस्यहरू सडकमा आउन बाध्य भएका छन्। करोडौं पर्ने घरजग्गा बाढीले पुरेपछि रातारात बेघर बनेर सुकुम्बासीको जीवन जिउन बाध्य भएका छन्।


Advertisment
Nabil box
Kumari

यो सपना हो कि विपना सोच्नै नसकेको सीता बताउँछिन् ।

Vianet communication

‘अब बौलाउन मात्र बाँकी छ । आधी दिमाग खुस्किएको जस्तो लागिरहेको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘मनभित्र आगोको गाँठो पारेर बस्न बाध्य छौं ।’

आफन्तको फोन आएर हालखबर सोधे रुन मन लाग्ने, कोही आएर के भयो भनेर सोधीखोजी गर्दा पनि रुन मन लाग्ने उनले बताइन् ।

उनी मात्र होइन उनको घर परिवारका सबै सदस्य अहिले त्यस्तै मनोविज्ञानका साथ बाँचिरहेका छन् ।  

सीताका ससुरा तथा घरका अभिभावक ४९ वर्षीय भूमिनन्द दुलालले जीवनभर कमाएको पैसा तथा गाउँको पैतृक सम्पत्ति बेचेर आएको पैसा लगानी गरेर ६ आना जग्गा किनेका थिए।

२ वर्षअघि उनले तीन तल्ले घर बनाए । अहिले उक्त जग्गाको ५० लाख रुपैयाँ प्रतिआना पर्ने उनको कथन छ। घर बनाउँदा १ करोड ५ लाख रुपैयाँ लागेको उनी बताउँछन्।

बाढीले उनको तीन तल्ले घरको दुई तल्ला पुरिएको छ। ‘हिजोसम्म करोडपति थियौं, तर अहिले रोडपति भएका छौं,’ दुलालले भने, ‘घरको कुनै पनि सामान निकाल्न सकिएन । नुनदेखि सुनसम्मको सबै सामान गयो।’

उनीहरू अहिले मेलम्ची बजारमाथि रहेको आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

घरको तल्लो सटरमा वर्कसपदेखि रेडियो/घडी पसल सञ्चालकलाई भाडामा दिएका थिए। दोस्रो तल्लामा भाडामा मानिस बस्ने गरेका थिए। उनीहरूले दिने गरेको भाडाबाट घर चलेको थियो। आगामी दिनमा कसरी घर चलाउने भन्ने चिन्ता समेत थपिएको छ ।

‘यो बाढीका कारण हामी पूर्णरूपमा विस्थापित भएका छौं, त्यहाँ पुरिएको घरमा फेरि पनि बस्ने भन्ने हिम्मत आएको छैन,’ उनले भने, ‘अहिले त वर्षा शुरू मात्र भएको छ । अब पछिपछि पनि बाढी आउने खतरा भएकाले त्यहाँ फेरि पनि बस्न सकिन्न।’

आफन्तको घरमा शरण लिएर बसेका उनी अब काठमाडौं गएर भाडाको कोठामा बस्ने सोचमा छन् । 'त्यहाँ कुनै काम खोजेर हुन्छ वा सानो व्यापार व्यवसाय गरेर बसे हुन्छ, कुनै न कुनै उपाय गरेर काठमाडौं बसाईं सर्ने हो,' उनले भने ।

उनले काठमाडौंमा कोठा खोज्न थालिसकेका छन् ।

‘आफन्त र चिनजानका मानिसलाई काठमाडौंमा कोठा खोज्न भनेका छौं । भेटिए तत्काल जाने हो,' उनले भने ।

अहिलेसम्म राहतको कुनै पनि सामान उनले पाएका छैनन् ।

'यहाँ राहत मागेर खानुभन्दा पनि आफन्तले नै खुवाएका छन्, तर जतिसक्दो छिटो काठमाडौंमा डेरा भेटिए जाने थियौं,' उनले भने ।

मेलम्चीमा आएको बाढीबाट धेरै मानिस सुकुम्बासी बन्न बाध्य भएका छन्।

भएको घरजग्गा समेत बाढीले पूरेपछि कतिपय मानिस अहिले आफ्नो गाउँ फर्किएका छन् भने कतिपय मानिस फर्किने तरखरमा छन्।

उनी मात्र होइन, भूमिनन्दका जम्मा सात दाजुभाइका सबै घर बाढीले पुरिएका छन् । ८४ वर्षीय दुमप्रसाद दुलाल र ८३ वर्षीया  टक्करकुमारी दुलालका सातजना छोराहरू छन् ।

रुद्रप्रसाद दुलाल, कृष्णप्रसाद दुलाल, मुक्तिनाथ दुलाल, भूमिनन्द दुलाल, बलराम दुलाल, तारानाथ दुलाल, जयराम दुलाल गरी सात दाजुभाइले त्यहाँ जग्गा किनेर घर बनाएर बसोबास गर्दै आएका थिए। सबै परिवारमा कुल ५५ जना सदस्य थिए।

बाढीका कारण ५५ सदस्यसहितको परिवार अचानक विस्थापित भएका छन्। रुद्रप्रसाद दुलालकी २८ वर्षीया बुहारी कविता दुलाल भने अब कहाँ जाने भन्ने चिन्तामा छिन्।

आफ्नै घर जग्गा हुँदा पनि सुकुम्बासी बस्ने कुरा सपनामा पनि नसोचेको उनले बताइन्।

‘सरकारले हामीलाई एउटा बस्ने ठाउँ व्यवस्था गरिदिनुपर्छ, अब हामीले गर्न सक्ने केही कुरा बाँकी रहेन,’ उनले भनिन्, ‘अहिले आएको बाढीले कोरोना पनि के हो, भूकम्प त केहो जस्तो लागेको छ, मन नै बौलाएको छ।’

भूकम्पले घर मात्र हल्लाए पनि अहिले बाढीले सडकमा ल्याएको उनको दु:खेसो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x