कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
असार ६, २०७८
कोरोना महामारीको दोस्रो लहर बढेसँगै जारी निषेधाज्ञा अवधिमा हामी महामारीमा सहयात्री पनि बन्यौं । राहतका केही कार्यक्रममा हामी सहभागी भयौं । कतिपय अस्पतालमा हामीले अक्सिजन कन्सन्ट्रेटर तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीहरू वितरण गर्ने काम गर्यौं ।
यसबाहेक अहिले म तथा मेरो परिवार रंगशाला निर्माणको काममा नै व्यस्त छौं । निषेधाज्ञाबीच पनि हामीले रंगशाला निर्माणका काम रोकेका छैनौं, यसमै व्यस्त छौं ।
बुवाआमा, भाइबहिनीहरू काठमाडौंमा हुनुहुन्छ भने परिवारका म, कुञ्जना र छोरीसहित मजदुरहरू गरी १०३ जना रंगशालामा नै बसेका छौं ।
कोरोना महामारीलाई मध्यनजर गर्दै अहिले हामीले बाहिरका मानिसलाई रंगशालामा प्रवेश निषेध गरेका छौं । हामी यहाँ भित्रका पनि सुरक्षाका उपायहरू अवलम्बन गरिरहेका छौं, सकेसम्म बाहिर निस्किएका छैनौं ।
रंगशाला निर्माणलाई अहिले त्यति स्पीडमा लैजान सकेका छैनौं । आर्थिक समस्या झेलिरहेका छौं । यद्यपि यसलाई कसरी हुन्छ, व्यवस्थापन गरेर अगाडि बढिरहेका छौं ।
निषेधाज्ञाको समयमा सबैलाई फुर्सद मिल्छ तर म भने रंगशालाको कामले बिहानदेखि साँझसम्म व्यस्त नै हुन्छु ।
अहिले अन्तर्राष्ट्रिय खेल मैदानमा काम गरिरहेका छौं । जसमध्ये ६० प्रतिशत काम सकिएको छ भने ४० प्रतिशत बाँकी छ । अहिले टावर वानमा ढलानको काम भइरहेको छ, त्यसकारण फुर्सद भन्ने नै महसूस भएको छैन ।
गत वर्ष छोरी छाडेर हामी निषेधाज्ञामा पनि रंगशालामा नै बस्यौं । यस पटक भने हामीसँगै जाऔं भनेर नै छोरीलाई यतै (चितवन) ल्याएका थियौं । त्यसको केही दिनमै निषेधाज्ञा घोषणा भयो । हामी परिवार एकै ठाउँमा भए पनि म अधिकांश समय फिल्डमै हुन्छु । साँझ–बिहानको थोरै समय भने परिवारसँग हुन्छु ।
बिहान हामीले नियमित शारिरिक अभ्यास गर्छौं । अरू स्टाफहरूको साथमा दौडिने, योगाभ्यास गर्ने जस्ता काम गर्छाैं । यहाँ नियमित परेड गरिन्छ र साथमा बिहान ६ बजे राष्ट्रिय गान गाएर मात्रै काम शुरू गरिन्छ । हामी साँझ करीब ९ बजेसम्म फिल्डमै हुन्छौं ।
पहिला–पहिला म समय निकालेर खानाका परिकारहरू बनाउँथें । विशेषगरी मासु म मिठो पकाउँछु तर अहिले रंगशालाको कामले नै पछिल्लो समय त्यो अवसर जुरेको छैन ।
मेरो स्वभाव जे काममा हात हाल्यो, त्यसलाई पूरा गरेरै छाड्ने भन्ने छ । त्यसकारण मैले अहिलेको अवस्थामा परिवारतिर वा रमाइलोतिर ध्यान दिनै सकेको छैन । अहिले छोरी पनि साथमा भएपछि कुञ्जनाले नै पकाउँछिन् । उनले पकाएको चाहिँ मैले खान्छु ।
हामीले साँझ एक समय सबै साथीहरूले नमूना क्रिकेट खेल मैदानमा पनि क्रिकेट खेल्यौं । साँझ सुत्नुभन्दा अगाडि एकछिन सामाजिक सञ्जाल सरर हेर्ने गरेको छु । म आवश्यकता अनुसारको मात्रै स्टाटसहरू सामाजिक सञ्जालमा राख्छु । यो धेरै चलाए ध्यानभंग हुनसक्छ भने अन्य कुराहरूमा चिन्ता बढ्न थाल्छ । त्यसैले म यसलाई धेरै समय प्रयोग गर्दिनँ ।
अहिलेको कोरोना महामारीको समयमा म घर परिवारबाट अलग नै छु । पारिवारिक रूपमा एकैठाउँमा भएको भए कस्तो रमाइलो हुन्थ्यो । घरमा बुवाआमा, हजुरआमा हुनुहुन्छ । अहिले हजुरआमा बिरामी हुनुहुन्छ । यस्तो अवस्थामा म उहाँसँग रहन पाएको भए उहाँ कति खुशी हुनुहुन्थ्यो । म घरको जेठो छोरा भएकाले पनि हजुरआमाले आफ्नो छोरालाई भन्दा म नातिलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ बिरामी हुँदा पनि हामी साथमा छैनौं । परियोजना बनोस् भनेर हामी उहाँहरूबाट टाढा छौं अनि मन अलि पिरोलिन्छ । कतिपय अवस्थामा ‘फील’ हुन्छ । भगवान्सँग कामना गर्दै, कसैलाई केही नहोस् भन्ने कामना गर्दै काम गरिरहेका छौं ।
अन्त्यमा, मानिसको जिन्दगी केही पनि रहेनछ । अहिले राष्ट्रिय एकता मुख्य खाँचो हो । समाज–समाजमा हाम्रो मेलमिलाप थिएन, मानवता पनि हराउँदै गएको हो कि जस्तो लाग्ने अवस्था थियो । परिवारमा मेलमिलाप थिएन । त्यसकारण कोरोना महामारीले प्रकृतिको दोहन गर्न नहुने रहेछ भन्ने सिकाएको छ ।
जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले सबै जना मिलौं, सद्भाव, सहयोग र प्रेम बाँडौं भन्ने नै महामारीले सिकाएको छ ।
(चर्चित हास्य कलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’सँग लकडाउन डायरीका लागि लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीमा आधारित)
पढ्नुहोस्, यसअघिका भागहरू :
राष्ट्रिय वाणिज्य बैंकका सीईओको लकडाउन डायरी: जब एकपछि अर्को गरी परिवारका सबैलाई संक्रमण भयो...
रुपेश पाण्डेयको ‘लकडाउन डायरी’ : गणेश पूजा नगरी पानी समेत खान्नन्, फुर्सद हुँदा किचनमा सहयोग |
पवन गोल्यानको लकडाउन डायरी– 'अघिल्लोपटक त खुबै खाना बनाएँ, यसपालि अलि भ्याएको छैन' |
बैंकर्स एसोसिएसनका अध्यक्षको लकडाउन डायरी– ‘घरभित्रै पनि इन्टरनेटको सहायतामा कुरा गर्नुपर्यो’ |
विमल केडियाको लकडाउन डायरी: घरमा बस्दा फुर्सद हुन्छ भन्छन्, तर मैले त समय नै पाएको छैन ! |
दीपक मलहोत्राको लकडाउन डायरी : बिहान-बेलुका २ घन्टा एक्सरसाइज, नातिनातिनीसँग हाँसखेल ! |
चन्द्र ढकालको लकडाउन डायरी– परिवारसँग हाँसखेल, अनलाइन मीटिङ र व्यावसायिक पुस्तकमा बित्छ दिन |
सतिशकुमार मोरको लकडाउन डायरी– घरमै बसे पनि व्यस्तता उस्तै, फुर्सद मिल्दा नातिसँग भुल्छन् |
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...