डिभोर्सपछि मज्जाले नाचे आमिर खान र किरण राव (भिडियो)

बलिउड अभिनेता आमिर खानले किरण रावसँगको १५ वर्षको विवाह जुलाई ३ मा अन्त्य गरेपछि उनीहरू दुईजना नाचेका छन् । 

फिल्म लाल सिंह चड्ढाको शूटिङका लागि आमिर लद्दाख पुगेका छन् र किरण पनि उनीसँगै छिन् । त्यहाँ उनीहरूले रमाइलो गरेका हुन् । 


Advertisement

केही दिनअघि आमिरले लद्दाखको परम्परागत वस्त्र कोस र सुल्मा लगाएर नाचेको भिडियो सार्वजनिक भएको छ । किरण पनि सँगै नाचेकी छन् । लद्दाख निवासीहरूले आमिरलाई लद्दाखी नृत्यको स्टेप सिकाइरहेको देखिन्छ । 

लाल सिंह चड्ढामा आमिर खानसँग नागा चैतन्य र करीना कपूर पनि देखिनेछन् । फिल्मको कथा हलिउड सुपरहिट फिल्म फरेस्ट गम्पमा आधारित छ । त्यसमा टम ह्यांक्स प्रमुख भूमिका थिए । 

अद्वैत चन्दनले लाल सिंह चड्ढा फिल्मको निर्देशन गरेका हुन् । यसै वर्षको क्रिसमसमा फिल्म रिलीज हुने अपेक्षा छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्