जहिले सहज हुन्छ - आउँदा हुन्छ, सधैँ स्वागत छ : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई गतिहीन बनाइरहने प्रयत्नलाई स्वीकार्न नसकिने बताएका छन् । 


Advertisement

मंगलवार राति पोखरेलले एक ट्वीट गर्दै पार्टी आफ्नै गतिका साथ अगाडि बढ्ने भन्दै यसमा सामेल भएर योगदान गर्न आउनेलाई स्वागत रहेको समेत बताएका छन् । 


Advertisement

उनले भनेका छन्,'पार्टी गतिहीन भएर रहन सक्तैन । आफ्नै गतिका साथ  अगाडि बढ्छ, बढिरहन्छ ! यसको गतिमा सामेल भएर योगदान गर्न आउनुहुने  सबै साथीहरूलाई स्वागत छ ! जहिले सहज हुन्छ - आउँदा हुन्छ , सँधै स्वागत छ ! तर जुनसुकै कारणले पार्टीलाई गतिहीन बनाइरहने प्रयत्नलाई स्वीकार्न सकिन्न !'
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्