×

NMB BANK
NIC ASIA

स्पेनिस ला लिगा : रियल बेटिस र इल्चे विजयी

भदौ २९, २०७८

NTC
Premier Steels

स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिस र इल्चे विजयी भएका छन् । रियल बेटिसले ग्रानाडालाई उसैको मैदानमा २–१ गोलले हरायो । अर्को प्रतिस्पर्धात्मक खेलमा इल्चेले गेटाफेमाथि १–० गोलको कठिन जित निकाल्यो ।

Muktinath Bank

रियल बेटिसको जितमा रोड्री र सर्जियो कानालेसले गोल गरे । ग्रानाडाका लुइस सुवारेजले सान्त्वना गोल गरेका थिए । रोड्रीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पाहुना टोलीको उत्साह बढाए । उनले गुईडो रोड्रीग्वेजको पासमा गोल गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि ६६औं मिनेटमा ग्रानाडाका लुइसले गोलगर्दै खेललाई १–१ को बराबरीमा ल्याए । लुइसले रुवेन रोचिनाको पासमा गोल गरेका थिए । रोमाञ्चक खेलको ८९औं मिनेटमा सर्जियोले गोलगर्दै रियल बेटिसलाई जिताए । उनले पनि गुईडो रोड्रीग्वेजको पासमा गोल गरेका थिए ।


Advertisment
Nabil box
Kumari

खेलमा बेटिसले ५७ र ग्रानाडाले ४३ प्रतिशत बल पोसेसन राखेको थियो । बेटिसका सर्जियो कानालेस ‘म्यान अफ दी म्याच’ भए । जितसँगै बेटिस नवौं स्थानमा उक्लिएको छ । बेटिसले चार खेलबाट पाँच अंक बनाएको छ । पराजित ग्रानाडा दुई अंक सहित १७औं स्थानमा छ ।

Vianet communication

यसैगरी अर्को खेलमा इल्चेलाई जिताउन लुकास पेरेज नायक बने । लुकासले ६९औं मिनेटमा जोहन मोजिकाको पासमा गोल गरेका थिए । खेलमा गेटाफेले ५६ प्रतिशत बल पोसेसन राखेको गेटाफेले गोल फर्काउन सकेन । इल्चेका जोहन मोजिका ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै चार खेलबाट पाँच अंक बनाएको इल्चे १०औं स्थानमा छ । पराजित गेटाफे अंकबिहिन बन्दै १९औं स्थानमा छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १० अंक छ । रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोलअन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नु पर्ने हुन्छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि ग्राहकले ला लिगा सिजनका लागि थप २ हजार रुपैयाँ तिर्नु पर्ने छ ।  हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x