फरार अभियुक्त १५ वर्षपछि पक्राउ

फरार अभियुक्त १५ वर्षपछि पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरीले ठगी मुद्दामा फरार रहेका १ जनालाई १५ वर्षपछि पक्राउ गरेको छ ।


Advertisement

काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ भदौ २५ गते ठगी मुद्दामा ३ वर्ष ४ महिना १२ दिन कैदसहित ८ लाख ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएपछि  विदुरराज गिरी फरार भएका थिए ।


Advertisement

फैसला कार्यान्वयनको शिलशिलामा शुक्रवार उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार चौरीदेउराली गाउँपालिका–६ स्थायी घर भएका ६८ वर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौं जिल्लाको बालाजुमा फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो ।


Advertisement

कमेन्ट गर्नुहोस्