दुवै बारले अध्यक्षकै नेतृत्वमा छाने ४ एमिकस क्युरी

सर्वोच्च बारले सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकस क्युरीको रुपमा पठाउने निर्णय गरेको छ ।


Advertisement

सर्वोच्च बारको सोमवार (आज) बसेको बैठकबाट उक्त निर्णय गरिएको हो । 


Advertisement

त्यसैगरी नेपाल बार एशोसिएशनको तर्फबाट बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र बारका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेर बहादुर केसीलाई पठाउने निर्णय गरेको हो । 

सर्वोच्च अदालतको न्यायाधीश हरी प्रसाद फुँयालको एकल इजलासले संवैधानिक निकायको नियुक्ती सम्बन्धी मुद्दालाई प्रधानन्यायाधीश सहितको वा रहितको संवैधानिक इजलास गठन गर्न हुने वा नहुने भन्ने मुद्धामा नेपाल बार र सर्वोच्च बारबाट २/२ जना वरिष्ठ अधिवक्तासहित अदालतको सहयोगी एमिकस क्युरीका रुपमा पठाउन आदेश गरेको थियो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्