जेठ १०, २०७९
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
दशैँलाई आफूभन्दा ठूला र मान्यजनबाट आशीर्वाद लिने तथा अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ ।
चाडपर्वमा हामी मनलाग्दो खान्छौँ । त्यसमाथि दशैँजस्तो पर्व । अर्थात् मासु खाने पर्व । थरीथरीका मासु खाइन्छ नै । आफन्त, इष्टमित्रकहाँ आयोजना गरिने जमघट र भोजभतेरले पनि हाम्रो पेट खाली राख्न दिँदैन । बरु आवश्यकताभन्दा बढी खाइदिन्छौँ ।
चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा सद्दे मानिस पनि अस्पताल पुग्नु परेका घटना धेरै छन् । चिकित्सकले दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकाहरूको अवस्था थप जटिल हुने भएकाले हरेक व्यक्तिलाई यस विषयमा सचेत रहन आग्रह गरेका छन् ।
अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्छन् ।
पेटरोग विशेषज्ञ डा. सञ्जय पौडेलले चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको सिकार हुनुपर्ने बताए । उनले दशैँमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, जलवियोजन (डिहाड्रियसन) हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्नेलगायतका समस्या देखापर्न सक्ने जानकारी पनि दिए ।
अत्यधिक मदिरा सेवनका कारण मानिसको मृत्यु भएका धेरै घटना छन् भन्दै उनले शरीरको हेरचाहमा व्यक्ति आफैँ सचेत हुनुपर्ने सुझाव दिए । डा. पौडेलले ग्यास्ट्रिक, अल्सर भएका व्यक्तिले मदिरा, मासु खानुभन्दा अगाडि विचार पु¥याउनुपर्ने भन्दै असन्तुलित खानाले शरीरलाई फाइदा नगर्ने बताए ।
दशैँमा मदिरा सेवनसँगै जुवातास खेलिन्छ । खेल्दा आर्थिक क्षति पनि हुनसक्छ । आर्थिक क्षति हुँदा मानसिक तनाव बढ्छ । त्यसैले यी विषयमा ध्यान दिँदै सन्तुलित आहार गर्नुपर्छ । उनले मदिरा सेवन गरिहाले पनि ९० मिलिलिटरभन्दा बढी नगर्न आग्रह गरे ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोगीले समेत बल्लबल्ल आउने दशैँ भनेर मदिरा सेवन गर्ने गरेको जानकारी दिए । उनले दशैँमा आवश्यकभन्दा बढी मासु खाँदा जटिल किसिमका रोग लाग्ने बताए ।
खसी, बोका, राँगा र बङ्गुरको मासु रातो हुनाले मानिसलाई त्यत्तिकै असर गर्ने भन्दै उनले सकभर मासुमा बजारमा पाइने मसला हालेर नखान आग्रह गरे । “दशैँमा एक दिन खसी काटेर १० दिनसम्म खाने चलन छ,” डा. रेग्मीले भने, “स्टोर नगरेको कैयौँ दिनको मासु खाँदा विभिन्न प्रकारका रोग निम्तिने खतरा रहन्छ ।” मदिरा सेवनका कारण पित्तथैलीमा असर पर्ने, पित्तथैलीमा पत्थरी छ भने असह्य पेट दुख्ने भएकाले उनले पनि चाडबाडमा आफ्नो शरीरको सुरक्षा आफैँ गर्न आग्रह गरे ।
अघिपछि खानेभन्दा चाडबाडमा अत्यधिक मासु र रक्सी खाने गरिएको बताउँदै डा. रेग्मीले खानाकै कारण पाचनग्रन्थीको नली बन्द भएर आकस्मिक अवस्था आउनसक्नेतर्फ पनि सचेत गराउनुभयो । गाउँघरतिर मासु तथा रक्सी नपचेर झाडापखाला हुने, फुड पोइजन हुने, चाडपर्वमा शारीरिक व्यायाम नगर्नाले कोलस्ट्रोल बढ्ने र मुटुमा असर पुग्ने डा. रेग्मीको भनाइ छ ।
रगतमा मदिराको मात्रा जति बढ्दै जान्छ, त्यति यसले दिमाग र स्नायु प्रणालीलाई पनि नकारात्मक प्रभाव पार्दै जान्छ । उनले थपे, “रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्छ ।”
डा. रेग्मीका अनुसार रक्सीलाई पचाउने काम कलेजोको हो । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकाले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट पार्दै जान्छ अनि ‘लिभर सिरोसिस’जस्ता समस्या देखा पर्छ ।
यस्तै मदिराजन्य पदार्थ बढी सेवन गर्दा मुटुको धड्कनमा पनि गडबडी उत्पन्न भई मुटुले काम नै नगर्न सक्छ । डा. रेग्मीले गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मनसक्नेतर्फ पनि सचेत गराउनुभयो ।
मासु खाँदा के खाने ?
स्वास्थ्यका हिसाबले मासु नखाँदा धेरै राम्रो तर खानै परे हरियो सागसब्जी, गाजर, फलफूल प्रशस्त खाएर खाँदा जति हानि गर्ने हो, त्यसबाट भने बच्न सकिन्छ । मासु खाँदा सागसब्जी, गाजर, फलफूल पनि त्यत्तिकै मात्रामा चाहिन्छ तर हाम्रो समाजमा भान्छामा मासु पाकेका बेला सागसब्जी र सलादको प्रयोग कम गरिएको पाइन्छ अथवा प्रयोग नै गरिँदैन । यसले धेरै स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले मासु किन्ने बेला सँगै ताजा तरकारी र फलफूल पनि प्रशस्त किन्ने बानी बसाल्नुपर्छ ।
मासु खान मिल्छ भनेर सधैँ मासुको प्रयोग गर्नु हुँदैन । पूर्ण स्वस्थ मानिसले मासु खान मिल्छ तर दैनिक मासुको प्रयोग गरेमा स्वस्थ मानिस पनि बिरामी हुन्छ । रोग लागेकाले त खानु नै भएन । मासुले कब्जियत, मोटोपन, उच्च रक्तचाप, मधुमेह, कोलस्टोरल, टाउको दुख्नेजस्ता समस्या निम्त्याउँछ । तसर्थ मासु नखानु नै लाभदायक हुन्छ । प्रोटिनको स्रोत मासु मात्रै छैन, दाल र गेडागुडी (भटमास, मास, चना, रहर आदि)मा पनि पाइन्छ । अझ मासुमा भन्दा बढी प्रोटिन भटमासमा पाइन्छ ।
मासुभन्दा दाल, गेडागुडीमा पाचन प्रक्रियालाई सजिलो बनाउने छोक्रा र बोक्रा हुने हुँदा मासुभन्दा छिटो पच्छ । त्यसैले मासुको सट्टामा दाल, गेडागुडी, भटमास, चना आदि प्रयोग गर्न सकिन्छ तर ख्याल गर्नुपर्ने कुरा युरिक एसिड, जोर्नी दुख्ने, सुन्निने समस्या भएकाले गेडागुडी खान मिल्दैन ।
स्वस्थ रहन तीन बराबर आहार
तीन बराबर आहार भन्नाले एक भाग अन्न, (अप्रशोधित र सम्भव भएसम्म कम प्रशोधित खाद्य पदार्थहरू जस्तै– नफलेको चामल, चोकरसहितको पिठोबाट बनेका रोटी, ढिँडो, च्याँख्ला आदि परिकार), एक भाग पकाइएको हरियो तरकारी र एक भाग काँचो सलाद तथा फलफूल हो ।
मासु खाँदा यही तीन बराबर आहारभित्र पारेर खानुपर्छ । मासु खाँदा अन्नको भाग थोरै घटाउने र हरियो सागसब्जी, गाजर, मेवाजस्ता फलफूल प्रशस्त खाने गर्नुपर्छ । यसरी खाँदा मासुबाट हुने हानिबाट बच्न सकिन्छ ।
तीन बराबर आहार लिँदा शरीरलाई चाहिने ठोस आहार पनि उपयुक्त मात्रामा पूर्ति हुन्छ, पाचनलाई ठीक ढङ्गले अघि बढाउन आवश्यक छोक्राबोक्रा रेशा पनि प्राप्त हुन्छ र शरीरलाई चाहिने प्राकृतिक रस पनि प्राप्त हुन्छ । तीन बराबर आहार खाँदा सधैँ पाचन प्रक्रिया राम्रो हुने हुनाले शरीरमा फोहोर जम्मा हुने सम्भावना हुँदैन । फोहोर जम्मा नभएपछि मानिस मोटाउने र विभिन्न रोग लाग्ने सम्भावना हुँदैन ।
यस्तो आहारमा हाम्रो शरीरलार्ई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन्स, मिनरल्स र रेशा प्रशस्त मात्रामा हुन्छ । हरियो सागसब्जी, नफलेको चामल, आँटा र काँचो सलादमा शरीरलाई चाहिने रेशा र फाइबर धेरै हुने हुँदा पेट सफा हुन्छ र कब्जियत हुँदैन । फलस्वरूप दीर्घ रोग लाग्दैन ।
तीन बराबर आहारले शरीरमा भारीपन आउँदैन र शरीर फुर्तिलो हुन्छ । एसिडिटी हुन दिँदैन, कब्जियत हुँदैन, फलस्वरूप मोटो हुनबाट जोगाउँछ । मोटो नभएपछि अरू समस्या आउँदैन । निरोगी भइन्छ ।
खाना खाँदा सलाद भने खाना खानुअघि होइन, खानापछि खानुपर्छ । खाना खाएपछि सलाद खाएमा खानाबाट उत्पन्न हुने एसिडिटीलाई कम गर्छ । अर्को ध्यान दिनुपर्ने कुरा सलाद चपाई चपाई खानुपर्छ । सलाद राम्रोसँग चपाई चपाई नखाएमा चिसो र तातोको संयोजन नमिलेर पेट फुल्ने, डुम्म हुने र पेट भारी हुने समस्या हुन सक्छ ।
पानीको उचित प्रयोग
हामीले खानासँगै कहिल्यै पनि पानी पिउनु हुँदैन । खानासँगै पानी पिएमा पाचन प्रक्रिया गडबडी भएर समस्या हुन्छ । त्यसैले खाना खानुभन्दा कम्तीमा एक घण्टाअघि र खाना खाएको एक घण्टापछि मात्र पानी पिउनु पर्छ ।
हामीले बिहान उठ्नासाथ सामान्यतः तीनदेखि चार गिलास मनतातो पानी पिउनुपर्छ । दिउँसो हरेक घण्टाको फरकमा एक गिलास पानी पिउनुपर्छ । दिन लामो वा छोटोअनुसार साँझ ५ देखि ६ बजेसम्म पानी पिउने र राति सुत्नुअघि एक गिलास पानी पिउने गर्नुपर्छ । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेका छन् ।
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...