कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
असोज २६, २०७८
सोमवार मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंक लुटपाट घटनामा भारतीय कुख्यात डाँकु समूहको संलग्नता रहेको खुलेको छ ।
भारतीय प्रहरीको ‘वान्टेड’ सूचीमा रहेकाहरूबाट बैंक लुटपाटको घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले बताए । ८ जनाको समूहमा आएका लुटेराले बैक लुटपाट गरेको प्रहरीले जनाएको छ ।
शुरूमा ५ जना मात्रै भए पनि जम्मा ८ जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । जिसीका अनुसार मुख्य योजनाकार विराटनगरका मुनाल पथका एक पुरुष रहेको खुलेको छ ।
लुटपाटमा संलग्न अन्य सबै भारतीय नागरिक हुन् । बयानमा डाँकुहरूले एकअर्कालाई नचिनेको जनाएका छन् । एकअर्कालाई नचिने पनि मुख्य योजनाकार श्याम मुखियालाई चिनेको बताएको जिसीले जानकारी दिए ।
मुखियाले ऋण तिर्न भारतबाट डाँकुहरूलाई बोलाएको जनाइएको छ । ‘ऋण छ, बैंक लुटपाट गरेर बाँडेर खाउँला भनेर बोलाएको खुलेको छ,’ एसपी जिसीले भने ।
बैंक लुटपाटमा ३ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार श्याम मुखिया, विजय सहनी र मुनाल यादव रहेका छन् । मुख्य योजनाकार मुखियाले ठेगाना समेत भारत भनेर ढाँटेको र पछि अनुसन्धानका क्रममा उनी विराटनगर निवासी रहेको खुलेको एसपी जिसीले बताए ।
बैंकका कर्मचारीले राति १० बजेसम्म हिसाब गरेर २१ लाख ७० हजार ५६३ रुपैयाँ नभएको जनाएका छन् । बैकबाट पैसा लुटिए पनि कति लुटिएको भन्ने अझै यकिन भई नसकेको प्रहरीले जनाएको छ ।
बैंकभित्र प्रवेश गर्दा सुरक्षा गार्ड शितल कुँवरले डाँकुहरूलाई रोक्ने प्रयास गरेका थिए । कुँवरले रोक्न खोज्दा लुटेरा समूहले पेस्तोल देखाएको थियो । कुँवर पेस्तोल खोस्ने प्रयासमा लागेपछि बैंकमा २ राउन्ड गोली फायर गरिएको थियो । १ राउन्ड गोली सुरक्षा गार्डको घाँटी पछाडि लागेको थियो भने अर्काे गोली आफ्नै साथीलाई लागेको थियो । लुटेरा समूहभित्रै आफ्नै साथीलाई गोली लागेपछि प्रहरीलाई पक्राउ गर्न सहज भएको थियो । गोलीबाट विजय सहनी घाइते भएका थिए ।
घाइतेको सहनीको तिघ्रामा गोली लागेको छ । घाइतेलाई लिएर भारततर्फ जाँदै गर्दा सीमावर्ती क्षेत्रबाट ३ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सहयोगमा अन्यको खोज कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ । घाइते गार्ड र लुटेरा समूहका सदस्यको विराटनगर र रंगेलीमा उपचार भइरहेको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...