×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

उपत्यकाको ट्राफिक व्यवस्थापन

उपत्यकामा विस्तार हुँदै ट्राफिक लाइटको सञ्जाल, दशैंपछि थप १८ ठाउँमा लाइट जोडिने

काठमाडाैं | असोज ३०, २०७८

NTC
TVS INSIDE

काठमाडौं महानगरपालिका– १६ बालाजुका ३६ वर्षीय राम थापा १ वर्षअगाडि लकडाउन खुलेको समयमा सिंहदरबारको पश्चिम गेटअगाडि ट्राफिक लाइट उल्लङ्घन गर्दा कारवाहीमा परे । 

Sanima Bank
morang Auto yamaha

भर्खर सामान्य लकडाउन खुलेको समयमा त्यहाँ ट्राफिक लाइट छ भन्ने भेउ (पत्तो)सम्म पाएनन् ।  पाऊन् पनि कसरी त्यसभन्दा अगाडि त्यहाँ भएका ट्राफिक लाइटहरू बल्दैनथे ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

दैनिक बानेश्वर कार्यालय आउने उनी करीब ८ वर्षपछि लाइट सञ्चालनमा आएकोमा खुशी थिए, कारवाही परेको भन्दा पनि ।

उनले लकडाउनकै समयमा अनलाइनमार्फत ट्राफिकको कक्षा लिए । १ हजार जरिवाना समेत तिरे ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अहिले भने त्यहाँ ट्राफिक लाइट छ भन्ने उनको मानसपटलमा आइरहन्छ । त्यति मात्र होइन, उपत्यकाका अन्य ठाउँमा ट्राफिक लाइट छ कि भनेर चनाखो भएर हिँड्छन् ।

भक्तपुरका हरिबहादुर कार्कीको लोकन्थली, कोटेश्वर, बानेश्वर हुँदै बागबजार आउनु दैनिकी हो । बागबजारमा कपडा पसल सञ्चालन गर्दै आएका उनी ४ महिनाअगाडि खालि सडक देखेर बानेश्वरबाट हुइँकिए । पसल खोले ।

पछि उनलाई फोन आयो, ‘म महानगरीय ट्राफिक प्रहरीबाट तपाईंले ट्राफिक लाइटको उल्लंघन गर्नुभएको छ । कारवाहीमा पर्नुभयो महाशाखामा आएर जरिवाना तिर्नु होला । १ घण्टाको कक्षा पनि लिनुपर्छ ।’

उनी अचम्ममा परे कसरी कारवाहीमा परेँ त ? उनले ट्राफिक प्रहरीसँग आफूले ट्राफिक नियम उल्लंघन नगरेको भन्दै प्रतिवाद पनि गरे । तर ट्राफिक प्रहरीले महाशाखामा आएर सीसीटीभी हेर्न आग्रह गरे ।

त्यही दिन आएर उनले बानेश्वरको सीसीटीभी हेरे । 

उनी रातो लाइट बलेको समयमा गाडी नरोकी हिँडेका रहेछन् । त्यसपछि उनी स्वीकार्न बाध्य भए । बिहान पसल खोल्न हतार भएर ८ बजेको समयमा गाडी कुदाएका रहेछन् । उनले अर्को दिन अनलाइन कक्षा लिए । लागेको जरिवाना समेत तिरे । त्यसयता अहिलेसम्म उनले ट्राफिक लाइट उल्लङ्घन गरेका छैनन् । 

पछिल्लो समयमा महानगरीय ट्राफिक प्रहरीले ट्राफिक लाइट उल्लंघन गर्नेको संख्यामा कमी आएको बताएको छ । 

‘मानिसहरू ट्राफिक लाइटमा अभ्यस्त हुँदै हुनुहुन्छ । पहिला ट्राफिक लाइट थिएन, अहिले विस्तारै जोडिँदैछन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले लोकान्तरसँग भने, ‘बानी नपरेको हामीलाई यसमा अभ्यस्त हुन कम्तीमा पनि दुई वर्ष लाग्छ ।’

एसएसपी भट्टराईका अनुसार ट्राफिक लाइटमा अभ्यस्त भइसकेपछि चोकचोकमा धेरै जनशक्ति बस्न पर्ने बाध्यता हट्ने दाबी छ । महाशाखाले उपत्यकामा प्रविधिमैत्री बनाउँदै लैजाने योजना अन्तर्गत विभिन्न एप्सहरू पनि ल्याएको छ भने ट्राफिक लाइटलाई प्राथामिकता दिएको छ । 

‘हामीले सडक विभागलगायत स्थानीय समाजसेवीहरूसँग र महानरपालिकासँग समन्वय गरेर उपत्यका भरी ट्राफिक लाइट राखिरहेका छौं,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने, ‘जसले गर्दा सवारी व्यवस्थापनमा केही सहजता आउँछ र आममानिसहरू यसमा अभ्यस्त हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

ट्राफिक लाइट जडान गर्दा मात्रै उपत्यकाको सवारी जाम कम नहुने र त्यसका लागि सरकारले सडक योजना बनाएर त्यसको विकल्प छिट्टै खोज्नुपर्ने प्रमुख भट्टराईले बताए ।

उपत्यकामा अहिले ३६ ठाउँमा ट्राफिक लाइट सञ्चालनमा छन् भने १८ ठाउँमा जोड्ने क्रममा रहेको महाशाखाले जनाएको छ । 

महाशाखाको तथ्याङ्क अनुसार उपत्यकाका पुतली सडक, तीनकुने एयरपोर्ट तर्फ, ठिमी चोक, पद्मोदयमोडमा २ वटा, गौशाला, सूर्यविनायक, कौशलटार, गठ्ठाघर, सल्लाघारी, मित्रपार्क, पुरानो बानेश्वर, नारायण गोपाल चोक, कालीमाटी कालीमाटी चित्तधर सालिक, सिंहदरबार, नयाँ बानेश्वर, मुक्ति भैरव, तीनकुने बानेश्वरतर्फ महानगरपालिकाको सहयोगमा ट्राफिक लाइट सञ्चालनमा आएका छन्। 

त्रिपुरेश्वर, कुष्णपाउरोटी चोक, गैह्रीधारा, लैनचौर, अल्का अस्पताल, नागस्थान, गोल्डेन गेट एयरपोर्ट, महापाल चोक, महेन्द्र शालिक, भाटभाटेनी, नक्साल भगवती, हरिहर भवन लगायत १६ ठाउँमा राष्ट्रिय वाणिज्य बैंक, ललितपुर महानरपालिका, यति एयरलाइन्स र विभिन्न बैंकको सहयोगमा ट्राफिक लाइट जडान भएको महाशाखाले जनाएको छ ।

दशैंलगत्तै खानी विभाग, कमलादी, चाबहिल, चारढुङ्गे चोक, टुकुचा, इटालीयन मोड बालुवाटरमा एकै साथ सञ्चालनमा आउन लागेको छ । 

बबरमल, मीनभवन वृत्त बानेश्वर अगाडि, दमकलचोक ललितपुर, चुच्चेपाटी चाबहिल, रातोपुल, कालोपुल, सानो गौचरण, त्रिचन्द्र कलेज, भोटेबहाल, खिचापोखरी लगायत १८ ठाउँमा पेडेस्ट्रन कन्ट्रोल लाइटहरू सञ्चालनमा आउन लागेको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए ।

यसका साथै उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि रातिमा नाइट भिजन लेजर स्पीड गन, दिउँसोमा स्पीड गनहरूको प्रयोग भइरहेको महाशाखाले जनाएको छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

काँग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले संविधानअनुसार चुनाव हुने बताएका छन् । उनले संविधानअनुसार चुनाव हुन्छ भन्दा एमालेमा रूवाबासी सुरु भएको समेत टिप्पणी गरेका छन् । ‘निर्वाचित निकाय देख्न  नसक्न...

माघ ९, २०७८

जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका–७ निवासी १८ वर्षीय सविता रावतको मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार कि...

माघ ९, २०७८

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको  संयोजकत्वमा आज बसेको जिल्ला कोभिड...

माघ ९, २०७८

नोबेल शिक्षण कलेज विराटनगरले अतिरिक्त शुल्क मागेको भन्दै आन्दोलनरत विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतवार ए...

माघ ९, २०७८

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज साँझ लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बला...

माघ ९, २०७८

पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन बनेका छन् । पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाट सम्पर्कविहीन बनेको उनकी श्रीमति टे...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...