×

NMB BANK
NIC ASIA

दशैंमा ४ करोड ३९ लाखको खसीबोका बिक्री

असोज ३१, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

हिन्दूहरूको महान् पर्व दशैंका अवसरमा तनहुँका सहकारीमार्फत करीब साढे ४ करोड बराबरका खसीबोका बिक्री भएका छन् ।

Muktinath Bank

महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दशैंमा मात्रै ४ करोड ३९ लाख ३४ हजार १३ रुपैयाँको खसीबोका बिक्री गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए । 


Advertisment
Nabil box
Kumari

घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले ४६ लाख ५९ हजार १३९ रुपैयाँ, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत ८४ लाख ३२ हजार ८४० रुपैयाँ, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् ८८ लाख ३८ हजार ७१५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत् २३ लाख ६६ हजार १५५ बराबरको खसीबोका बिक्री गरेका छन् ।

Vianet communication

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् ६७ लाख ७३ हजार ५४९, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत् ७ लाख २५ हजार १०८, शुभदिप सामाजिक उद्यमी महिला सहकारीमार्फत् २८ लाख ३८ हजार ३२४, आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत् ११ लाख ९६ हजार ५५०, सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत् ५० लाख ७५ हजार ४७५, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत ३० लाख २८ हजार १५८ रुपैयाँको खसी बिक्री भएको छ ।

ती सहकारीमार्फत् १ हजार ४८८ खसीबोका बिक्री भएका छन् । घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेका अनुसार सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई सहज हुने गरेको बताइन् ।

भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पुर्‍याएको बताइन् । ‘यसले कृषकलाई खसीबोका बिक्रीका लागि बजार खोज्नु हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ,’ उनले भने । 

भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले भनिन्, ‘प्रत्येक वर्ष दशैंतिहारमा सहकारीले नै व्यापारी खोजेर खसीबोका बिक्री गरिदिन्छ, यसले गर्दा कृषकले पनि खसी बिक्री गरेर चाडपर्व मनाउन पाउने गरेका छन् ।’

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यश्रृंखलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’ अन्तर्गत १० सहकारीले कृषकले पालेका खसीबोका बिक्रीका लागि बजारीकरण गर्दै आएको छ ।     

सहकारीले बजारीकरणमा सहयोग पुर्‍याएपछि बाख्रापालक कृषक पनि खुशी भएका छन् । बाख्रापालनबाट घर खर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ । 

हेफर इन्टरनेसनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्यश्रृंखलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खशी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पुर्‍याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x