बैशाख २२, २०७९
हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर प...
धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादशैंलाई बिदा गरेका छन् ।
नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्वको अन्तिम दिन मंगलबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ ।
शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि मंगलवार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरू भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि १ वर्षका लागि सकिएको छ ।
मंगलवार राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर सेलाइएको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरू भएको दुर्गा पक्ष अर्थात् दशैंपर्व आमनेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आश्विन शुक्ल पूर्णिमाको सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कात्तिक कृष्ण औंसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ ।
यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधानसमेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् गौतमले बताए । महालक्ष्मीसँगै मंगलवार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ ।
कोजाग्रत पूर्णिमा मंगलवार परे पनि पूर्णिमा व्रत भने बुधवार रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले बुधवार परेको हो । कार्तिक स्नान र आकाशदीपदान पनि बुधवारदेखि नै सुरु हुने समितिले जनाएको छ ।
वैदिक सनातन धर्ममा कात्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्त्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । कात्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसी भैलोलाई पनि दान दिने प्रचलन शुरू भएको छ ।
हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर प...
शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ । इन्द्रको सभामा थुप्रै अप्सरा हुने गर्थे । यी ५...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...
नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...