×

NMB BANK
NIC ASIA

कोरोना कहर

पर्यटन क्षेत्रले २ वर्षमा गुमायो २ खर्ब, व्यवसायी भन्छन्- आन्तरिक पर्यटकले मात्र धान्ने अवस्था छैन

मंसिर १, २०७८

NTC
Premier Steels

कोरोना महामारीसँगै थला परेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कन प्रयासरत छ । यद्यपि आन्तरिक पर्यटकको मात्रै भर पर्नुपर्दा अधिकांश पर्यटन व्यवसायीहरू अझै पनि समस्याग्रस्त छन् ।

Muktinath Bank

कोरोना महामारी केही न्यून हुँदै जाँदा नेपालमा पछिल्लो समय घुमफिरको ट्रेन्ड बसेपनि कम खर्च गर्ने प्रवृत्ति पाइन्छ । त्यसकारण पनि पर्यटन व्यवसाय लयमा फर्किन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकमा कोरोना महामारी फैलिएसँगै २०७६ चैत ११ गते पहिलोपटक लकडाउन जारी गरिएको थियोे । सो लकडाउन विभिन्न चरणमा प्रवेश गर्दै गत भदौबाट मात्र पूर्ण रूपमा खुल्यो । 


Advertisment
Nabil box
Kumari

थलिएर बसेको पर्यटन व्यवसाय बाहिरी मुलुकबाट आएका नागरिकहरूलाई भिसामा सहजीकरण भएसँगै केही चलायमान भएको छ । तर आजको दिनसम्म पनि विदेशी पर्यटकको उपस्थिति नगण्य मात्र छ ।

Vianet communication

केही मात्रामा भित्रिएका विदेशी पर्यटकले मात्रै २ वर्षसम्म थलिएको पर्यटन व्यवसाय फस्टाउने सम्भावना नरहेको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् ।

अहिले मुलुकका धेरैजसो पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यद्यपि बाह्य पर्यटकहरू भने निकै न्यून मात्रामा आइरहेका छन् ।

अध्यक्ष सुवेदीका अनुसार, सामान्य मात्रामा पर्यटकहरू भित्रिएको भएपनि सो संख्या अत्यन्तै न्यून रहेको छ ।

‘पर्यटन क्षेत्रको अहिले ढोकामात्र खुलेको छ, यसो हुँदा निकै न्यूनलाई मात्र अहिले सहज हुँदै गएको अवस्था छ,’ उनी भन्छन्, ‘तर अधिकांश व्यवसायी अहिले पनि तनावमा छन् ।’

उनले टानमा आवद्ध भएका पर्यटन व्यवसायीहरूलाई अहिले बैंकहरूले कर्जा तिर्नका लागि ‘टर्चर’ दिइरहेको सुनाए । 

२ वर्ष व्यवसाय ठप्प हुँदा व्यवसायीहरूले बैंकबाट कर्जा लिएर नै घरखर्च चलाउनुपर्ने स्थिति आयो । 

अहिले विस्तारै व्यवसाय खुल्दै गएपनि धेरैले पुनः सोही काम पाइसकेको अवस्था छैन । तर यसबीचमा भने बैंकले कर्जा असुलीका लागि दिने तनाव कम नभएको उनी सुनाउँछन् ।

‘व्यवसायीहरूले कसैले घरमा भएका आफ्ना सवारी साधन बेचेर पनि खर्च चलाएको सुनाएका छन्, हामीले विस्तृतमा बुझ्ने प्रयास गरिरहे पनि यकिन यो यो समस्या पर्‍यो भन्न सकिने अवस्था रहेन,’ उनले भने ।  

उनका अनुसार टानमा आवद्ध पर्यटन व्यवसायीहरूले यस बीचमा करीब ५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको छ ।

कोरोना महामारीका कारण पदयात्रा तथा पर्वतारोहण व्यवसायमा संलग्न करीब साढे ३ लाख जनशक्तिले रोजीरोटी गुमाएको उनको भनाइ छ ।  

काठमाडौंमा करीब १ हजार ९ सय कम्पनी टानमा आबद्ध छन् भने पोखरामा १ सय ८० वटा कम्पनी आबद्ध छन् । 

टुरिस्ट गाइडहरूको पनि अवस्था उस्तै 

महामारी कम हुँदै जाँदा विस्तारै पर्यटकहरूको चहलपहल बढ्दै गएपनि पुरानै अवस्थामा फर्कन केही समय लाग्ने पर्यटन व्यवसायीहरूको बुझाइ छ । 

विदेशी पर्यटकहरूको आवागमन नबढेका कारण अहिले पनि न्यून पर्यटक गाइडहरूले मात्रै काम पाएको अवस्था छ ।

टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)का अध्यक्ष बद्री नेपालले २ हजार टुरिस्ट गाइडमध्ये अहिले न्यून गाइडले मात्रै काम पाएको बताए ।

उनले भने, ‘अहिले पनि हामी लकडाउनकै अवस्थामा छौँ, २ हजार गाइडहरूमध्ये अहिले करीब २०/२२ जनाले मात्रै काम पाएको अवस्था छ ।’

उनले यस पेशामा संलग्न गाइडहरूले पहिलो लकडाउनमा केही आशा राखेको भएपनि पछि पर्यटकहरू आउन नसक्दा ‘बिजनेस’ नपाएको सुनाए । 

‘अहिलेको अवस्थामा धेरै गाइडहरू पलायन हुने अवस्थामा पुगेका छन्,’ उनले भने ।

२ खर्बको क्षति भयो– पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डका अनुसार कोरोना महामारीको कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष रूपमा करीब ४ अर्ब रुपैयाँ प्रति महिना घाटा भएको देखिएको छ । 

नेपालको पर्यटन क्षेत्रमा सरकारी तथ्यांकमा नसमेटिएका अप्रत्यक्ष क्षेत्रहरू प्रशस्त छन । पर्यटन क्षेत्रमा त्यस्तो अप्रत्यक्ष कारोबार मात्रै प्रति महिना करीब चार करोड रूपैयाँ जति हुने गरेको पर्यटन बोर्डकै अधिकारीहरू बताउँछन । त्यसोहुँदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरेर नेपालको पर्यटन क्षेत्रले प्रतिमहिना १० अर्ब रूपैयाँभन्दा बढी क्षति बेहोर्ने गरेको देखिन्छ । याे हिसाबले नेपालकाे पर्यटन क्षेत्रमा एक वर्षमा एक खर्ब २० अर्ब रूपैयाँभन्दा बढी क्षति भयाे । 

कारोना महामारीको भण्डै २ वर्षको अवधिमा करीब २  खर्ब भन्दा बढी क्षति व्यहोर्नुपरेको पर्यटन बोर्डले जनाएको छ । साेही अवधिमा २ लाख ७३ हजार जनामा ८० प्रतिशत रोजगारविहीन भएको बोर्डको आंकलन छ ।

यस्तै अप्रत्यक्ष रोजगारीमा संलग्न करीब ७ लाखदेखि ८ लाख पर्यटन मजदुर रोजगारविहीन बनेको पर्यटन बोर्डका निर्देशक  सूचना अधिकारी मणि लामिछानेले लोकान्तरलाई जानकारी दिए ।

उनले भने, ‘प्रत्यक्षतर्फ २ लाख ७३ हजार जनशक्तिमा ८० प्रतिशत रोजगारविहीन भएको देखिएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x