जेठ १०, २०७९
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ ।
बुधवार बसेको महासभाको ४०औं पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसंघीय मिसनको कार्यालयले जनाएको छ ।
सो अवसरमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासभामा बोल्दै नेपालको स्तरोन्नतिका लागि विकास सुधारका लागि विकास साझेदारबाट प्राप्त हुने सहयोगमा वृद्धि तथा सहजीकरणमा आफ्नो पहल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालका लागि यो ऐतिहासिक अवसर हो, जसले आफ्नो मुलुकको विकास प्रगतिलाई विश्वसामु प्रस्तुत गरेर देखाउन पाउने महत्त्वपूर्ण ढोका खोलिदिएको छ ।
संयुक्त राष्ट्रसंघले जारी गरेको वक्तव्यका अनुसार नेपालसहित बंगलादेश र गणतन्त्र लाओसलाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि पूर्व तयारीको ५ वर्षे समय दिइएको छ । यस अवधिमा स्तरोन्नतिका लागि योग्य हुनुका साथै कोभिड महामारीपश्चातको पुनः प्राप्तिसँगै आर्थिक विकासका लागि आफ्ना रणनीतिक योजना र नीतिहरू लागूू गरेर विकासको बाटोमा लम्कन सघाउ पुर्याउने अपेक्षा उसले गरेको छ ।
विकासशील मुलुकमा स्तरोन्नति हुने अवधि सन् २०२६ को डिसेम्बरसम्म भने नेपालले अति कम विकसित मुलुकको हैसियतमा प्राप्त सबै प्रकारका सहुलियत, सुविधा तथा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरिरहने जनाइएको छ ।
नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्नका लागि संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्ले गत असारमा स्वीकृति प्रदान गरेको थियो । नेपालले स्तरोन्नतिका लागि आवश्यक मापदण्ड सन् २०१५ र २०१८ मा पूूरा गरिसकेको थियो ।
कूल गार्हस्थ्य उत्पादनका आधारमा प्रतिव्यक्ति आय, मानवीय सम्पत्तिको सूचक र वातावरणीय जोखिमको सूचकमध्ये २ वटा मापदण्ड नेपालले पूूरा गरेपछि स्तरोन्नतिको सूचीमा नेपाल उक्लेको थियो ।
स्तरोन्नति भएपछिको संक्रमणकालीन अवस्थालाई सन्तुलन गर्न ३ वर्षको समय दिने चलन छ तर कोभिड महामारी लगायतका समस्या थपिएका कारण नेपाल सरकारले गरेको आग्रह स्वीकार गर्दै २ वर्ष थप गरेर ५ वर्षको समय नेपालका लागि समयरेखा तोकिएको छ । जसअनुसार नेपालले सन् २०२६ भित्र आफ्नो अवस्था सुधार गर्नुपर्ने हुन्छ ।
संयुक्त राष्ट्रसंघका अनुसार कुनै पनि मुलुकले विकासशील राष्ट्रमा स्तरोन्नति गर्न प्रतिव्यक्ति आय १ हजार २२२ अमेरिकी डलर हुनुपर्ने जनाएको छ । हाल नेपालको प्रतिव्यक्ति आय १ हजार १९१ अमेरिकी डलर रहेको छ । गोरखापत्रमा खबर छ ।
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...