असार २०, २०७९
नवनियुक्त मन्त्रीहरु कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव सोमबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादे...
काठमाडाैं | मंसिर १०, २०७८
बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले आजबाट लैंगिक हिंसा विरुद्ध अभियान शुरु गरेको छ ।
यो अभियान संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ – डिसेम्बर १०) शुरू भएको छ ।
महिलाहरु माथि निरन्तर रुपमा हिंसाको घटनाहरु भैराखे पनि इज्जत जोगाउनुपर्ने डर, उजुरी गरिहाले पनि सुनुवाई नहुने र साथ नपाइने डरले उजुरी गर्दैनन् । “कहिलेकाँही यस्तो भैहाल्छ नि, एकचोटिलाई छोड्देउ” भनेर लैंगिक हिंसाका यस्ता धेरै घटनाहरु सामसुम पारिन्छन् ।
यसैलाई मध्यनजर गर्दै जोन्टाले “कहिलेकाँही होइन, कहिले पनि हुँदैन” भन्ने सन्देश दिने गरि ४ वटा शर्ट फिल्महरु बनाएको छ ।
यी शर्ट फिल्महरुले हिंसा, उत्पीडन र बाल–विवाह कहिल्यै पनि सहनुहुँदैन र यसको विरुद्धमा बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको जोन्टा क्लब अफ काठमाडौंको अध्यक्ष सीमा गोल्छाले जानकारी दिइन् । उनले थप भने,'हामी आशा गर्दछौँ, यी भिडियोहरुले पीडितहरुलाई सहयोग माग्न हौसला दिनुको साथै सुरक्षित रुपमा सहयोग लिन सकिने ठाँउहरुको बारेमा जानकारी दिनेछन्।'
यससँगै जोन्टाले अभियानको एक हिस्साको रुपमा काठमाडौंको विभिन्न सार्वजनिक स्थलहरुमा डिसेम्बर १ देखि सडक नाटक पनि प्रदर्शन गर्दैछ ।
सामाजिक सन्देश प्रवाह गर्नको लागि सडक नाटकहरु बढी प्रभावकारी हुने भएकोले यिनीहरु मार्फत “लैंगिक हिंसा र बाल–विवाह विरुद्ध आवाज उठाऔँ” भन्ने मुख्य सन्देश फैलाउन हामी निरन्तर लागि पर्नेछौँ” , जोन्टा काठमाडौंको सदस्य एवम अधिवक्ता रत्न कार्कीले बताए ।
जोन्टा काठमाडौंले हिंसामा परेका महिला र बालिकाहरुको सहयोगको लागि ललितपुर महानगरीय प्रहरीको हेल्पलाइन १०० र अन्य विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ ।
यसको साथै घरेलु हिंसा र कार्यस्थल जन्य हिंसापीडित महिलाहरुलाई कानुनी सल्लाह र सहयोग प्रदान गर्नको लागि जोन्टाले राष्ट्रिय महिला आयोगसँग मिलेर ११४५ नम्बरको हेल्पलाइन पनि खडा गरेको छ ।
उक्त अभियान कार्यक्रममा सरकारी कर्मचारीहरु, कुटनितीज्ञहरु, डेभलपमेन्ट पार्ट्नरस, नागरिक समाजका सदस्यहरु र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
उक्त भिडियोहरु सिद्दार्थ बैंक र एमजिको आर्थिक सहयोगमा बनाइएको थियो ।
नवनियुक्त मन्त्रीहरु कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव सोमबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादे...
भारतको एक गाउँमा स्थानीय सरकारले खाल्डो नपुरेपछि त्यहाँका स्थानीयले नौलो शैलीमा विरोध जनाए । उनीहरूले सडकको बीचमा बनेको खाल्डोलाई पर्यटकीय जस्तो क्षेत्र बनाएर व्यंग्य गरे । उनीहरूले व्यंग्यात्म...
एसिया प्रशान्त क्षेत्रको नागरिक उड्डयन प्राधिकरण महानिर्देशकहरूको सम्मेलन (डीजीसीए)मा नेपाल सहभागी भएको छ। सोमवारदेखि दक्षिण कोरियामा शुरू भएको उक्त पाँच दिने सम्मेलनमा नेपालको उड्डयन प्राधिकरणसमेत सहभागी भएको ...
नेकपा एमालेका सांसद झपटबहादुर रावलले अध्यागमनको अधिकार नेपाल प्रहरीलाई नै दिन माग गरेका छन्। सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अध्यागमनको अधिकार नेपाल प्रहरी वा राज्यको अन्य सुरक्षा निका...
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता श्रमिकले २६ अस्पतालमा निःशुल्क उपचार पाउने भएका छन् । सोमवार कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह शुरू गरेको छ । यससँगै...
नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...