×

NMB BANK
NIC ASIA

काँग्रेसको निर्वाचन प्रक्रिया शुरू : सातै प्रदेशमा उत्साह

मंसिर १६, २०७८

NTC
Premier Steels

नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया शुरू हुँदैछ ।

Muktinath Bank

काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयोजक घिमिरेले भने, 'काँग्रेसको प्रदेश अधिवेशन पहिलो पटक हुन लागेकाले नेता–कार्यकर्ता उत्साहित भएको पाएको छु । केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन अधिकृत खटाएको छ । बिहीबारदेखि अधिवेशनको कार्यक्रम शुरू हुन्छ ।'


Advertisment
Nabil box
Kumari

समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । बिहीबार मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छन् ।

Vianet communication

शुक्रवार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ । काँग्रेस प्रदेश १ कार्यसमितिको नेतृत्वका लागि मोरङको विराटनगरमा अधिवेशन हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक २८ गतेको बैठकले केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा प्रदेश १ का लागि प्रदेश अधिवेशनसँग सम्बन्धित समिति गठन गरेको छ ।

अधिवेशनको तयारी भइरहेको जानकारी मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बूले दिए । निर्वाचन समिति संयोजक भरतबहादुर थापाले बिहीबार दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन हुने जानकारी दिए । यस प्रदेशमा एक हजार ६७१ मतदाता छन् ।

कार्यसमितिमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री रहने छन् । उनले भने, 'अधिवेशनले पदाधिकारीसहित ८८ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गर्नेछ ।'प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ । प्रदेश अधिवेशन समितिका संयोजक रमेश रिजालले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । नेता महेशशङ्कर गिरीका अनुसार यस प्रदेशमा एक हजार ९८० मतदाता छन् ।

उनले भने, '३२ प्रतिनिधि सभा क्षेत्र र ६४ प्रदेश सभा निर्वाचन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्रीको प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछन् ।'

त्यसैगरी काँग्रेस बागमती प्रदेश अधिवेशन हेटौँडामा हुँदैछ । प्रदेश अधिवेशन समितिका संयोजक प्रकाशमान सिंहका अनुसार, अधिवेशनका लागि बागमती प्रदेशका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि हेटौँडा पुग्ने क्रम जारी छ ।

काँग्रेस नेता जगदीशनरसिंह केसीले ३३ प्रतिनिधि सभा क्षेत्रका र ६६ प्रदेश सभा क्षेत्रका निर्वाचित प्रतिनिधिले भाग लिने बताए। केसीले भने, 'बागमती प्रदेशमा काँग्रेसका एक हजार ९६० मतदाता छन्। प्रदेश कार्यसमिति पदाधिकारीसहित ८१ सदस्यीय हुन्छ । त्यसमा हरेक जिल्लाबाट एक पुरुष र एक महिला अनिवार्य हुन्छ । २२ जना खुला र २६ जना समानुपातिक सदस्य रहने छन्। '

गण्डकी प्रदेश संयोजक गोपालमान श्रेष्ठले बिहीबारबाट शुरू हुने प्रदेश अधिवेशनको तयारी पूरा भएको बताए । श्रेष्ठले गोरखापत्रसँग भने, 'बिहीबार मध्यान्ह १२ः३० मा प्रदेश सभा अधिवेशन उद्घाटन हुन्छ । शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । '

गण्डकी प्रदेश निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाले १८ वटा प्रतिनिधि सभा र ३६ वटा प्रदेश सभा क्षेत्रबाट निर्वाचित एक हजार १०० भन्दा बढी मतदाताले प्रदेश कार्यसमितिको नेतृत्व चयन गर्ने बताए ।

त्यसैगरी लुम्बिनी प्रदेशमा पनि अधिवेशनको तयारी भइरहेको छ । गृहमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण प्रदेश अधिवेशनसँग सम्बन्धित समिति संयोजक रहनुभएको छ । लुम्बिनी प्रदेशका निर्वाचन संयोजक डा. बुद्धबहादुर थापाले बिहीबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताए । उनले भने, 'मतदाता नामावली र अधिवेशनसँग सम्बन्धित निर्देशिका केन्द्रीय निर्वाचन समितिले पठाइसकेको छ, हामीले पाएपछि मात्रै मतदाता सङ्ख्या र अन्य विषय सार्वजनिक गर्छौं । '

त्यसैगरी कर्णाली प्रदेशमा पनि अधिवेशन बिहीबार शुरू हुँदैछ । प्रदेश अधिवेशन समितिका संयोजक जीवनबहादुर शाहीको संयोजकत्वमा अधिवेशनको तयारी चलिरहेको छ । काँग्रेस नेत्री रीता शाहीका अनुसार केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधि गरी कर्णाली प्रदेशमा ७५० मतदाता छन् । पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति यो अधिवेशनले चयन गर्नेछ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा हुँदैछ । काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले प्रदेश अधिवेशन समितिको संयोजन गरिरहेका छन् ।

काँग्रेस नेता नरनारायण शाहका अनुसार अधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा पदाधिकारीसहित ७१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । १६ प्रतिनिधि सभा र ३२ प्रदेश सभा क्षेत्रबाट निर्वाचित ९७५ महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले सुदूरपश्चिम प्रदेश काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् । गोरखापत्र दैनिकमा अशोक अधिकारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x