×
Bajaj Top
Khukuri
FONEPAY

लुम्बिनी गुरूयोजना छिट्टै पूरा गर्न एमाले उपाध्यक्ष पौडेलको आग्रह

बुटवल | मंसिर १६, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी गुरूयोजना छिट्टै पूरा गर्न आग्रह गरेका छन् । गुरूयोजना बनेको ४० वर्ष हुँदा समेत पूरा हुन सकेको छैन । 

Sanima Bank
morang Auto yamaha

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सवमा बिहीवार बोल्दै नेता पौडेलले गुरूयोजना पूरा नहुँदा लुम्बिनीको सोचेजस्तो विकास हुन नसकेको भन्दै छिट्टै गुरूयोजना पूरा गर्नतर्फ लाग्न सरकार र लुम्बिनी विकास कोषलाई आग्रह गरे ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

थालिएका कामहरू छिट्टो सम्पन्न गर्नतर्फ सबैको ध्यान पुग्नुपर्ने नेता पौडेलको भनाइ छ । 

लुम्बिनीसँगै तिलौराकोट, रामग्राम, देवदहको पनि संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको पौडेलले बताए । उनले भने, ‘रामग्राम, देवदह, लुम्बिनी र तिलौराकोटलाई समेटेर बृहत् गुरूयोजना बनाएर लुम्बिनी विकास गर्न आवश्यक छ ।’ 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

पौडेलले भैरहवामा निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलनको दोस्रो चरणको निर्माण कार्य छिटो शुरू गर्न आग्रह समेत गरे ।

विमानस्थलको पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेर परीक्षण उडानको तयारीमा छ । ‘गौतमबुद्ध विमानस्थलमा ‘फस्ट फेज’को काम सकेर उद्घाटन गर्ने बेलामा सेकेन्ड फेजको शुरू गर्नुपर्छ । त्यसका लागि एसियाली विकास बैंक तयार छ,’ पौडेलले भने । 

पूर्व अर्थमन्त्री समेत पौडेलले लुम्बिनीलाई आकर्षक शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । ‘विश्वविद्यालय बौद्ध शिक्षामा दुनियाँले विश्वास गर्ने, आकर्षक वैज्ञानिक र स्वदेश तथा विदेशले चाहेको श्रमबजारमा खपत हुनसक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गरोस्,’ उनले भने ।

विश्वविद्यालयको विकासमा पूर्ववर्ती सरकारले जस्तै अहिलेको सरकारले पनि तत्परता देखाउन पौडेलले आग्रह गरेका छन् ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

नेपाली कांग्रेसले भोलि शुक्रवार दिउँसो ३ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशित गर्दै बैठकबारे जानकारी गराएका छन् । बैठकको एजेन्डामा केन्...

माघ १३, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन २०७८ मा गण्डकी प्रदेशबाट निर्व...

माघ १३, २०७८

अबदेखि कर्णाली प्रदेशसभा  खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ । प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेशसभा सचिवाल...

माघ १३, २०७८

राष्ट्रियसभा बैठक माघ १७ गते बस्ने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिहीवार सूचना प्रकाशित गर्दै १७ गते बैठक बोलाइएको जनाएका छन् । यसअघि माघ २ गते सूचनामार्फत बैठक अर्काे सूचनासम्मका ला...

माघ १३, २०७८

स्थानीय तहको चुनावको मिति घोषणालाई लिएर राष्ट्रिय रूपमा बहस भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीव...

माघ १३, २०७८

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधवार पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखि...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...