माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
पुस २३, २०७८
चीनका परराष्ट्रमन्त्री वाङ यीले हिन्द महासागरको पाँचवटा तटीय राज्यको भ्रमणसँगै ईस्वी नयाँ वर्षको आरम्भ गरेका छन् । त्यस क्रममा उनले भारतका छिमेकी मुलुकहरू माल्दिभ्स र श्रीलंकाको पनि भ्रमण गर्नेछन् ।
भारत र चीन दुवै हिन्द महासागरमा प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन् । वाङको भ्रमणले उक्त क्षेत्रमा बेइजिङको सुरक्षा र आर्थिक स्वार्थलाई सबल बनाउने लक्ष्य लिएको छ ।
जनवरी ४ देखि ७ सम्म वाङले इरिट्रिया, केन्या र कोमोरोसको भ्रमण गरे । त्यसपछि उनी माल्दिभ्स र श्रीलंका जानेछन् ।
चीनले अफ्रिकी मुलुकहरूसँग सम्बन्ध प्रगाढ बनाउन थालेदेखि वर्षको आरम्भमा अफ्रिकाको भ्रमणको परम्परा शुरू गरेका हुन् ।
भारतलाई वाङको माले भ्रमणमा बढी चासो छ । माल्दिभ्समा आजकल भारत बहिष्कार अभियान जोडतोडका साथ चलिरहेको छ ।
अझ त्यहाँका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई गत नोभेम्बर ३० मा भ्रष्टाचारका सबै आरोपबाट सफाइ दिइएपछि उनी स्वतन्त्र बनेका छन् ।
चीनप्रति सहानुभूति राख्ने यामीनले नयाँ दिल्लीलाई सत्तारूढ माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को मित्रका रूपमा हेर्ने गरेका छन् ।
बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह पूर्व राष्ट्रपति मुहम्मद नशीद जस्तै भारतसमर्थक मानिन्छन् । नशीद र एमडीपीमा उनका सहकर्मीहरू माल्दिभ्समा चीनले भूमि कब्जा गरेको भन्दै आलोचना गर्छन् ।
भारतको जलक्षेत्रीय सुरक्षाका लागि माल्दिभ्स महत्त्वपूर्ण छ र नयाँ दिल्लीले पूर्व राष्ट्रपति मौमून अब्दुल गयूमसँग गहिरो सम्बन्ध राख्ने गरेको थियो । विगतमा चीनले माल्दिभ्सलाई खासै ध्यान दिँदैनथियो ।
सन् २०११ को नोभेम्बर महिनामा मात्र चीनले त्यहाँ दूतावास खोलेको हो । तर दुई देशबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मै स्थापना गरिएको थियो । वास्तवमा चिनियाँ परराष्ट्रमन्त्री वाङको भ्रमण दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा भएको हो ।
विश्वमा चीनको हैसियत बढेसँगै उसले माल्दिभ्स तथा बृहत्तर हिन्द महासागर क्षेत्रमा पहिलेको भन्दा बढी चासो दिन थालेको हो । चिनियाँ जलसेना भारत नजिकको जलक्षेत्रमा विगत एक दशकमा बढी देखिन थालेको छ र हिन्द महासागरमा उसले आफ्नो व्यापारिक स्वार्थको रक्षा गर्ने गरेको छ ।
सन् २०१७ को अगस्ट महिनामा चीनका तीनवटा युद्धपोतहरू मालेमा अडिएका थिए । त्यही वर्षको डिसेम्बर महिनामा यामीनले चीनसँग खुला व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । मालेले गरेको त्यस्तो किसिमको त्यो पहिलो सम्झौता थियो ।
चीनको आर्थिक कूटनीतिलाई माल्दिभ्सले सहर्ष स्वीकार गरेको थियो र अब्दुल्ला यामीनको कार्यकालमा भारतको प्रभाव उक्त देशमा निकै घटेको थियो । निरंकुश शासक यामीनले शीर्ष राजनीतिकर्मीहरूलाई पक्राउ गरी कारागारमा कोचेका थिए । प्रधानन्यायाधीशलाई समेत उनले बाँकी राखेका थिएनन् ।
भारत र पश्चिमका लोकतान्त्रिक मुलुकहरूले उनको निन्दा गरेपछि यामीन सहयोग र साथका लागि चीनसँग नजिकिन थालेका थिए । बेइजिङ उनीसँग सम्बन्ध बढाउँदा खुशी थियो र उसले माल्दिभ्समा पूर्वाधारका विभिन्न परियोजनालाई सम्हाल्न थाल्यो ।
भारतका लागि सौभाग्यवश सन् २०१८ को राष्ट्रपति निर्वाचनमा यामीन पराजित भए । यामीन सत्ताबाट बाहिरिएपछि नयाँ दिल्लीले पुरानो प्रभाव पुनः कायम गर्न पायो ।
तर भारत यत्तिकैमा सन्तुष्ट भएर बस्न सक्दैन किनकि माल्दिभ्सको एक तप्का कठोर भारतविरोधी छ । माल्दिभ्स सुन्नी मुसलमानबहुल मुलुक हो र त्यहाँका धार्मिक नेताहरू कट्टरपन्थी विचारधाराको प्रभावमा छन् । अलकायदा र आईएसआईएस जस्ता आतंकवादी समूहहरूको जगजगी हुँदा त्यसमा सहभागी हुन जाने युवाहरू सबभन्दा बढी माल्दिभ्सबाटै गएका थिए ।
माल्दिभ्सको राजनीतिमा कट्टरपन्थी इस्लामको महत्त्वपूर्ण भूमिका छ । त्यसैले भारत बहिष्कार अभियान चलाएको हो । सामाजिक सञ्जालबाट शुरू भएको उक्त अभियानलाई यामीनका साथै धार्मिक कट्टरपन्थीहरूले थप चर्काउनेछन् । धार्मिक उग्रवादीहरू यामीनसँग नजिकिएका पनि छन् ।
वाङ यीले भ्रमणमा माल्दिभ्सलाई के सौगात दिन्छन्, त्यो हेर्न रोचक हुनेछ । सत्तारूढ दल विगतमा चीनको आलोचक थियो । तर दक्षिण एसियाका अन्य मुलुकहरू जस्तै माल्दिभ्स पनि लगानीका लागि आतुर छ । त्यहाँका नेताहरूलाई आर्थिक प्रस्ताव अस्वीकार गर्न गाह्रै पर्छ ।
साना मुलुकहरू एसियाका दुई ठूला शक्तिबीचको प्रतिस्पर्धाका बारेमा जानकार छन् र आफ्नो अनुकूलता अनुसार चीन वा भारत कार्ड खेल्छन् र फाइदा पनि उठाउँछन् । आफ्नो राष्ट्रिय स्वार्थलाई उनीहरूले विचार गर्दा त्यसमा दोष खोज्न मिल्दैन ।
नेपाल सधैं यस्तै गर्छ । श्रीलंकाको सोच पनि त्यस्तै हो । बंगलादेश भारतको निकटतम मित्रमध्ये एक हो तर उसले चिनियाँ लगानीको परियोजनालाई अस्वीकार गर्दैन । यति हुँदाहुँदै पनि माल्दिभ्समा भारत र चीन राजनीतिक भाष्यको हिस्सा भएकाले सत्तारूढ दल एमडीपी भारतीय स्वार्थ प्रतिकूल जाने सम्भावना छैन ।
वाङले माल्दिभ्समा आफ्ना समकक्षीसँग आधिकारिक वार्ता गर्नेछन् र राष्ट्रपति सोलिहसँग शिष्टाचार भेट पनि गर्नेछन् ।
माल्दिभ्समा राष्ट्रपति निर्वाचन सन् २०२३ को आरम्भतिर हुँदैछ । कसले चुनाव जित्छ भन्ने कुरामा माल्दिभ्ससँग भारतको सम्बन्ध निर्भर रहनेछ ।
जे होस्, माल्दिभ्समा प्रभाव जमाउन भारत र चीनबीच प्रतिस्पर्धा लामै समयसम्म चलिरहने देखिन्छ ।
आउटलूकइन्डिया डट्कममा प्रकाशित सीमा गुहाको आलेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...