×

NMB BANK
NIC ASIA

पुस २५ देखि माघ १ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

पुस २५, २०७८

NTC
Premier Steels

मेष

Muktinath Bank

यो हप्ता पारिवारिक प्रेममा सम्बन्धको स्वीकृतिले मन प्रसन्न हुनेछ । परिवारलाई समर्पण र समर्थनले पारिवारिक वातावरण उत्तम राख्दछ । स्वास्थ्यमा हजुरको सकारात्मक दृष्टिकोणले तपाईको काम गर्ने क्षमता बढाउनेछ र शारीरिक र मानसिक स्वस्थ महसुस हुनेछ । कृषि, पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ। तपाईंको विचारलाई धेरैले मन पराउनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

यो हप्ता सोमबार पहेँलो कपडा लगाएर शिवजीको ध्यान गर्नाले  धननाशबाट बचिएला । विद्यार्थीहरूले अन्तर्वार्ता वा क्यारियर सम्बन्धित परीक्षाको लागि तयारीमा पूरा ध्यान दिँदा मात्रै राम्रो रहला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। खुसीको समाचार सुन्न पाइनेछ।  नयाँ व्यापार–व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ  ।

Vianet communication

मिथुन

तपाईले यो साता  तपाइको प्रार्थनाको उत्तर प्राप्त गर्न लाग्नु भएको छ, जसको कारण तपाईको अध्यात्मतिर झुकाव बढी देखिनेछ । जीवनसँग सम्बन्धित कठिनाइहरू हटाउन थाल्नेछ र हरेक दृष्टिकोणबाट लाभप्रद रहनेछ । तपाई आफ्नो व्यक्तित्वको सकारात्मक पक्ष देख्नुहुनेछ, जसको कारण तपाई विश्वस्त रहनुहुनेछ । भौतिक साधन  जुटाउन सकिनेछ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ, काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।

कर्कट

व्यापारमा गतिविधिहरू लगभग बन्द रहन्छ तर धैर्य राख्नाले सुभ समाचार नै मिल्ला ।  चाँडै अवस्था सामान्य हुनेछ  । कार्यालय सम्बन्धित गतिविधिहरूमा कुनै पनि प्रकारको राजनीतिले तपाईलाई सताउन सक्छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। आफन्तजनको सहयोगले विशेष फाइदा होला, नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ ।

सिंह

यो साता जीवनसाथीको जीवनको बारेमा केहि चिन्ताको विषय हुनेछ । प्रेम सम्बन्धमा भावनात्मक घनिष्ठतामा समस्या आउनेछ । स्वास्थ्य सामान्य  हुनेछ । अत्यधिक वर्कलोड र थकानले मांसपेशीहरूमा दुखाइ र तनाव गराउन सक्छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

कन्या

यो हप्ता मानवअधिकारक्षेत्र सम्बन्धी व्यक्तिहरूले दुबै पक्षका मुद्दाहरूलाई सहकर्मीहरूको बहस हटाउनका लागि राम्ररी जाँच गर्नुपर्नेछ । तपाईको प्रेम सम्बन्धमा केही समस्या आउन सक्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला ।

तुला

विद्यार्थीहरूलाई उनीहरूको शिक्षा सम्बन्धी गतिविधिहरूमा बढी परिश्रम चाहिन्छ । भाग्यशाली रंग – निलो रहनेछ र भाग्यशाली संख्या  १ रहनेछ । समयमनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अलि बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ ।

वृश्चिक

बित्तादी सुखले मनमा हर्षको आगमन रहला । शारीरिक थकानलाई मेटाउन आराम गर्नको लागि ध्यान दिन सक्षम हुनुहुनेछ । जीवनसंग सम्बन्धित भाग्ने क्रम सुरू हुनेछ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला ।

धनु

परिवारको आवश्यकताको ख्याल गर्नु पनि तपाईको जिम्मेवारी  रहन्छ । स्वास्थ्य ठीक हुनेछ ।  चिसो जस्तो समस्यामा बेवास्ता नगर्नुहोस्र ,आयुर्वेदिक चीज लिनुहोस् । कार्य बिग्रिनाले मनमा चिन्ता रहला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

मकर

यो हप्ता हजुरले आत्म-शक्ति र शारीरिक कमजोरीको अभाव महसुस गर्नुहुनेछ । योग र ध्यान गर्नुहोस् र सकारात्मक हुनुहोस् । योजनाहरू लागू गर्न समय उपयुक्त हुँदैन । नकारात्मक विचार उठ्न नदिनुहोस् । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ ।

कुम्भ

पैसा मिल्नाले आत्मिक सुख मिल्नेछ । घनिष्ट सम्बन्धमा सुखको अनुभव रहनेछ । नजिकका आफन्त र साथीहरूसँगको सम्बन्धमा मिठोपनको आभाश बढ्नेछ । विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । पढाइमा राम्रै प्रगति हुनेछ ।

मीन

क्यारियरमा उच्च शिक्षासँग सम्बद्ध व्यक्तिहरूले आशा गरे अनुसार प्रगति गर्नेछन् । प्रेममा कसैसँगको पार्टनरको व्यक्तिगत जीवनसँग सम्बन्धित समस्याले झमेलामा पर्ला । धन लाभको सम्भावना रहन्छ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x