जेठ १०, २०७९
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।
हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुने गर्दछ तर हामी वीर नेपालीले गर्व गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ, त्यो के भने हाम्रो मन्त्रीको तौल घटेको छैन । लगभग सय किलोको हाराहारीमा छ ।
जुन देशका मन्त्रीको तौल सय किलो हुन्छ, त्यो देशका जनताको भाग्य चम्किन्छ । २ मन्त्रीको भाले जुधाइ आफ्नो शरीरको तौलमा केन्द्रित छ । दुब्ला–पातला पूर्व मन्त्री योगेश भट्टराईको दुःखमा रोई दिने कोही छैन । हुन त मेरो पनि तौल घटेको थियो, मलाई देखेर पनि उत्तर कोरियामा जस्तै यहाँ कोही रोइदिएनन् । दुब्लो हुनु पनि बडा गाह्रो छ यो देशमा । त्यसलाई त लडेर पनि जित्छु भनेर टीभीमै भन्दिन्छन् ।
प्रसङ्ग अलिकति बदलौं, डोटी घर भएका प्रेमबहादुर आले यतिखेर पर्यटन मन्त्री छन् । वनमन्त्रीका रूपमा धेरै नै बदनाम भएपश्चात उनको उपनाम ‘कार्बनडाइअक्साइड’ बनेको थियो । उनको उपनाम यति प्रख्यात थियो कि कार्बनडाइअक्साइड मन्त्रीका रूपमा उनलाई शिशु कक्षामा पढ्ने केटाकेटीहरूले पनि चिन्दथे । त्यतिखेर ‘आलेले इज्जत फाले’ जस्ता अपमानजनक मुक्तकहरू पनि लेखिए ।
तर आज परिस्थितिमा फेरबदल आएको छ । कार्बनडाइअक्साइड मन्त्री एकाएक किम जोङ उनको भाइ बन्न पुगेका छन् । यद्यपि मानिसहरूको कसरी दानवीकरण हुन्छ र कसरी फेरि देवत्वकरण हुन्छ भन्ने कुराको प्रेम आले बलियो प्रमाण हुन् । यहाँभन्दा धेरै दार्शनिक कुरा नलेखौं ।
नेपाली पाठकहरू दार्शनिक कुरा बुझ्ने हैसियतमा पुगेका छैनन् । यूट्युबतिर भेनासालीको झगडा हेरेर दिन बिताउनेहरू मेरो कुरा बुझ्न पनि सक्दैनन् ।
हिजोआज समाचार र सामाजिक सञ्जालमा मन्त्री प्रेम आलेको चिटिक्क परेको हँसमुखी अनुहार मात्रै देखिन्छ । उनले लगाएको कोट कता सिलाएको हो ? त्यो अलिक मिलेको छैन तर उनका एकपछि अर्को कदमहरू मिल्दै गएको अनुभूति भइरहेको छ । यतिखेर उनी वास्तवमै ७ नम्बर गियरमा छड्के जाँचमा डौडिरहेका छन् । यो मंहगो लोकप्रियता हो ।
पशुपतिको धर्मशालाको मंहगो कोठाभन्दा पनि उनको लोकप्रियता महंगो बन्दैछ ।
प्रेम आले दाई पहिले दिल्लीतिर सेक्युरिटी गार्ड हो कि के गरेर बसेका थिए अरे । उनको १०० किलो तौल देख्दा त्यो हो कि जस्तो पनि लाग्छ । किनकि सेक्युरिटी गार्डको काम बस्ने, खाने, सुत्ने अनि मोटाउने हो । धेरै–थोरै अनुभव मलाई पनि छ । सुदूरपश्चिमका एक जना भट्ट थरका मुख्यमन्त्री भएका थिए । तिनी पनि उहिले दिल्लीतिरै सेक्युरिटी गार्ड थिए अरे तर तिनी किन दुब्लो छन् ? आश्चर्यको विषय बनेको छ ।
दिल्ली बस्दा प्रेम आलेले पक्कै पनि ‘नायक’ चलचित्र हेरेको हुनुपर्छ । मन्त्री भएदेखि उनी प्रेम आले कम अनिल कपुर धेरै देखिएका छन् । अनुहार र शरीरबाहेक उनको हाउभाउ त्यही नायक चलचित्रको अनिल कपुरकै हारहारीमा छ । पत्रकार साथीहरू पनि के कम, पशुपतिको धर्मशाला देखेर आले ‘सक’ भएको समाचार लेखिदिन्छन् । त्यत्रो मोटोघाटो मान्छे पनि सामान्य कुरामा सक हुन्छ ? हावाकुरा !
प्रेम आले यतिखेर हिन्दी फिल्मको एक दिन मन्त्री हुने कथाको नेपाली भर्जनमा खटिएका छन् । भावुक नेपालीहरूका लागि यस्तो कर्म सिधै राष्ट्रवादसँग जोडिन्छ । विधि र प्रक्रियाभन्दा पनि तोडफोड गरेको, जंगिएको, रिसाएको, कालोमोसो दलेको नेपालीलाई खुबै मन पर्छ । फ्रस्टेसनमा रहेका जो कोहीलाई यस्तो शैली मन पर्छ । यो भारत वर्षमा यस्तो कदमलाई लोकप्रिय मानिन्छ । भारतमा पनि मन्त्रीहरू सडकमा निस्किएर यस्तै होहल्ला गरिरहेका देखिन्छन् ।
पूर्व मन्त्री योगेश भट्टराई र बहालवाला मन्त्री प्रेम आले बीचमा शितयुद्ध चलिरहेको छ । बैगुनीलाई गुनले मार्नुपर्छ भनेर होला योगेश भट्टराईको १–१ गुन प्रेम आलेको मुखारविन्दबाट वाचन हुँदैछ ।
यसरी एकाएक योगेश भट्टराईको जीवनमा हुरी–बतास चल्न पुगेको छ । फलस्वरूप प्रधानमन्त्रीलाई कोरोना नियन्त्रण गर्न अनुरोध पत्र बोकी बालुवाटार पुगेका भट्टराईले आफैं मास्क लगाउन बिर्सिएका छन् । हुन त उनले नारायणहिटी दरबारमा आफैंले रेस्टुरेन्ट खोल्न दिएको अनुमति पनि बिर्सिएका थिए । मैले हुँदै होइन, दिएकै छैन भनेर पाथिभराकै कसम खाएका थिए ।
पहिले प्रेम आलेको ३ करोड नेपाली जनताले खिसी गरेका थिए । अहिले ४ करोड नेपाली जनताले हाईहाई गरेका छन् । ४ करोड यसअर्थमा कि जनगणनामा नाम टिपाउन छुटाएकाहरूले पनि प्रेम आलेको हाईहाई गरेका छन् । प्रेम आलेले सबैको इज्जत राखे, मन्त्री होस् त प्रेम आले जस्तो, प्रेम आले राष्ट्रवादी मन्त्री, कसैको डरधम्की नमान्ने देशको सच्चा सपुत प्रेम आले ... यस्तै–यस्तै भन्न थालेका छन् मानिसहरू ।
मोटो भएर के भयो त ? अटेरी प्रबन्ध निर्देशकहरूलाई ‘ओ भाइ, ओ भाइ ! के हो यार ? अलि छिटो आउनुहोस्, यो के हो हँ ? कति हजारको कोठा हो भन्न थालेका छन् । अस्ति कहिले हो रक्सी काण्ड मच्चिएको थियो । विदेश भ्रमण जाँदा रक्सी खाने कि नखाने भनेर विवाद चलेको रहेछ । सोझो मगरको छोरा प्रेम आलेले त्यो पनि सार्वजनिक गरिदिए । मगरको छोरालाई रक्सी खाने कि नखाने भनेर पनि कतै सोध्ने हो त ? झमक्क रात पर्न थालेपछि खाइहाल्छ नि ! उस्तै परे बिहानैसम्म खान्छ । जति खाए पनि लाग्दैन क्यारे ! स्लोली खाने हो नि ! खाएकोले त खाइहाल्छ नि ! ज्यान गए पनि खान्छ ।
प्रेम आले दाइ यतिखेर असली छापामार भएका छन् । ‘प्रचण्डले बनाएको मन्त्री हुँ म, बर्ता हुने हैन’ भन्दै आवेगपूर्ण अनुहार लिएर हिँडिरहेका छन् । अब फेरि मगरको रिस तपाईंहरूलाई थाहा नै होला । रिसाउँदै–रिसाउँदैन, जब रिसायो एकछिनपछि हाँस्ने गरी रिसाउँछ तर खै हिजोआज प्रेम आलेलाई लाटो रिस उठेको हो कि क्या हो जे कुरा पनि भत्काउन मात्रै लागेको देखिन्छ ।
मेरो विचार के हो भने मन्त्री–मन्त्रीको लडाइँ व्यापारीको लगानीमा पार्नु हुँदैन । राज्यले निकास दिनुपर्छ । सस्तो लोकप्रियताका लागि संरचना भत्काउनु राम्रो होइन । हिजो चन्द्रागिरिमा केबुलकार बन्दा पनि लौ जंगल नासियो, बर्बाद भयो भन्नेहरू धेरै थिए, आज तिनै चन्द्रागिरिमा पुगेर फोहोरी अनुहार देखाउँदै सेल्फी हान्छन् ।
प्रेम आले दाइको नियत सही छ । तर नियति गलत छ । एउटा कुरामा असहमति के भने विकास गर्नका लागि केही न केही त विनाश हुनैपर्यो नि ! एउटा सरकारले सहमति गरेर दिएको कुरा सरकार परिवर्तन हुने बित्तिकै विमति राख्नु सर्वथा गलत हो । यदि त्यसो हो भने सरकारले व्यापारीलाई क्षतिपूर्ति दिनुपर्छ ।
पशुपतिमा धर्मशाला बनेको छ, त्यहाँ विदेशीहरू बस्ने हो, सेवासुविधा दिएर सोअनुरूप पैसा लिनु खासै ठूलो अपराध होइन । बरु नीतिनियम बनाउनुपर्यो । नेपालीलाई छुट हुनुपर्यो । दरबार परिसरभित्र पानी, कफी, जुस, स्यान्डविजहरू खान पाइनु पनि आघुनिक नेपालका लागि सही नै हो । भ्रष्टाचार भएको छ, अनियमितता भएको छ भने त्यो रोक्ने होला तर केही गर्नै नदिने त कसरी राम्रो भयो र ?
अलिकति आलोचना सहितको खबरदारी गरौं भन्ने विचार थियो तर मौसम खराब छ, भो लेख्दिनँ । फेरि प्रेम आले त नेपालको किम जोङ उन हुन् अरे ! मलाई पक्राउ गरेर कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा लगेर फ्याँकिदिए भने ...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...