×

NMB BANK
NIC ASIA

कर्मचारी नै राखेर अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ

माघ ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कर्मचारी नै राखेर अनलाइनमार्फत जुवा खेलाउने १२ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

Muktinath Bank

महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभार, वडा नम्बर–९ नगाउँ र वडा नम्बर–१० बागभैरवस्थित विभिन्न घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायतका विद्युतीय उपकरणसहित १२ जनालाई पक्राउ गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका आरोपीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

पक्राउ परेका व्यक्तिमध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण प्रपञ्च मिलाई ३ वटा घरमा २४ घण्टै सिफ्टवाइज रूपमा अनलाइनमार्फत जुवा खेलाउनका लागि कर्मचारी समेत राखेको देखिएको प्रहरीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

कर्मचारीले फेसबूक आईडीमार्फत अमेरिकन तथा युरोपियन नागरिकलाई साथी बनाएर अनलाइन जुवा खेल्न स्लीप शेयर गरी गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशी समेत पुरस्कारको रूपमा दिने गरेको देखिएको प्रहरीले जनाएको छ ।

जुवा खेलाउने व्यक्तिलाई सोधपुछ गर्दा करीब १० महिना अघिदेखि महिनाको करीब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजीत हुने गरी अनलाइन जुवा खेलाउने गरेको बुझिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको व्यक्तिमा काठमाडौंको कीर्तिपुर–६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय मनिश थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीया कविता थापा, ३० वर्षीय रबिन खड्का, वडा नम्बर–१० कीर्तिपुर बस्ने ४५ वर्षीय बुद्ध महर्जन, वडा नम्बर–८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, १९ वर्षीय साहिल महर्जन, वडा नम्बर १० बस्ने १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर–९ नगाँउ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, बझाङको केदारस्यू गाउँपालिका–५ घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय बिनोद ठगुन्ना र सिन्धुपालचोकको मेलम्ची–१३ घर भई हाल कीर्तिपुर बस्ने १७ वर्षीया रमादेवी श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका व्यक्तिबाट विभिन्न कम्पनीका मोबाइल १७ वटा, विभिन्न कम्पनीका ल्यापटप १४ वटा, कम्प्युटरको सीपीयू २ वटा, कम्प्युटर मोनिटर २ वटा, राउटर ३ वटा, गेमिङ विवरण लेखिएका रजिस्टरहरू थान र ह्वाइट बोर्ड २ वटा बरामद गरिएका प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x