कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडाैं | बैशाख १३, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले गरेको नेपालको राजकीय भ्रमणका क्रममा विभिन्न ८ क्षेत्रमा सम्झौता र एमओयू भएको छ ।
बुधवार काठमाडौंस्थित द्वारिकाज होटेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच भएको भेटवार्तापछि ८ वटा विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समझदारी भएको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले उपलब्ध गराएको सम्झौता र समझदारीमा सांस्कृतिक क्षेत्रदेखि संयुक्त व्यापार परिषद् स्थापना गर्नेसम्मका सम्झौता भएका छन् । मंगलबार नेपाल भ्रमणमा आएका अमिर बुधबारै भेटवार्ता सकेर स्वदेश फर्किसकेका छन् ।
००००
इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघि गएराति १२ बजेदेखि मौन अवधि शुरू भएको हो । दुवै निर्वाचन क्षेत्रमा वैशाख १५ गते उपचुनाव हुँदैछ ।
००००
सरकारमा सहभागी साना दलको अनेक मागले दबाब र तनाव झेलिरिहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पछिल्लोपटक फेरि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ समीकरण बनाउने विषयले थप समस्यामा पार्ने देखिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २१ फागुनमा कांग्रेसलाई छोडेर एमालेसँग नयाँ समीकरण बनाए पनि दुई महिना नहुँदा देखिन थालेका नयाँ कसरतले प्रचण्डमा अनेक सन्देह उत्पन्न गराइदिएको हो ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले साना दलका ‘डिमान्ड’ धेरै भएपछि मिलाउन प्रधानमन्त्री प्रचण्डलाई अप्ठ्यारो भइरहेको बताउँछन् ।
‘साना दललाई पनि मिलाएर अगाडि बढ्नुपर्ने चुनौती छ । यस्तोमा साना दलको डिमान्ड धेरै छन् । यसैले प्रधानमन्त्रीलाई व्यवस्थापन गर्न अलि गाह्रै छ,’ पौडेलले लोकान्तरसँग भने, ‘संघमा देखिएको समस्या व्यवस्थापन हुन्छ । तर प्रदेशको किचलोले पनि अप्ठ्यारो पारिहाल्छ भन्ने स्थिति आइसकेको छैन ।’
साना दलबाट प्रधानमन्त्री प्रचण्डमाथि अनेक सकस उत्पन्न भइरहेका बेला फेरि कांग्रेस र एमाले पनि मिल्दैछन् भन्ने चर्चा छ नि भन्ने लोकान्तरको प्रश्नमा उनले पनि यस्तै सुनेको जानकारी दिए । अहिले प्रचण्डमा बाहिर आत्मविश्वास जस्तो देखिएपनि भित्रभित्रै भने सत्ता ढल्ने त्रास देखिन्छ ।
००००
लुम्बिनी प्रदेशमा ७ जना विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
एमालेका चार, नागरिक उन्मुक्तिका एक, नेकपा एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदको जिम्मेवारी तोकिएको हो ।
००००
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधि सभा सदस्य गुरुङको निलम्बन फुकुवा गरिएको जानकारी दिए ।
००००
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ ।
न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले बुधबार त्रिविका कानुनी सल्लाहकार खनाललाई कुनै पनि कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
००००
लगातार ओह्रालो लागेको सेयरबजार कारोबारमा बुधबार सामान्य सुधार आएको छ । नेप्से परिसूचक ०.१५ अंकको बढोत्तरीसँगै १९६९.१७ अंकमा रह्यो ।
१३ मध्ये वाणिज्य बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेकका सबै समूह घटेका छन् । २.४४ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरीले परिसूचक थामेको देखिएको छ ।
००००
लोक सेवा आयोगले लिएको सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले विभिन्न सेवा तथा समूहतर्फको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले लिएको प्रशासन, न्याय, सरकारी वकिल समूह, लेखापरीक्षण र परराष्ट्र सेवा तर्फको नतिजा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ । जसमा १३ जनाको नाम उल्लेख छ ।
००००
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई चर्को दबाब दिएको पाइएको छ ।
कुँवर इन्टरपोलको महासभामा भाग लिन जाने दिन र अघिल्लो दिन समेत लामिछानेले मन्त्रालयमा बोलाएर जसरी पनि दानबहादुर कार्की र डा मनोज केसीलाई डीआईजीमा बढुवा गर्नुपर्ने भनेर दबाब दिएको स्रोतको दाबी छ ।
आईजीपी कुँवर वैशाख ९ गते फ्रान्स उडेका थिए ।
००००
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई बुधवार दिउँसो विनाविभागीय मन्त्री नियुक्ति गरेका हुन् । परियार गठबन्धन घटक माओवादीका सांसद हुन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...