बैशाख २१, २०७९
कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित विष्ट टोलका मतदाता नेताहरूले यसअघि गरको प्रतिबद्धता पूरा नगरेको र जनताका पक्षमा काम नगरेको भन्दै असन्तुष्ट छन् । गोडेपानी खोलाले विष्ट टोललाई बर्सेनि समस्या दिन्छ भन...
कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३८ वर्षीय दिपेन्द्र ऐरको नियमित दिनचर्या बिहान ५ बजदेखि शुरू हुन्छ । ६–१० बजेसम्म उनी ३ वटा क्याम्पसका विद्यार्थीसँग साक्षात्कार गर्छन् ।
प्राध्यापन अवधिपछि बल्ल शुरू हुन्छ उनको महेन्द्रनगरदेखि धनगढीसम्मको बीबी मार्टको दैनिक यात्रा । अनि पुनः धनगढी, अत्तरिया, झलारीको बीबी मार्ट हुँदै अबेर राति ९ बजे महेन्द्रनगरकै बीबी मार्ट पुग्छन् अनि घर गएर विश्राम लिन्छन् ।
आफ्नो उद्देश्यप्रतिको दृढ इच्छाशक्ति, लगनशिलता र समयको व्यवस्थापन गरे २ भन्दा बढी क्षेत्रमा सँगसँगै सफलता हासिल गर्न सकिन्छ भन्ने उनी सशक्त एवं उदीमान युवा व्यवसायी मध्येका एक उदाहरण हुन् ।
उनको त्यही क्षमता र खुबीले आज ३ वटा क्याम्पसका प्राध्यापक, ४ वटा बीबी मार्ट अर्थात् करोडौं लगानीका सुपर मार्केट (डिपार्टमेन्टल स्टोर) का सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएका छन् ।
उनी भन्छन्, ‘असम्भव भन्ने केही छैन । समयको गतिसँगै काममा लगनशीलता र तत्परता देखायो भने सँगै अरु क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्ने लाग्छ । जसको अभ्यासमा छु । यद्यपी अहिले नै सफल भएको ठान्दिनँ ।’
उनी वित्तीय शास्त्र र रणनैतिक व्यवस्थापन विषयका प्राध्यापक हुन् । उनी महेन्द्रनगरस्थित ब्रिस्टन कलेज, अमिटी कलेज र जनज्योति बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आएका छन् ।
पहाडमा जन्मिएर तराई कर्मथलो
दीपेन्द्रको जन्म डडेल्धुराको अजयमेरु गाउँपालिका–२ मा मध्यम वर्गीय परिवारमा भएको हो । उनको प्रारम्भिक शिक्षा पनि डडेल्धुराकै सहस्त्रलिङ्ग माध्यमिक विद्यालयमा भएको हो ।
२०५३ सालमा बसाइ सरेर उनको परिवार डडेल्धुराबाट कञ्चनपुरको महेन्द्रनगर झर्यो तर पढाइ भने कञ्चनपुरको बेलौरीस्थित महाकाली माध्यमिक विद्यालयमा भयो । उनले २०५६ सालमा एसएलसी उत्तीर्ण गरे । महेन्द्रनगर फर्किएर उनी सिद्धनाथ बहुमुखी क्याम्पसमा भर्ना भए ।
सैद्धान्तिक विषयभन्दा प्रयोगात्मक विषयमा आफ्नो रुचि रहेको बताउने उनी ऐच्छिक गणित लिई आईए उत्तीर्ण भए । बीएसँगै बीबीएसमा पनि भर्ना भएका उनले सँगसँगै निजी स्कूलमा शिक्षण पेशा पनि शुरूआत गरे ।
उनको पढाइसँगै शिक्षण पेशा महेन्द्रनगरमा सीमित रहेन । उनी एमबीएस पढ्न काठमाडौं हानिए । उनको एमबीएस अध्ययन २०६७ सालसम्म लम्बियो । यसैबीच आइडल मोडेल र जेभियर इन्टरनेसनल स्कूलमा पढाउन शुरू गरेको उनी सुनाउँछन् ।
एमबीएसको पढाइ पूरा भएपछि उनी महेन्द्रनगर नै फर्किए । पुनः शिक्षण पेशामा आवद्ध भए ।
‘... अनि नेपाल बैंक लिमिटेडको जागिर छाडें’
शिक्षण पेशामा जमेका उनी २०७२ सालमा नेपाल बैंक लिमिटेडको जागिरे जीवनमा प्रवेश गरे । शुरूआती अवस्थामा बैंकको महेन्द्रनगर शाखामा कार्यरत भए । छोटो अवधिमा बढुवा हुँदै गएका उनको सरुवा रोल्पामा भयो, शिक्षण क्षेत्रमा ब्रेक लाग्यो ।
शिक्षण पेशाबाट हात धुनु परेपछि उनी हैरान भए । बैंकको जागिरबाट बिरक्त भए ।
बैंकको मासिक तलब १७ हजार ७०० रुपैयाँबाट बढेर मासिक १ लाख रुपैयाँसम्म पाउन थाले पनि उनलाई आकर्षित गर्न सकेन ।
उनी भन्छन्, ‘हामी जीवनमा धेरै प्रि–प्लान गर्न सक्छौं तर जीवनका भोगाइहरू, हिँडाइहरू प्रि–प्लानमा नहुँदो रहेछ । रोल्पा सरुवा भयो । घरबाट धेरै टाढा भएँ । मेरा सिर्जनशीलतामा बे्रक लागेको महसूस भयो । सामाजिक जीवनबाट पनि टाढिएझैं लाग्थ्यो । राजीनामा दिए तर स्वीकृत भएन ।’
राजीनामा स्वीकृत नभएपछि उनी कञ्चनपुरको झलारी शाखामा सरुवा भएर आए । त्यतिबेलासम्म उनले बैंकको जागिरलाई विकल्पको रूपमा लिइसकेका थिए ।
बैंकमा ५ वर्ष कार्यरत रहेको बताउँदै उनी भन्छन्, ‘बैंक जागिरको अन्तिम वर्ष मेरो वार्षिक कूल तलब बोनससहित ११ लाख ९६ हजार रुपैयाँ थियो । उसरी मासिक मेरो हातमा १ लाख तलब नआए पनि हिसाब गर्दा पुग्थ्यो तर बैंकको विकल्प खोजिसकेको थिएँ । अन्ततः २०७७ मंसिरदेखि बैंकबाट बाहिरिए ।’
‘जागिरबाट बचेको समय बीबी मार्टमा दिन्थें’
जागिरसँगै शिक्षण पेशालाई सधै निरन्तरता दिएका उनी समयको उच्च व्यवस्थापन गर्दै बचेको समयलाई अन्य कार्यतर्फ चलाखीपूर्ण ढंगले खर्च गर्न थालिसकेका थिए । उनले बैंकको जागिरबाट बाहिरिनुभन्दा डेढ वर्ष पहिलैदेखि बीबी मार्ट व्यवसायको शुरूवात गरिसकेका थिए ।
‘रोल्पा बस्दा आफूलाई निकै सानो क्षेत्रमा रहेको लाग्थ्यो । धेरै काम गर्न नसकिने अवस्था थियो । फलतः बैंक छाड्नुभन्दा पहिले विकल्प के त ? त्यसैले बीबी मार्टको ३ शाखा खोलिसकेको थिएँ तर बैंकको जागिर पनि जारी नै थियो । त्यही बेला बैंकको जागिर छाड्ने सही समय लाग्यो ।’
के हो बीबी मार्ट ?
उनी आफ्नो कूल देवता ‘वीर बेताल सहस्त्रलिङ्ग’को नामबाट बीबी मार्ट अर्थात् एकै छानामुनि सुपर मार्केट व्यवसाय थालेको बताउँछन् ।
बीबी मार्टको पहिलो शाखा महेन्द्रनगरमा २०७६ सालमा स्थापना गरेको उनले बताए । २०७७ सालको घटस्थापनाको दिन झलारी र कैलालीको अत्तरियामा उनले शाखा विस्तार गरे । २०७८ वैशाख ८ गते मुख्य शाखा धनगढीमा पनि स्थापना गरेको उनी बताउँछन् ।
बीबी मार्टको तयारीबारे सुनाउँदै ऐरले भने, ‘म घुम्न मन पराउने व्यक्ति हो । ठूला–ठूला शहरका शपिङ मल घुम्न जान्थे । यो पनि विकासको सूचक नै हो । सुदूरपश्चिममा १–२ वटाबाहेक थिएन । पार्टी प्यालेस, डिपार्टमेन्टल स्टोर हुनुपर्छ भन्ने लाग्यो । त्यो बेला धनगढीमा चौलानी र ओम डिपार्टमेन्टल स्टोर खुलेको देख्दा साह्रै खुशी लाग्यो । मेरो मनमा पनि एकै छानामुनि सबै सुविधा पाउन सक्ने डिपार्टमेन्टल स्टोर व्यवसायले राज गर्न थाल्यो र शुरूवात गरें ।’
बीबी मार्टको पहिलो शाखा महेन्द्रनगरमा १ करोड ८० लाख रुपैयाँमा सञ्चालनमा आएको बताउने उनी हालसम्म सबै शाखामा गरी १० करोड रुपैयाँ लगानी भइसकेको सुनाउँछन् ।
शुरूआती अवस्थामा एकल रूपमा मार्ट सञ्चालन गरेका ऐरले पछि भने आफूसहित ६ जना साथीहरूको संयुक्त लगानीमा मार्ट सञ्चालन गरिरहेको जानकारी दिए ।
कारोबार अवस्था सुनाउँदै उनले भने, ‘गत वर्षसम्म वार्षिक ७–८ करोड बढीको कारोबार थियो । धनगढीमा मुख्य शाखा स्थापना भइसकेपछि अब यो वर्ष दोब्बर हुने सम्भावना छ ।’
बीबी मार्टमा हाल ५६ जनाले रोजगारी पाएका छन् । निकट भविष्यमा पहाडी जिल्लामा समेत शाखा विस्तार गर्ने योजना रहेको सुनाउँदै उनले बीबी मार्टको बिक्री वस्तुको बिक्री मूल्य सकेसम्म कम राखेर बिक्री परिमाण बढाउने रणनीति रहेको सुनाए ।
किराना पसलभन्दा महंगो बिक्री होला नि डिपार्टमेन्टल स्टोरमा भन्ने जिज्ञासमा उनले भने, ‘आम उपभोक्ताको डिपार्टमेन्टल स्टोरमा अझै जाने बानी नभएकाले मात्रै हो तर एकै स्थानमा धेरै सेवा दिन सकिने । किराना पसलभन्दा डिपार्टमेन्टल स्टोरको खरिद परिमाण धेरै हुने हुँदा किरानाभन्दा सस्तोमा दिन सकिन्छ ।’
खुला सीमाले समस्या
सुपर मार्केटको सम्भावना अति नै राम्रो भएको बताउने उनी नेपाल–भारत खुला सीमा नाकाले असर पारेको सुनाउँछन् । ‘हाम्रा उपभोक्ताहरू केही सस्तोमा पाइने भन्दै आफैं झोला बोकेर भारतीय बजार पुग्छन् । केही हदसम्म ठीकै हो तर अवैध ढंगले भित्रिन्छ । भारतीय सामानकै बिगबिगी छ । जसले राज्यलाई नै घाटा हो,’ उनले भने, ‘सबैलाई करको दायरामा ल्याउन सके राजस्वमा वृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रमा नै सुधार आउँथ्यो । हरेक व्यापारिक क्रियाकलाप आधिकारिक रूपमा नेपालमै दर्ता भई नेपालकै सामान बेचून् भन्ने हो ।’
आन्तरिक राजस्व कार्यालय, वाणिज्य विभाग र भन्सार कार्यालयले अनधिकृत रूपमा हुने सामान ओसारपसारलाई नियन्त्रण नगरेसम्म आफूहरूका व्यावसायिक गतिविधि सहज र सबल नहुने उनी बताउँछन् ।
कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित विष्ट टोलका मतदाता नेताहरूले यसअघि गरको प्रतिबद्धता पूरा नगरेको र जनताका पक्षमा काम नगरेको भन्दै असन्तुष्ट छन् । गोडेपानी खोलाले विष्ट टोललाई बर्सेनि समस्या दिन्छ भन...
नेपालकै होचो स्थान भनेर चिनिएको झापाको कचनकवललाई यसपटक स्थानीय तह चुनावले फेरि राष्ट्रिय राजनीतिको चर्चामा ल्याएको छ । कचनकवलमा भइरहेको चुनावी गठबन्धनलाई राष्ट्रिय रूपमा नै चासोका साथ हेरिएको छ । स्थानीय ...
सरस्वती दर्लामी (चिदी) पाल्पाको बगनासकाली गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष हुन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित चिदी लुम्बिनी प्रदेशकै एक्ली गाउँपालिका अध्यक्ष हुन् । स्थानीय तह निर्वाचनबाट लुम्बिन...
व्यस्त दरबारमार्ग । दरबारमार्गको अगाडि नारायणहिटी दरबार । नारायणहिटीको अगाडि छ दरबार मल । दरबार मलको माथिल्लो तलामा देख्न सकिन्छ हिमालयन जाभा कफी हाउस । व्यस्त दरबारमार्गमा जो कोहीले त्यो कफ...
जिउमा ब्लाउजजस्तो देखिने एकसरो पातलो र मैलो कपडा । सामान्य धोती । खुट्टामा उति नै सामान्य चप्पल । चाउरी परेको मुहार । वैशाखको ४० डिग्री तापक्रमका बीच दैनिक १२ घण्टा दाउराको आगो र धूवाँवरिपरिको बसाइले हुनसक्छ...
देशैभर सत्तारुढ ५ दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावको माहोल तताइरहेको छ । कैलालीको टीकापुरमा वैशाखको ३४ डिग्री गर्मीलाई बेवास्ता गर्दै प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्र र कांग्रेस...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...