जेठ १४, २०७९
नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितर...
काठमाडाैं | माघ ९, २०७८
अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको घातक हतियारको पहिलो जत्था उक्त देश पुगेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै अमेरिकाका राष्ट्रपति जो बाइडनले घातक हतियार पठाएका हुन् ।
शुक्रवार अबेर राति युक्रेनको राजधानी कीएभमा रहेको अमेरिकी दूतावासले ट्विटरमा एक मालवाहक विमानबाट हरियो रंगको क्रेटहरू झारिएको तस्वीर अप्लोड गरेको थियो ।
उक्त क्रेटहरूमा लगभग १०० टन घातक हतियार रहेको र युक्रेनका अग्रपंक्तिका प्रतिरक्षकहरूलाई दिइने दूतावासले बतायो । रुसको आक्रामकता बढिरहेको बेलामा युक्रेनको प्रतिरक्षालाई थप मजबूत बनाउन यो आपूर्ति गरिएको पनि दूतावासको दाबी छ ।
गत साताको आरम्भमा अमेरिकाले रुसमा बनेका एमआई–१७ ट्रान्सपोर्ट हेलिकप्टर कीएभलाई दिने घोषणा गरेको थियो । मस्कोसँग किनेर अफगान सरकारलाई दिन खोजिएको हेलिकप्टर तालिबानको विजयपछि कीएभलाई दिइएको हो ।
बेलायतले पनि युक्रेन सरकारलाई एन्टी ट्यांक क्षेप्यास्त्रहरू उपहारमा दिएको छ । अनि बाल्टिक राज्यका रक्षामन्त्रीहरूले पनि युक्रेनलाई स्टिंगर एयर डिफेन्स मिसाइलहरू आपूर्ति गर्न अमेरिकाबाट स्वीकृति पाएको बताएका छन् ।
जर्मनीका चान्सलर ओलाफ शोल्जले चाहिँ युक्रेनलाई कुनै पनि घातक हतियार आफ्नो मुलुकले उपलब्ध नगराउने मंगलवार स्पष्ट पारेका छन् ।
रुसले कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै त्यसलाई रोक्न विदेशीहरूले युक्रेनलाई हतियार दिइरहेका हुन् । मस्कोले चाहिँ युक्रेनमाथि आक्रमणको योजना बनाएको भन्ने पश्चिमको अनुमान झूटो भएको बताउँदै आएको छ ।
The first shipment of assistance recently directed by President Biden to Ukraine arrived in Ukraine tonight. This shipment includes close to
— U.S. Embassy Kyiv (@USEmbassyKyiv) January 22, 2022
200,000 pounds of lethal aid, including ammunition for the front line defenders of Ukraine. [1/2] pic.twitter.com/YeYanK0Px6
नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितर...
मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयकी प्रमुख मिशेल बाचेलेले चीनको सिन्च्याङ प्रान्तको भ्रमण सम्पन्न गरेकी छन् । उनको भ्रमणपछि उच्चायुक्तको कार्यालयले जारी गरेको विज्ञप्तिमा रोचक कुराहर...
चीनका परराष्ट्रमन्त्री वाङ यीले शनिवार सामोआ भ्रमण टुंग्याएका छन् । त्यसअघि उनले त्यहाँका शीर्ष अधिकारीहरूसँग पारस्परिक चासो र सचन्ताका विषयमा वार्ता गरेका थिए । उनले सामोआसँग आर्थिक तथा प्राविधिक सहकार्य...
चिनी उत्पादन गर्ने मुलुकहरूले आफ्नो देशमा मूल्यवृद्धि रोक्नका लागि निर्यात प्रतिबन्ध लगाएकाले चिनीको मूल्य पनि बढ्ने अपेक्षा गरिएको छ । छिमेकी मुलुक भारतले पनि चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । ...
दक्षिणी नाइजेरियामा शनिवार चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरूको मृत्यु भएको हो ...
युक्रेनले डोनबास क्षेत्रको प्रतिरक्षाका लागि सबै प्रयास गरिरहेको तर पछि हट्न बाध्य हुनुपर्ने स्थिति आएको बताएको छ । राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी क्षेत्रमा रुसी सुरक्षाबलहरूको घेराबन्दीलाई रोक्न सम्...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...