जेठ ११, २०७९
मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...
काठमाडाैं | माघ ९, २०७८
काठमाडौं उपत्यकाका सात वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरिएको छ ।
यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भइसकेको छ ।
आइतवारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोमा एक कार्यक्रम गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी मेसिनको उद्घाटन गरेका थिए । सो उद्घाटन पश्चात ७ वटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको बताए ।
'किअस्क' मेसिनमा सीधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने उनको भनाइ छ ।
मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...
काठमाडौंको गुहेश्वर मन्दिर नजिकै बाग्मती खोलाको किनारमा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार कागेश्वरी–मनोहरा ८ बाग्मती खोलाको बीचमा रहेको स...
प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१५ का सुरेन्द्र सिंह र वीर बम्जनलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्...
पत्नी हत्या आरोपमा दोषी ठहर भएका सशस्त्र प्रहरी बल नेपालका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । बिहीवार सर्वाेच्च अदालतले पुरानो फैसला उल्ट्याउँदै कोइरालालाई थप जेल सजाय हुने फैसला गरेको थियो । स...
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । प्रहरीले अछाम मंगलसेन न...
मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो । हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षी...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...