जेठ १४, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताएका छन् । विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उनले...
काठमाडाैं | माघ ९, २०७८
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो विधानका केही अंशहरू नसच्याए आयोगले उपयुक्त निर्णय गर्ने स्पष्ट पारेको छ ।
आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले राप्रपाको विधानको धारा ४ मा सनातन हिन्दू एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भनेकोले सो कुरा अहिलेको प्रचलित विधानले स्वीकार गर्न नदिने भन्दै त्यसलाई हटाउन अनुरोध गरेको बताए ।
उनले आयोगले २०७७ साल माघ ७ गते नेपालको राष्ट्रिय झण्डा, निसान छाप, राष्ट्रिय फूल, रङ, राष्ट्रिय पंक्षी, राष्ट्रिय जनावर, नेपालको नक्शा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वहरूका तस्वीर जस्ता कुराहरूलाई राजनीतिक दललाई चिह्नको रुपमा प्रयोग गर्न नदिने निर्णय गरेको तर राप्रपाले पेश गरेको झण्डामा पनि मध्य भागमा गाईको चिह्न रहने उल्लेख भएकोले यी दुई कुराहरू सात दिनभित्र सच्याएर निर्वाचन आयोगमा बोलाइएको बताए ।
‘पहिला दिइएको भए पनि त्यसको पुनरावलोकन गर्ने भन्ने आयोगको निर्णय छ । त्यही निर्णयलाई कार्यान्वयन गर्नको लागि उहाँहरूले अहिले पेश गरेको झण्डामा पनि झण्डाको मध्य भागमा गाईको चिन्ह रहनेछ भनेर लेखिएको छ, त्यो नराख्नको लागि उहाँहरूलाई पत्राचार गरिएको हो,’ उनले भने, ‘आशा छ आउला र तदनुरुपको परिवर्तन हुन्छ । सामान्यतया आयोगले दिएको विधिसम्मत् निर्देशनलाई राजनीतिक दलहरुले कार्यान्वयन गर्नुहुन्छ नै भन्ने मान्यता हो । यदी त्यस्तो भएन भने यही कुरो आयोगमा पेश गर्दछौँ । त्यसपछि आयोगले उपयुक्त निर्णय गर्छ ।’
राप्रपाले भने निर्वाचन आायोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको भन्दै कानूनी र राजनीतिक उपचार खोज्ने निष्कर्ष निकालेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताएका छन् । विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उनले...
कास्कीमा क्रियाशील पाँचदलीय गठबन्धनले गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा र सुरक्षा उपलब्ध गराउनका निम्ति कानुनी मस्यौदा तयार गर्न गठन गरिएको कार्यदल भङ्ग गर्न माग गरेको छ । पाँचदलीय गठबन्धन...
संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ...
आगामी आर्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफल सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेर सरकारको नीति ...
प्रधानमन्त्री शेरबहादुर देउवाले चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड (बीआरआई)को विरोधी नभएको त्यसका बारेका विस्तृत छलफल गरेर निर्णयमा पुग्नुपर्ने बताएका छन् । संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ द...
जनताको काम गर्नेले कहिल्यै हार्नु पर्दैन भन्ने उदाहरण हुन् तेह्रथुमको लालीगुराँस नगरपालिका-९ का वडाध्यक्ष अम्बरबहादुर गुरुङ । २०४३ सालयता उनी लगातार जनप्रतिनिधि निर्वाचित हुँदै आएका छन् । २५ वर्षको उमेरमा प्रध...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...