जेठ १३, २०७९
सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले शुक्रवारको संसदको बैठकमा १० जेठको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा कर घटाउने प्रस्तावला...
नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालले तयारी बिना नै सवारी तथा यातायातका साधनहरूमा सवारी प्रदुषण मापदण्ड युरो ६ लागू गरिए त्यसले समस्या निम्तने जनाएको छ ।
आइतवार पत्रकार सम्मेलन गर्दै नाडाले यूरो ६ लागू गर्नका लागि पूर्वाधारहरू नबनिसकेकाले अहिले नै यसलाई लागू गराउँदा समस्या निम्तने जनाएको हो ।
नाडाले यूरो ३ बाट अहिले ४ र पछि ६ लागू गर्नुपर्ने समेत जनाएको छ । युराे ६ मा जान अहिले नै देशमा उपयुक्त पुर्वाधारहरूलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार भइनसकेकाे नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बताए ।
उनले हाल कार्यान्वयमा रहेकाे युराे ३ पछि युराे ४ लागु नगरी युराे ६ मा जादा लागत बढ्ने बताए ।
'त्याे बढ्ने लागतकाे असर अन्तत्वगत्वा उपभोक्तालाई नै पर्नेछ,'उनले भने । साेही कारण चरणबद्ध रूपमा युराे ६ मा जानुपर्ने उनले बताए ।
युराे ६ लागु भए कमर्सियल भेहिकलकाे मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने देखिएकाे उनले बताए ।
युराे ६ मा जान भारतले पनि ४ वर्ष लगाएकाे भन्दै उनले अझै पनि विकसित मुलुक युराे ६ मापदण्डमा नगइसकेकाे बताए । 'विकसित मुलुकहरू पनि युराे ६ मापदण्डमा नजानुकाे कारण त पक्कै छ । सबै भन्दा पहिला पुर्वाधार बन्नुपर्छ । त्याे अहिले नेपालमा बनिसकेकाे छैन,' मल्लले भने ।
उनले व्यवसायीहरू पनि युराे ६ मा जान चाहेकाे तर चरणबद्ध रूपमा जानुपर्ने बताए । उनले युराे ६ मा जानकाे लागि अब २ वर्षकाे समय दिनुपर्ने बताए । उनले सुरूमा हाल प्रयाेग भइरहेकाे युराे ३ बाट युराे ४ मा जाने सहमति भएकाे पनि बताए ।
पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव थापाले युराे ४ लागु गर्न तयार रहेकाे तर एकै पटक युराे ६ मा जानुभन्दा क्रमिक रूपमा जानुपर्ने बताए ।
युराे ३ बाट एकैपटक युराे ६ मा जान व्यवहारिक पनि नभएकाे उनले बताए । "युराे ६ मा जानकाे लागि हालकाे युराे ३ र युराे ६ काे प्रविधिमा धेरै फरक हुन्छ । जनशक्तिलाई पनि सिकाउनुपर्नेछ । त्यसैले समय चाहिएकाे हाे," उनले भने ।
प्राविधिक पक्षमा बलियाे हुन दुई वर्ष लाग्ने नाडाले जनाएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले शुक्रवारको संसदको बैठकमा १० जेठको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा कर घटाउने प्रस्तावला...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग माग गरेको छ । शुक्रवार नाडा प्रर्सपेक्टिभ अन करेन्ट सेनारियो– रेस्ट्रि...
नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतमा सीमित हुने भएको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक बृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, सरकारको लक्ष्यअनुसार आर्थिक बृद्धि हुन सकेन् । अर्थमन्त्रालयले शनिवार सार्वज...
यही जेठ १५ गते सदनमा प्रस्तुत गर्ने बजेटलाई अर्थ मन्त्रालयले अन्तिम रूप दिइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार सदनमा प्रस्तुत गर्ने बजेट वक्तव्यलाई आजै अन्तिम रूप दिएर भोलि (शनिवार) छपाइमा पठाइँदैछ । आगा...
नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले शनिवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) नेपालको...
सरकारले सञ्चालन गरेका विभिन्न क्षेत्रका ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा सञ्चालित भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा जम्मा २२ वटा संस्थान मात्रै नाफामा रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वा...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...