×

NMB BANK
NIC ASIA

काठमाडौं, १६ असार– दोस्रो चरणको स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको खुसी बाँड्न नपाउँदै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका लागि नराम्रो खबर हुन सक्छ कि उनी आफ्नै गृहजिल्ला डडेल्धुरामा कमजोर भएका छन् ।

२०४६ सालपछि भएका सबै संसदीय चुनावमा डडेल्धुरामा देउवाले पराजय भोगेका छैनन् । यहाँसम्म कि डडेल्धुरामा उनीसँग प्रतिस्पर्धा गर्ने उम्मेदवार नै छैनन् पनि भन्ने गरिन्छ । तर अब भने गृहजिल्ला डडेल्धुरामा देउवाको प्रभाव कमजोर हुँदै गइरहेको विश्लेषण भइरहेको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसलाई डडेल्धुरामा पहिलो दल बन्न त्यति सजिलो छैन ।

नेपाली कांग्रेसले आफ्नो गढ भनेर दावी गर्ने डडेल्धुरा सदरमुकाम रहेको अमरगढी नगरपालिकाको नेतृत्व गुमाइसकेको छ । अमरगढीको मेयरमा एमालेका विशेश्वर प्रसाद ओझा र उपमेयरमा एमालेकै संगिता भण्डारी विजयी भएकी छन् ।

जिल्लाको अर्को नगरपालिका परशुरामको नेतृत्व पनि कांग्रेसको पक्षमा नहुने लभभग निश्चित भइसकेको छ । आधाजति मतगणना भइसक्दा परशुरामको मेयरमा माओवादी केन्द्रका शेरसिंह मालले अग्रता लिइरहेका छन् भने उनलाई नेकपा एमालेका तारिसिंह बोहराले पछ्याइरहेका छन् । कांग्रेसका भीमबहादुर साउँद भने तेस्रो स्थानमा रहेर संघर्ष गरिरहेका छन् ।

गाउँपालिकामध्ये अहिले आलीताल र देउवाको आफ्नै घर रहेको गन्यापधुरमा मात्रै कांग्रेसको अग्रता छ । अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार उमेशराज भट्ट विजयी भइसकेका छन् । भागेश्वर र नवदूर्गा गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा छ । यी दुई गाउँपालिकामा कहिल्यै कांग्रेस त कहिल्यै एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

देउवाकै कारण कांग्रेस कमजोर

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी तोक्ने बेला डडेल्धुरा कांग्रेसमा विवाद बढ्यो । त्यसको कारण थियो पार्टीका केन्द्रीय सभापति देउवाले उम्मेदवार चयनमा प्रत्यक्ष हस्तक्षेप गर्नु । कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले त सभापति देउवाले आफ्ना नातेदार र आफन्तलाई मात्रै उम्मेदवार बनाएको भन्ने आरोप पनि लगाएका छन् ।

डडेल्धुरामा धेरै ठाउँमा पार्टीबाट असन्तुष्ट रहेका कांग्रेसका कार्यकर्ताले स्वतन्त्र (बागी) उम्मेद्वारी पनि दिए । कतिपय ठाउँमा त कांग्रेसका आधिकारिक भन्दा पनि बागी उम्मेदवारले बढी मत पाएको पनि देखियो । अजयमेयरु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार कमलसिंह बिष्टभन्दा कांग्रेसबाट बागी उम्मेदवार उठेका कमलसिंह भाटले बढी मत प्राप्त गर्नु यसको एक उदाहरण हो ।

जिल्ला नेताको कमजोरी

गत फागुन १८ गते सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा डडेल्धुराका सबै क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ विजयी भएको थियो । जीत पछि आयोजित विजयी शभालाई सम्बोधन गर्दै डडेल्धुरा कांग्रेसका सभापति कर्णबहादुर मल्लले ‘अब एमालेको सूर्यमा ग्रहण र माओवादीको हँसिया हतौडामा खिया लाग्यो’ भनेर भाषण गरेका थिए । तर उनको त्यो भाषण भाषणमा मात्रै सीमित रह्यो ।

स्थानीय तह चुनावमा कांग्रेसले कमजोर प्रदर्शन गर्नुमा मूख्य जिम्मेवार जिल्ला तहकै नेता छन् । खासगरी जिल्ला सभापति कर्ण मल्ल र पूर्व जिल्ला सभापति रघुवीर भट्टले गुटमा रमाउनुले नै डडेल्धुरामा कांग्रेस कमजोर भएको जिल्ला तहका नेताहरु बताउँछन् ।

अब आउने चुनावी परिणाम जस्तोसुकै भएपनि कांग्रेसका गढका रुपमा चिनिने डडेल्धुराको राजनीतिक बृत्तमा गरिने परिभाषा फेरिने निश्चित भइसकेको छ । र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले आफ्नै जिल्लामा समेत पार्टीलाई बहुमत ठाउँमा जिताउन नसकेको भन्दै उनकै पार्टीभित्र आलोचना हुने छ ।

दोस्रो चरणको निर्वाचन गराउन देउवा पक्कै पनि सफल भएका छन् । तर गृहजिल्लामा प्रभाव गुम्दै जानु उनी आन्तरिक रुपमा कमजोर बन्दै गएको संकेत पनि हो । यसले उनका आलोचक र विरोधीलाई अझ बढी बल पुगेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x