माघ ७, २०७९
कैलाश मानसरोवर ! जहाँ लेक लाग्ने डरले तन्नेरी पुस्ता जान डराउँछन् । ट्राभल एजेन्सीहरूले वृद्ध, श्वासप्रश्वास सम्बन्धी समस्या भएका नागरिकलाई लैजान मान्दैनन् । ८८ वर्षको उमेरमा समुन्द्र सतहभन्दा ४ हजार ५९० मिटर उचाइ...
कास्की | माघ २०, २०७८
कास्कीको रूपा गाउँपालिका–६ काउरे देउरालीका कृष्णप्रसाद सुवेदीको गाउँमै रहेको करीब १० रोपनी जग्गा वर्षौंसम्म बाँझो रह्यो ।
बाल्यकालमा जान्ने–बुझ्ने भएदेखि आफ्नो पाखोबारीमा हरेक वर्ष मकै, गहुँ र घैया उत्पादन गरेको सम्झना छ उनलाई । त्यसैले आफ्नो पालामा पनि उनले उत्पादनलाई नै जीविकाको बाटो रोजे ।
गाउँलेको खेतबारीमा नजिकैको जंगलबाट बेला–बेलामा बाँदर पस्ने र अन्नबाली खाइदिने समस्या पुरानै थियो । कुरुवा बसेर भए पनि बाँदर धपाउने गरेका थिए गाउँलेले ।
पछिल्लो समय बाँदरको बिगबिगी वर्षैपिच्छे बढ्दै गयो । त्यसैले अरु गाउँलेसँगै कृष्णप्रसाद सुवेदीले पनि परम्परागत खेतीपातीबाट हात धुनुपर्यो र पाखोबारी वर्षौंसम्म बाँझो रह्योे ।
अहिले खेतीपातीको तौरतरिका र उद्देश्य बदलिएको छ । उनको जस्तै कथा–व्यथा भएका अरु कृषक पनि एकजुट भएका छन् गाउँमा । बाँझो जग्गा लिजमा लिँदै समूह बनाएर काम गर्न थालेका छन् गाउँले ।
समूह बनाएर काम गर्न थालेपछि कृषि उत्पादन ह्वात्तै बढेको छ । सुवेदीले भने, ‘गएको वर्षदेखि बाँझो जग्गा लिजमा लिएर कागुनो धान खेती शुरू गरेका छौं ।’
उनका अनुसार कागुनो बाँदरले खान नरुचाउने अन्न हो, जुन कुरा कृषक समूहले क्षमता अभिवृद्धि तालिममा सहभागी भएपछि गत वर्ष थाहा पाए ।
सामूहिक खेती गर्ने योजना अनुरूप नै कृष्णप्रसाद लगायत अन्य १०० घरपरिवार मिलेर रूपा गाउँपालिका–६ काउरे देउरालीको सिरानमा रहेको थामस्वाँरोमा करीब ६० रोपनी जग्गा लिजमा लिएका छन् ।
करीब २० घर परिवारको लालपूर्जामा रहेको त्यो जग्गा वर्षौंदेखि बाँझै थियो । आजकल त्यो जग्गा खेतीपातीले हराभरा भएको छ ।
पोहोर गरेको खेतीबाट करीव १०० मुरी कागुनो उत्पादन भएको र यस वर्ष उत्पादन अझै बढाउने योजनामा कृषकहरू छन् । बेगनास रूपा जलाधार क्षेत्रमा पाइने ४५ प्रकारका रैथाने धानमध्ये कागुनो धान पनि एक हो । चिनी रोगका बिरामीका लागि अतिउपयोगी मानिने कागुनो धानको बजार पनि राम्रो पाएपछि किसानहरू उत्पादन बढाउन हौसिएका छन् ।
काउरे देउराली गाउँ बेगनास रूपा जलाधार क्षेत्रमा पर्ने करीब २ दर्जन गाउँको प्रतिनिधि गाउँ हो, जहाँका करीब आधाजति कृषक परिवारले कागुनो लगायतका अन्य बजार केन्द्रित रैथाने खेतीपाती गरिरहेका छन् ।
रैथाने उत्पादनको माग वर्षैंपिच्छे बढ्न थालेपछि यसतर्फ आकर्षित भएको गाउँलेहरू बताउँछन् । शहरबजार मात्र नभएर अन्य जिल्लाका मानिस पनि कागुनो लिन भन्दै घरसम्मै आउने गरेका काउरे देउरालीकी सीताकुमारी विकले बताइन् ।
पोखरा महानगरपालिका–३१ तालबेसीकी ४८ वर्षीय मैना थापाले यस वर्ष ८० मुरी रातो अनदी उत्पादन गरिन् । यसका लागि करीब ३० रोपनी जग्गा प्रयोग गरेकी हुन् । ५ वर्ष अघिसम्म पारिवारिक उपयोगका लागि मात्र गरेको खेतीपाती अहिले उद्योगमा परिणत भएको छ ।
उत्पादनले बजार लिन थालेपछि कृषिमार्फत नै आफू उद्यमशीलतातर्फ लागेको अनुभव थापाले सुनाइन् । आफूसँग भएको ३० रोपनी जग्गामा थप २० रोपनी जग्गा पनि लिजमा लिएर जेठोबूढो धान पनि उत्पादन गर्दै आएकी छन् उनले । ‘यहाँका रैथानेहरू शहर बजारतिर बसाइ सर्न थाले, छाडेका बाँझो खेतबारी हामीले स्याहारेका छौं,’ उनले भने ।
बेगनास र रूपा जलाधार क्षेत्रका स्थानीय कृषकलाई जैविक विविधता संरक्षण तथा सूचना केन्द्रले सहजीकरण गर्दै आएको छ । संस्थाको सञ्चालक समितिका अनुसार सामूहिक खेतीको उपयोगिता बुझेपछि अहिले बेगनास र रूपा जलाधार क्षेत्रमा करीब ४०० घरधुरीमध्ये २०० घर परिवारले कृषिलाई जीविकाको माध्यम बनाएका छन् ।
वातावरण संरक्षण र दीगो विकास नारालाई आत्मसात गर्दै स्थानीयकै पहलमा ५ वर्षअघि बेगनास तालको सिरान अर्थात् पोखरा–३१ सुन्दरीडाँडामा जैविक विविधता संरक्षण तथा सूचना केन्द्र स्थापना गरिएको थियो । केन्द्रले कृषकलाई तालिम दिने, उत्पादन खरिद गरिदिने, रचनात्मक काम गर्नेलाई पुरस्कृत गर्ने लगायत अनुगमन, मूल्याकंन लगायतका काम समेत गर्ने हुँदा स्थानीयहरू सक्रियताका साथ कृषि उत्पादनमा लागेका छन् ।
सूचना केन्द्र सञ्चालक समिति अध्यक्ष लेखनाथ ढकालका अनुसार सूचना केन्द्रमा आवद्ध करीब २ दर्जन गाउँका २३ कृषक समूहले पछिल्लो २ वर्षमा ४ हजार मुरी जेठोबूढो, २ हजार मुरी अनदी, १०० मुरी कागुनो, २०० किलोग्राम मह लगायतका उत्पादन जैविक सूचना केन्द्रमा बुझाएका छन् ।
कैलाश मानसरोवर ! जहाँ लेक लाग्ने डरले तन्नेरी पुस्ता जान डराउँछन् । ट्राभल एजेन्सीहरूले वृद्ध, श्वासप्रश्वास सम्बन्धी समस्या भएका नागरिकलाई लैजान मान्दैनन् । ८८ वर्षको उमेरमा समुन्द्र सतहभन्दा ४ हजार ५९० मिटर उचाइ...
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको उत्पादनले स्थानीय जनतालाई ६ महिना पनि खान पुग्दैन । यहाँ आलु, गहुँ, फापर जस्ता बाली उत्पादन हुन्छन् । उत्पादन कम भएको र खान–लगाउन नपुग्ने भए पनि यहाँका युव...
ठूला समारोह र भोजभतेरमा ‘प्लाष्टिक’ र ‘फाइबर’बाट बनेका भाडामा खानेकुरा पस्किएर दिने चलन बढेपछि मौलिक रैथाने पातबाट बन्ने नेपाली दुना–टपरी हराउन थालेका छन् । तातो वस्तु प्रयोग...
सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे । नेपाल राष्ट्र बैंकको प्रदेश स्तरी...
बागलुङको पश्चिम दुर्गम बुर्तिबाङको विपन्न परिवारकी रीमा तेनी अवसरको खोजीमा ३ वर्षअघि बुटवल झरिन् । २ छोराको जिम्मेवारी बोकेकी उनलाई अटो रिक्सा चलाउन धेरैले सुझाए । रिक्सा चलाउने ज्ञान नभएकी उनी काका नाता ...
विक्रम संवत् २०३२ सालमा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधाराचाँदनीमा २०२२ साल सेरोफोरामा बसाइ शुरूआत भए प...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...