२२ असार २०८३, सोमबार

हिमपातले कलमी गरेका सुन्तलाका बिरुवा नष्ट

माघ २८, २०७८
हिमपातले कलमी गरेका सुन्तलाका बिरुवा नष्ट

लगातार दुई दिनसम्म परेको भारी हिमपातले जाजरकोटमा कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो ।

दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म उद्योगका प्रोपराइटर जानुका मल्लले जानकारी दिए । दुई प्लाष्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएको प्रोपराइटर मल्लको भनाइ छ । 

मल्लले दिएको जानकारीअनुसार शिवबहादुर मल्ल प्रोपराइटर रहेको प्रविण हिउँदे तथा वर्षे फलफूल नर्सरीमा भने हिउँले त्यस्तै क्षति गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजात फलफूल जोनबाट विभिन्न अनुदान प्राप्त गरेका उक्त नर्सरीका बिरुवा हिमपातले नष्ट भएपछि नर्सरी सञ्चालक तथा प्रोपराइटर चिन्तित भएका छन् । -रासस

salt training

कमेन्ट गर्नुहोस्