×

NIC ASIA

एमसीसीको तनाव

एमसीसीमा नेतृत्वलाई दोहोरो दबाब: एकातिर अमेरिकाको चेतावनी, अर्कातिर जनमत

माघ २८, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रमुख ३ दलका शीर्ष नेतालाई फोन गरेर अनुमोदनका लागि दबाब दिएसँगै मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)सम्बन्धी विषय थप पेचिलो बनेको छ ।

लूले बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसीबारे छिटो निर्णय लिन दबाब दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमसीसी अनुमोदन नगरेमा चीनको प्रभावमा परेको भनेर आफूहरूले बुझ्ने चेतावनी समेत लूले दिएको चर्चा छ ।


Advertisment
Rupse Holidays
Nabil box

एमसीसीका सम्बन्धमा सत्ता गठबन्धनमा एक मत छैन भने प्रमुख प्रतिपक्षी दल एमालेले गठबन्धनले निर्णय गरेपछि मात्र धारणा बनाउने बताउँदै आएको छ ।

Vianet communication

सत्ता घटक दल नेकपा एकीकृत समाजवादीले फागुन १ गते ७७ वटै जिल्लामा एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन आयोजना गरेको छ । 

प्रतिनिधि सभा बैठकको ठीक अघिल्लो दिन सरकारमा रहेको दलले विरोध प्रदर्शन आयोजना गर्नु अर्थपूर्ण छ । 

सत्ता गठबन्धनमा रहेकामध्ये बहुमत दल एमसीसी यथास्थितिमा कार्यान्वयनमा लैजान नहुने पक्षमा छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्पष्टरूपमा एमसीसीको विरोध गर्दै आएका छन् । सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने एमसीसीबारे स्पष्ट धारणा बनाएको छैन ।

उक्त पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव मौन छन् । 

तर, गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने जसरी पनि एमसीसीलाई संसद्मा पुर्‍याउने प्रयासमा लागेका छन् । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तीन नेताहरूको बैठकमा पनि प्रचण्ड र माधव नेपालले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न सघाउन नसक्ने जवाफ प्रधानमन्त्री देउवालाई दिएको स्रोतको दाबी छ ।

गठबन्धनमा रहेकामध्ये तीन दलले प्रधानमन्त्रीलाई एमसीसी अनुमोदन गराउन सहयोग गर्न नसक्ने स्पष्टरूपमा बताइसकेका छन् । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तीन नेताहरूको बैठकमा पनि प्रचण्ड र माधव नेपालले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न सघाउन नसक्ने जवाफ प्रधानमन्त्री देउवालाई दिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, प्रधानमन्त्रीले भने अमेरिकाले दिएको डेडलाइन दुई नेतालाई सम्झाएका छन् । 

फागुन १६ भित्र एमसीसी संसदबाट अनुमोदन गराउनैपर्ने अडानमा प्रधानमन्त्री रहेको उनी निकट स्रोतले बताएको छ । 

स्थानीय तह निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यतिबेला राजनीतिक दलहरू आफ्नो शक्ति विश्लेषण, चुनावी योजना र रणनीति निर्माणमा जुट्नुपर्ने हो । 

आकर्षक चुनावी नारा बनाउनेबारे विचार विमर्श हुनुपर्ने हो । मतदाता फकाउने कार्यक्रम ल्याउनुपर्ने हो, तर दलहरू भने विदेशी सहयोग लिने कि नलिने भन्ने गन्जागोलमा फसेका छन् ।

स्थानीय तहको निर्वाचन आउन तीन महिना समय मात्रै बाँकी रहँदा दलहरू भने एमसीसीको चक्करमा छन् ।    

आफ्नै समयसीमाको बन्धन र दोहोरो दबाब

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका सम्बन्धमा राजनीतिक दलहरू बीचमा समझदारी बनाउन समय मागेका थिए । उनीहरूले संयुक्तरूपमा हस्ताक्षर गरेर एमसीसीलाई पत्र नै लेखको थिए ।

उनीहरूले आगामी फागुन १६ सम्मको समय मागेको सार्वजनिक भइसकेको छ ।

अमेरिकाले जवाफी पत्र लेखेर त्यस समयसीमामा एमसीसी अनुमोदन नगराए फिर्ता लिने चेतावनी दिइसकेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा भने आफ्नै पालामा शुरू भएको ठूलो सहयोगको परियोजना आफ्नै नेतृत्वको सरकारको पालामा कार्यान्वयनमा लैजान चाहन्छन् । 

अर्कातर्फ, आफैँले पत्र लेखेर अनुमोदन गर्ने समयसीमा तोकेका कारण पनि देउवा उक्त समयसीमाको बन्धनमा छन् । 

प्रधानमन्त्री निकट कांग्रेसका एक नेता भन्छन्, ‘प्रधानमन्त्री आफैँले लेखेको पत्रका कारण अहिले दबाबमा पर्नुभएको छ ।

अमेरिकीहरूले पनि त्यही पत्रलाई देखाएर दबाब दिइरहेका छन् । तर, सत्ता सहयात्री दलहरू एमसीसीमा देउवालाई सघाउने पक्षमा छैनन् । उहाँ यतिबेला चुनौतिपूर्ण अवस्थामा हुनुहुन्छ ।’

देउवा र प्रचण्डले संयुक्तरूपमा पठाएको पत्रलाई देखाएर अहिले अमेरिकाले दबाब बढाइरहेको कांग्रेसका एक नेताले बताए । उनले भने, ‘कसैलाई भेट्छु भनेर समय दिएर घरमा बोलाएपछि दिइएको समयमा घरमा भइएन भने बेइमानी हुन्छ । अहिले प्रधानमन्त्रीलाई त्यस्तै भएको छ । आफूहरूले दिएको समयको कारण दबाब सिर्जना भएको हो ।’

नेपाली कांग्रेसमा पनि कतिपय नेताले सभापति देउवालाई एमसीसीमा एकलौटीरूपमा अघि नबढ्न दबाब दिइरहेका छन् ।

एमसीसीबारे तल्लो तहसम्म प्रश्न उठिरहेकाले त्यसको जवाफ दिएर मात्रै अघि बढ्न कांग्रेसका नेताहरूले प्रधानमन्त्रीलाई सुझाव दिइरहेको ती नेताले बताए ।

एमसीसी बारेमा पार्टीमा छलफल नगरेको भन्ने आरोप पनि देउवामाथि छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि एमसीसीमा उस्तै दोहोरो दबाब छ । 

सरकारको नेतृत्वमा रहँदा उनले एमसीसी अघि बढाउने तत्परता देखाइरहेका थिए । तर, पार्टीभित्रको चर्को विरोधका कारण उनले चाहेजसरी एमसीसी संसद्मा लैजान सकेका थिएनन् । 

सरकारबाट हटेपछि ओलीले एमसीसीलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरिरहेका छन् । सत्ता गठबन्धन टुटाउन एमसीसी प्रयोग गर्न सकिने बुझाइसहित एमालेले पोजिसन बनाइरहेको छ । तर, एमालेमा पनि तल्लो तहका नेता कार्यकर्ता एमसीसीमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह नगरोस् भन्ने पक्षमा छन् ।

स्थानीय तहको निर्वाचन नजिक आएको र एमसीसीमा पार्टी नेतृत्व मुछिँदा निर्वाचनमा मूल्य चुकाउनुपर्ने बुझाइ तल्लो तहका कार्यकर्ताको छ । जिल्ला भ्रमणका क्रममा पाएको यो सुझावबारे पार्टीका शीर्ष नेतासँग छलफल भएको एमालेका एक पोलिटब्यूरो सदस्यले बताए ।

एमसीसीका कारण सबैभन्दा दबाबमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छन् । उनलाई सत्ता गठबन्धन पनि भत्काउन नहुने, एमसीसी पनि रोक्नुपर्ने दबाब छ ।

त्यसबाहेक, आफैँले हस्ताक्षर गरेर अमेरिकालाई पठाएको पत्रका कारण पनि प्रचण्डलाई समय सीमाको दबाब छ । यद्यपि उनले उक्त पत्रको व्यहोराबाट आफ्नो पोजिसन बदलेका छन् ।

बिहीवार बिहान प्रधानमन्त्रीलाई प्रचण्डले चुनावअघि सम्झौता अगाडि बढाउन नसक्ने जानकारी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई गराउने प्रस्ताव गरेका थिए । तर, देउवाले अघिल्लो पत्र सम्झाएर अब त्यसो गर्न नसकिने जवाफ प्रचण्ड र माधव नेपाललाई दिएको बालुवाटार स्रोत बताउँछ । 

त्यसबाहेक, माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकबाट एमसीसीबारे निर्णय लिने अपेक्षा गरिएको थियो । 

माघ २८ र २९ गतेका लागि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक हठात अनिश्चित कालका लागि स्थगित गरिएको छ । 

एमसीसी गठबन्धनको एजेण्डा बाहिरको विषय  

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको एजेण्डाभन्दा बाहिरको विषय ल्याएर गठबन्धनलाई दबाबमा पारेको बताउँछन् । 

गठबन्धन सरकार सञ्चालनको लागि न्यूनतम साझा कार्यक्रम तय भएको र त्यसमा एमसीसी समावेश नभएको उनीहरूको तर्क छ ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले एमसीसीमा चित्त नबुझ्ने पचासौं विषय भएको तर, प्रधानमन्त्रीले एमसीसीमा दबाब सिर्जना गरिरहेको बताए ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको एजेण्डाभन्दा बाहिरको विषय ल्याएर गठबन्धनलाई दबाबमा पारेको बताउँछन् ।  गठबन्धन सरकार सञ्चालनको लागि न्यूनतम साझा कार्यक्रम तय भएको र त्यसमा एमसीसी समावेश नभएको उनीहरूको तर्क छ ।

‘अमेरिकाले एमसीसी दिएर धेरै ठूलो दया गरेको होइन । धनी देशहरू सहयोगको नाममा त्यो भन्दा बढी फिर्ता लगिरहेका हुन्छन् । सम्झौतामा भएका धेरै विषय संशोधन नगरी कार्यान्वयनमा लैजान सकिँदैन’, पौडेलले भने । 

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले चुनावअघि एमसीसीको च्याप्टर क्लोज हुनुपर्ने बताए ।

निर्वाचनको मिति घोषणा भइसकेको हुँदा दलहरू निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले एमसीसी अहिलेलाई थाती राख्नुपर्ने माओवादी नेताहरूको भनाइ छ । 

पोखरेलले भने, ‘गठबन्धन तोड्ने हाम्रो नियत छैन, आशय पनि छैन । हाम्रो भावना पनि छैन ।

गठबन्धन भित्रबाट सरकार निर्माण गर्ने बेलामा साझा न्यूनतम कार्यक्रम भनेर ल्याएको विषय भन्दा बाहिरको एजेण्डामा दबाब दिने काम ठीक होइन ।’

गठबन्धनमा प्रधानमन्त्रीले एमसीसीबारे अनावश्यक दबाब सिर्जना गरेको पोखरेलले बताए ।

‘गठबन्धन बनाउँदा तय गरिएको न्यूनतम साझा कार्यक्रमभन्दा बाहिरबाट अरू प्रस्ताव ल्याउन हुँदैन । गठबन्धन एमसीसी पास गर्नका लागि बनेकै होइन’, पोखरेलले भने ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले गठबन्धन पनि कायम रहने र एमसीसी पनि रोक्ने पार्टीको नीति रहेको बताए ।

आगामी निर्वाचनमा एमसीसी निर्वाचनको एजेण्डा बन्ने भएकाले त्यसलाई थाती राख्नुपर्ने उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x