×

NMB BANK
NIC ASIA

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ- वनमन्त्री यादव

माघ २९, २०७८

NTC
Premier Steels

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताएका छन् । 

Muktinath Bank

शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित शुक्लाफाँटा, जोगबुढा र लालझाँडी कम्प्लेक्समा बाघ गणनाको उद्घाटन समारोहमा मन्त्री यादवले बाघ पाइने संरक्षित क्षेत्र र जैविक मार्गमा बन्ने संरचना वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरेर वन्यजन्तु संरक्षणलाई विशेष प्राथमिकतामा राख्न लागिएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले मुलुकमा बाघ पाइने निकुञ्ज तथा वनलाई तीनवटा कम्प्लेक्समा विभाजन गरेर गत मङ्सिर १९ गते चितवनबाट गणना थालिएको बताए । मुलुकको पर्यटन वन्यजन्तु पर्यटनमा केन्द्रित रहेको हुँदा आगामी दिनमा बाघको बासस्थानको गुणस्तरमा सुधार, निकुञ्ज बाहिर रहेका बाघको बासस्थान अतिक्रमणबाट जोगाउनेमा जोड दिइएको बताए । 


Advertisment
Nabil box
Kumari

बाघ, गैँडा, हात्तीलगायतका महत्त्वपूर्ण वन्यजन्तुको विचरण तथा आनाबानीमा असर नपर्ने गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने र सरोकारवालाबीच समन्वयलाई प्रभावकारी बनाइने बताए । सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य यस सर्वेक्षणले  यकिन गर्ने बताए । 

Vianet communication

'बासस्थान मासिनु, आहारा प्रजातिको कमी र चोरी शिकारी बाघ संरक्षणका मुख्य चुनौती हुन्,' उनले भने, 'बाघको बासस्थानमा भौतिक संरचना निर्माणकार्यले थप चुनौती थपिएको छ ।' बाघ संरक्षण कार्ययोजना तयार गरी बाघ संरक्षण एकीकृत एवं व्यवस्थित गरिँदै लगेको मन्त्री यादवको भनाइ थियो ।

पर्यापयर्टनसित प्रत्यक्षरूपमा जोडिएको बाघको संरक्षण गरी यसबाट पाउने लाभलाई धेरैभन्दा धेरै समुदायमा पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्न मन्त्री यादवले निर्देशन दिए । 

आफू वन मन्त्रालयको कार्यभार सम्हालेपछि वन्यजन्तुको चोरी शिकारी नियन्त्रण, नदीजन्य पदार्थको दोहनमाथि नियमन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत वन्यजन्तुको बासस्थान संरक्षण तथा व्यवस्थापनका कार्यमा जोड दिएको बताए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघ गणना २१ दिनसम्म सञ्चालन हुने बताए । उनले गणनामा ५२० वटा स्वचालित क्यामेरा जडान गरिनुका साथै ७० प्राविधिकसहितको कर्मचारी टोली परिचालित हुने बताए । 

शुक्लाफाँटामा १९०, लालझाँडी–ब्रह्मदेव क्षेत्रमा २१४ र डडेल्धुराको जोगबुढा क्षेत्रमा ११६ वटा स्वचालित क्यामेरा जडान हुने प्रमुख संरक्षण अधिकृत मेहताले बताए । 

राष्ट्रिय बाघ गणनाअन्तर्गत यहाँ हुन लागेको गणना उद्घाटन समारोहमा मन्त्री यादवसँगै वन मन्त्रालयका सचिव डा. पेमनारायण कँडेललगायतका व्यक्तिको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x