×

NMB BANK
NIC ASIA

यूएईसँग २५ रनले पराजित भयो नेपाल

माघ २९, २०७८

NTC
Premier Steels

चार देशीय टी-ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ । 

Muktinath Bank

ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको हो । १९३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रनमा समेटियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रनको योगदान दिए । ३३ बल खेलेका उनले पाँच चौकाको मद्दतमा ४१ रन जोडेका हुन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै लोकेश बमले २१ बलमा ३३ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । आसिफ शेखले २९ बलमा ३४ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे ।

Vianet communication

ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन बनाउँदा दुई चौका र एक छक्का हिर्काए । आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे । 

यूएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए भने जुनैद सिद्धिकीले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९२ रन जोड्यो ।

यूएईका लागि चिराग सुरीले अविजित सर्वाधिक ८४ रनको योगदान गरे । उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । उनले पाँच चौका र दुई छक्का हिर्काए । 

त्यस्तै मोहमद वासिमले १३ बलमा २२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे । मोहमद बुटाले १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए । नेपालले हिजो भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले चार देश सम्मिलित टी ट्वान्टी सिरिजमा अन्तिम खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x