×

NMB BANK
NIC ASIA

विकासमा विलम्ब

बागमती पुलको व्यथा : ५ वर्षमा बनाइसक्ने सम्झौता, ११ वर्षसम्म हेरेको हेर्‍यै

फागुन ३, २०७८

NTC
Premier Steels

मकवानपुरको पूर्वी क्षेत्रलाई सिन्धुली जिल्लासँग जोड्ने बागमती नदीमाथिको पुल निर्माण हुने भनेर २०६७ सालतिर निकै चर्चा चल्यो । 

Muktinath Bank

नभन्दै २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवा निर्माण कम्पनीले २३ करोड ५३ लाख ९ हजार रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का लियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारको लागतमा बागमती गाउँपालिकामा बन्ने पुल ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले ठेक्का सम्झौता गरेको थियो । त्यसैले सिन्धुली र मकवानपुरको सीमा क्षेत्रका वासिन्दा निकै खुशी थिए ।


Advertisment
Nabil box
Kumari

पुल नहुँदा बर्खाको समयमा ज्यान जोखिममा राखेर खोला वारपार गर्नुपर्ने बाध्यताबीच पुल निर्माणले सामाजिक, आर्थिक र अन्य विकासमा समेत फड्को मार्ने स्थानीयको विश्वास थियो तर त्यो खुशी लामो समय टिक्न सकेन । निर्माण अवधि समाप्त हुँदासम्म पनि पुल नबनेपछि स्थानीय निराश भए ।

Vianet communication

५ वर्षको अवधिसम्म पनि पुल बन्न नसकेपछि स्थानीयले पुल बन्ने आशा नै मारिसकेका थिए ।

पक्की पुल बन्ला र सहज होला भन्ने आशामा वर्षौं बिताएका स्थानीयले ८ वर्षसम्म पुलको पिल्लर मात्र हेरेर चित्त बुझाउनुपर्‍यो । निर्माण सम्झौता भएको लामो समय ठेकदार कम्पनीले काम नै अघि बढाएन ।

संघीय सरकारको राष्ट्रिय गौरवको आयोजना सूचीमा समेत रहेको मदन भण्डारी राजमार्ग (हेटौंडा–सिन्धुली–चतरा) सडकखण्डमा पर्ने सिन्धुली र मकवानपुर जोड्ने पुलको लम्बाइ ४०३ मिटर छ ।

लामो समयसम्म कम्पनीको ढिलासुस्तीको कारण पुल निर्माणको काम हुनै नसकेको स्थानीय वासिन्दा श्यामकुमार श्रेष्ठले बताए ।

उनले भने, ‘शुरूआती चरणमा निर्माण कम्पनीले निर्माणको काम क्यानन गौतम जेभी नामक कम्पनीलाई पेटी ठेक्कामा दिँदा समयमै पुल निर्माण हुन नसकेको हो ।

ठेकेदारबाट तहगत पेटी ठेकेदारसम्म पुल निर्माणको काम बाँडिदा पुल निर्माणको काम अघि बढ्न सकेन । यसबीच स्थानीय मिलेर पुल निर्माणका लागि विभिन्न तहमा हारगुहार गर्दा समेत सुनुवाइ भएन ।’

२०७४ सालपछि पुल निर्माणमा मकवानपुर र सिन्धुलीका स्थानीय तहले चासो दिए पनि कामले गति लिनै सकेन ।

त्यसलगत्तै पुल निर्माणमा बागमती प्रदेश सरकारले पनि चासो देखायो तर ठेकेदार कम्पनी नै सम्पर्कमै नआएपछि प्रदेश सरकार सधैं आलोचनामा परिरह्यो ।

स्थानीय बासिन्दाको विरोध बढ्दै गएपछि प्रदेश सरकारले कम्पनीलाई कारवाहीको चेतावनी दियो । चेतावनीपछि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कमा आए ।

निर्माण कम्पनीका सञ्चालक जयराम लामिछानेले पुल निर्माणका लागि पुनः म्याद थप गर्न माग गरेअनुसार म्याद दिइयो र पुल निर्माणले तीव्रता पायो ।

पछिल्लो समय पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद २०७८ असारसम्म थपिएको थियो तर कोरोना संकटका कारण समयमै काम हुन सकेन ।

काम पूरा नभएपछि पुनः पुल निर्माणका लागि २०७८ चैत ३० गतेसम्मको म्याद थप गरिएको छ । 

१ दशकपछि बल्ल बागमती खोलामा पुल निर्माण सम्पन्न हुने भएको छ । यसबीच १ दशक लामो प्रतीक्षापछि पुल निर्माण सम्पन्न हुने भएपछि स्थानीय बासिन्दाको मुहारमा खुशी छाएको छ ।

स्थानीय जोनिशा बोहराले उनले भनिन्, ‘पुल नहुँदा खोलाबाटै ट्युबको भरमा वारपार गर्नुपर्थ्यो, भनेको समयमा ट्युबमा वारपार गर्ने मान्छे पनि पाइँदैन्थ्यो । धेरै गाह्रो थियो । अब पुलबाटै हिँड्न मिलेको छ, खुशी छु ।’

स्थानीय प्रदीप धर्नालले पुल नबन्दा विगतमा स्थानीयले निकै सास्ती भोग्नुपरेको र वर्षाको समयमा खोलाले बगाएर केही व्यक्तिले ज्यान समेत गुमाएका उनले बताए ।

स्थानीय बुद्ध लामाले भने, ‘बिरामी हुँदा पनि खोलाबाट लैजानुपर्थ्यो । केही काम परेर बजार जानु परे पनि हिउँद–बर्खा सधैं खोलै तर्नु पर्थ्यो । अब हिँड्न मिल्ने पुल भयो खुशी छु ।’

निर्माणका लागि ठेक्का सम्झौता भएर विगत १० वर्ष ८ महिनासम्म सम्पन्न हुन नसकेको पुल अझै पूर्ण रूपमा तयार भइसकेको छैन ।

निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । आगामी चैत मसान्तसम्ममा पुल निर्माण सम्पन्न गरेर वैशाख १५ गते पुलको उद्घाटन गर्ने तयारी रहेको कम्पनीका सञ्चालक लामिछानेले बताए ।

बागमती पुल निर्माण सम्पन्न भएसँगै मकवानपुरसँग सिमाना जोडिएका छिमेकी जिल्ला पूर्वमा सिन्धुली, उत्तरमा ललितपुर र काभ्रे, दक्षिणमा रौतहट जिल्लाका सर्वसाधारणहरू लाभान्वित हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x