×

NMB BANK
NIC ASIA

नेपाललाई कृषि प्रधान देश भनिन्छ तर रेमिट्यान्सले धानेको छ ।
 
देश कृषि प्रधानबाट ‘रेमिट्यान्स प्रधान’ हुने बाटोमा अग्रसर छ । अधिकांश युवा रोजगारीका लागि विदेशतिर धाइरहेको बेला हेटौंडाका २ युवा भने उदाहरणीय बनेका छन् ।

Muktinath Bank

ती युवा कृषि क्षेत्रमा भविष्य खोज्दै जुर्मुराएका छन् । हेटौंडका सुन्दर श्रेष्ठ र सूर्यबहादुर थिङ्गले स्वदेशमै कृषि र पशुपालन कर्मलाई रोजेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सिमलटारका ३४ वर्षीय सुन्दर श्रेष्ठ यतिखेर बंगुरपालनमा रमाइरहेका छन् । सुन्दरले पशुपन्छी फार्म दर्ता गरी ९० वटा साना–ठूला बंगुर पालेका छन् ।


Advertisment
Nabil box
Kumari

यति मात्र होइन, फार्मभित्र एउटा पानी पोखरी निर्माण गरेर करीब २ हजार माहुर जातका माछा हुर्काइरहेका छन् । उनले १ परिवारलाई बाँस सहितको रोजगारी समेत प्रदान गरेका छन् ।

Vianet communication

थानाभर्‍याङमा विक्रम संवत् २०६१ सालमा उनले होटल व्यवसाय गरेका थिए । होटल व्यवसाय गर्दैगर्दा उनकी आमा अष्टमाया श्रेष्ठले छिमेकी विकास बैंकबाट ऋण लिएर ३ वटा बंगुर खरिद गरी बंगुरपालन व्यवसाय शुरू गरेकी थिइन् ।

सुन्दरले होटल छाडेर गाडी चलाउने काम गरे । गाडी चलाउँदा पनि राम्रो प्रगति नभएपछि उनी वैदेशिक रोजगारीका लागि कतार गए ।

सुन्दर कतारमै हुँदा उनका बुवाको निधन भयो । बुवाको निधन भएको पीडादायी खबर सुनेका सुन्दर तत्कालै घर आउन चाहन्थे तर उनी काम गरिरहेको कम्पनीले घर फर्किनका लागि उनलाई अनुमति दिएन । २ वर्षको कार्यअवधि पूरा गरेपछि उनी नेपाल फर्किए ।

घर आएका सुन्दरले आमाले गरिरहेको बंगुरपालनमा आफ्नो भविष्य देख्न थाले र उनले लगानी गरी बंगुपालन शुरू गरे । सुन्दरको बंगुर फार्ममा यतिबेला ९० बंगुर छन् । बंगुरपालन गर्दा केही असजिला पाटाहरू भए पनि पेशालाई इमान्दारिपूर्वक गरिरहेको उनले बताए । 

बंगुर ६ हजार रुपैयाँमा बिक्रीबाट सुन्दरले महिनामा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका उनले बताए । त्यसमध्ये दाना, औषधि, कामदारलाई तलब दिएर ५०–६० हजार रुपैयाँ मासिक आम्दानी भइरहेको श्रेप्ठले बताए ।

सुन्दर श्रेष्ठ

कुनै बेला विविध समस्याका कारण सोचेजस्तो आम्दानी हुन नसके पनि उनले बंगुरपालनबाट आफ्नो आर्थिक अवस्था मजबुत बनाउँदै लगेका छन् । आमा, पत्नी, २ छोरी र आफूसहित ५ जनाको परिवार चलाउन र सम्पत्ति जोड्नका लागि पशुपालनले उनलाई साथ दिइरहेको छ । बंगुरपालन व्यवसाय घरमै बसेर गर्न पाउँदा खुशी लागेको उनले बताए । 

व्यक्तिगत लगानी तथा प्रयासबाट स्वरोजगार बनेका भए पनि सरकारका तर्फबाट आवश्यक अनुदान लगायतका सहयोग नपाएकोमा उनले गुनासो गरे । ‘सरकारले हामीले गरिरहेको काम हेरेर अनुदान अथवा आवश्यक सहयोग गरे हुन्थ्यो भन्ने लाग्छ तर अहिलेसम्म सरकारले हामीलाई केही सहयोग गरेको छैन,’ सुन्दरले गुनासो पोखे ।

गर्न सके देशमै केही हुन सकिने भए पनि सरकारले खासै चासो नदिएको उनले बताए । सरकारले किसानकै लागि भनेर वार्षिक करौडौं रकम बजेटमा विनियोजन गरे पनि टाठोबाठोले मात्र हात पार्ने गरेको श्रेप्ठले बताए । 

सीप ज्ञान भए पनि वैदेशिक रोजगारमा नेपालीलाई हेर्ने र गर्ने व्यवहार फरक रहेको बताउँदै उनले सरकारले वैदेशिक रोजगारमा जान लागेका युवालाई स्वदेशमै उद्यमी र व्यवसायी बनाउन विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

... ... ...

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सिमलटारकै ३३ वर्षीय युवा सूर्यबहादुर थिङ्ग पनि उद्यमी बनेका छन् । उनले २०७२ सालदेखि एलिना बंगुर फार्म दर्ता गरी बंगुरपालन पाल्दै आएका छन् ।

१५ हजार रुपैयाँमा ३ वटा बंगुरबाट शुरू गरेको उनको फार्ममा अहिले ६२ वटा साना–ठूला बंगुर रहेका छन् । उनले शुरूका दिनमा आफ्नै सानो फनिर्चर उद्योग खोलेर काम शुरू गरे पनि कमाइ नभएपछि फेरि ‘ब्लक’ उद्योग खोले तर ब्लक उद्योगमा पनि भविष्य रामो नदेखेपछि थिङ्ग बंगुरपालनमा लागेका हुन् ।

बंगुरपालक किसान अहिले व्यवसायी भएका छन् । उनको चिनारी बनेको उनले बताए । उनले व्यवसायका लागि बजारको समस्या नरहेको बताए । 

मासुका लागिभन्दा पनि बंगुरका पाठापाठी बिक्रीबाट मसिक १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । उनले फार्ममा १ जनालाई रोजगारी समेत दिएका छन् । उनले भने, ‘कर्मचारीलाई तलब, बंगुरलाई दाना, औषधि गरेर मासिक ५० हजार जति घरमै बसेर कमाइ हुन्छ ।’

शुरूमा बंगुर पाल्ने आवश्यक ज्ञान नहुँदा २०७३/०७४ सालतिर बंगुरले पाएको सबै पाठापाठी मर्ने गरेका र घाटा व्यहोरेको समेत उनले सम्झिए । पछि बंगुरपालन सम्बन्धी तालिम लिएपछि सहज भएको उनले बताए ।

उनको परिवारमा पत्नी, २ छोरी र आफूसहित ४ जना रहेका छन् । उनको घर खर्च यसैबाट चल्ने गरेको छ । उनले हालसम्म कुनै सरकारी निकायबाट अनुदान र सहयोग पाएका छैनन् ।

सरकारले अनुदान दिए हेटौंडालाई हबको रूपमा विकास गर्ने सुनाउँदै उनले ५०० भन्दा बढी बंगुर पाल्ने योजना रहेको बताए ।  

स्थानीयले बंगुरपालनको विकास र प्रवद्र्धनका लागि सिमलटारमा हातेमालो बंगुरपालक किसान समूह बनाएका छन् । समूहमा १८ जना सदस्य छन् भने ५००–६०० बंगुर पालेका छन् । श्रेप्ठ समूहका अध्यक्ष छन् भने थिङ्ग व्यवस्थापन समितिका सदस्यमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x