×

NMB BANK
NIC ASIA

आफन्त नै अपहरणकारी !

आफन्तले नै गरे स्कुल बस रोकेर बालबालिकाको अपहरण !

फागुन ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बिहान साढे ९ बजे । लामो समयपछि खुलेको विद्यालय । विद्यार्थीहरू स्कुल जान पाउँदा फुरुङ्ग थिए । 

Muktinath Bank

रुपन्देही सैनामैना नगरपालिका–६, दूधराक्षकी पुष्पा दाहालले पनि आफ्ना छोराछोरीलाई बिहीवार (फागुन ५) विद्यालय पठाइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुलमा पढ्ने छोरा प्रसिद्ध (१२) र छोरी प्रसन्न (९) विद्यालयको लु १ ख ६५८६ बस चढेर गए । तर, विद्यालयका गएका छोराछोरी साँझसम्म घर फर्किएनन् । 


Advertisment
Nabil box
Kumari

नानीबाबु नफर्किएपछि पुष्पाका श्रीमान प्रेम दाहाल स्कुलमै पुगे । बसका चालक र कर्मचारीले बच्चाहरूलाई अभिभावकले बिहानै बसबाट झारी फोटो खिच्न लिएर गएको भने । 

Vianet communication
Laxmi Bank

त्यसपछि प्रेम छाँगाबाट खसेजस्तै भए । बसमा चढेका अरू विद्यार्थीले प्रसिद्ध र प्रसन्नलाई सैनामैना नगरपालिका बस्ने खेमबहादुर पौडेलले बसबाट झारेको बताएपछि उनीहरू अपहरणमा परेको पुष्टि भयो ।

रातिसम्म परिवार र छिमेकीले खोजे तर भेटेनन् । प्रेम शुक्रवार बिहानै इलाका प्रहरी कार्यालय रन्यौरामा आफ्ना छोराछोरी अपहरणमा परेको निवेदन दिए ।   प्रहरीले विभिन्न युनिटहरू परिचालन गरी खोजतलास गर्ने क्रममा खेमबहादुरले प्रयोग गर्दै आएको मोबाइल अफ थियो । उनको मोबाइल दिउँसो ३ बजेर ४० मिनेटमा बुटवलमै स्वीच अफ भएको पत्ता लाग्यो । 

तर, सोही दिन दिउँसो साढे १२ बजे बुटवलको नेपालगञ्जरोडमा उनका भाइ गुप्तबहादुरले सुटकेस दिएको प्रहरीले सीसीटीभी क्यामेराबाट पत्ता लगायो । 

प्रहरी बसपार्क पुगेर बस काउन्टरमा गएर बुझ्दा खेमबहादुरले बुटवल बसपार्कबाट बिर्तामोड जाने टिकट काटेको भेटियो । त्यसपछि प्रहरीलाई अनुसन्धानमा केही सहज भयो । 

प्रहरीले विशेष युनिट परिचालन गरी शुक्रवार दिउँसो विर्तामोडबाट ती बालबालिकालाई सकुशल उद्धार गरियो । खेमबहादुर भने पक्राउ परे । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालबच्चा अपहरण गर्ने खेमबहादुरलाई शनिवार भैरहवामा सार्वजनिक गरेको छ । 

प्रहरीले खेमबहादुरमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान थालेको छ । रुपन्देही प्रहरी प्रमुख मनोज केसीले बालबालिकालाई परिवारको जिम्मा लगाएको बताए । 

खेमबहादुर बालबालिकाका नाताले फुपाजु पर्छन् । उनीहरूलाई पारिवारिक रिसईबीका कारण अपहरण गरेको प्रहरीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x